site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मंसिरमा दुईवटै निर्वाचन एकैपटक, निर्वाचन आयोग लचिलो 
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रधानमन्त्रीको पटक पटकको आग्रहपछि निर्वाचन आयोग पनि प्रदेशसभा र संघको निर्वाचन एकैपटक गर्न लचिलो भएको छ ।

बुधबार प्रधानमन्त्री कार्यालय सिँहदरबारमा भएको छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवाले कुनै पनि हालतमा दुवै निर्वाचन एकैपटक गर्नुपर्ने अडान राखेका थिए ।

Agni Group

निर्वाचन आयोगले यसअघिका छलफलमा व्यवस्थापनमा समस्या हुने बताउँदै आए पनि बुधबारको छलफलमा भने सकारात्मक प्रतिक्रिया दिएको थियो ।

“सरकारका तर्फबाट एकैपटक गर्नैपर्ने भनेर पटक पटक आग्रह गरिएपछि आयुक्तज्युहरुले पनि यसमा आयोग लचिलो छ भन्ने जवाफ दिनुभएको रहेछ,” आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले भने ।

Global Ime bank

व्यवस्थापकिय हिसावले निकै कठिनाइ हुने भए पनि प्रधानमन्त्रीले अन्य राजनीतिक दलको सहमति जुटाउने प्रयासस्वरुप आजै बेलुका सर्वदलीय बैठक पनि बोलाएका छन् ।

निर्वाचन आयोग स्रोतका अनुसार आयोगले मंसिरको पहिलोसाता दुवै निर्वाचन एकैपटक गर्न लचिलो भएको छ । आयोगले पनि यसबारेमा थप छलफल गर्ने बताएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन ३२, २०७४  १४:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC