site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी समीक्षा
Nabil BankNabil Bank
प्रधानमन्त्रीलाई चीनले डाक्यो, भ्रमण कहिले ?
Sarbottam CementSarbottam Cement

उत्तरतर्फको छिमेकी  चीनले प्रधानमन्त्री शेरबहादुर देउवालाई भ्रमणको औपचारिक निम्तो दिएको छ । बुधबार प्रधानमन्त्रीसँगको भेटमा चिनियाँ उपप्रधानमन्त्री वाङ याङले निम्तो दिएको समाचार आज समीक्षित केही पत्रिकामा छापिएको छ । 

नयाँ पत्रिकाको मुखपृष्ठको अन्त्यमा ‘प्रधानमन्त्रीलाई चीन भ्रमणको निम्तो’ शीर्षक दिएर पर्शुराम काफ्लेले लेखेको समाचारअनुसार भेटका अवसरमा उपप्रधानमन्त्री वाङले प्रधानमन्त्री देउवालाई चिनियाँ प्रधानमन्त्री लि खछ्याङका तर्फबाट अनुकूल समयमा चीन आउन निम्तो दिएको उल्लेख छ । सो अवसरमा वाङले चिनियाँ राष्ट्रपति सी जिनपिङले उपयुक्त समय मिलाएर नेपालको भ्रमण गर्नेसमेत बताएका थिए । 

भेटका क्रममा प्रधानमन्त्री देउवाले ऐतिहासिक महत्त्वको तातोपानी नाका खोल्न चीन सरकारसँग आग्रह गरेका थिए । प्रत्युत्तरमा उपप्रधानमन्त्री वाङले तातोपानी नाका सञ्चालनमा चीन सकारात्मक रहेको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रधानमन्त्री देउवाका परराष्ट्र मामिलासम्बन्धी सल्लाहकार डा.दिनेश भट्टराईका अनुसार प्रधानमन्त्री देउवा र उपप्रधानमन्त्री वाङबीचको भेटघाटका क्रममा नेपाल–चीन सम्बन्ध, द्विपक्षीय सहकार्य, एक चीन नीतिलगायत समसामयिक विषयमा छलफल भएको थियो । 

भेटका क्रममा प्रधानमन्त्री देउवाले चीनसँग नेपालले व्यापार, पर्यटन, लगानी, पूर्वाधार विकास तथा अन्य विषयमा सहकार्य गर्न चाहेको बताए । उनले चीनलाई नेपालमा लगानी गर्नसमेत आग्रह गरे । देउवाले बाढीपीडितका लागि चीनले दिएको दश लाख अमेरिकी डलर सहयोगप्रति धन्यवादसमेत दिए ।

Global Ime bank

भेटका अवसरमा चिनियाँ उपप्रधानमन्त्री वाङले नेपाल र चीनबीच सडक रेल्वे कनेक्टिभिटीमा जोड दिएका थिए । सल्लाहकार भट्टराईका अनुसार वाङले ल्हासा–काठमाडौं रेल्वेको सम्भाव्यता अध्ययन गर्न लागेको पनि जानकारी दिए ।

कान्तिपुरमा चन्द्रशेखर अधिकारीले ‘नेपाल उच्च प्राथमिकतामा’ शीर्षक दिएर लेखेको समाचारअनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालसँगको सम्बन्धलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । राष्ट्रपति सीका विशेष दूतका रूपमा नेपाल आएका चिनियाँ उपप्रधानमन्त्री वाङले प्रधानमन्त्री देउवासँगको भेटमा राष्ट्रपति सीको उक्त सन्देश सुनाएका हुन् । वाङका अनुसार राष्ट्रपति सीले नेपाललाई पुरानो मित्रको संज्ञा दिँदै नेपालले छोटो समयमा राजनीतिक क्षेत्रमा हासिल गरेको उपलब्धिको प्रशंसासमेत गरेका थिए । वाङले भने, ‘‘नेपालले अङ्गीकार गर्दै आएको कूटनीतिक सम्बन्ध तथा चीनसँगको ‘एक चीन नीति’ प्रति हामी आभारी छौं ।’’ 

हिमालय टाइम्समा प्रधानमन्त्री देउवा र उपप्रधानमन्त्री वाङबीचको भेटघाटको समाचारलाई ‘राष्ट्रपति र प्रधानमन्त्रीसँग चिनियाँ उपप्रधानमन्त्रीद्वारा भेट’ शीर्षक दिई पृष्ठ ३ मा समेटिएको छ । समाचारअनुसार उपप्रधानमन्त्री वाङले हिजै राष्ट्रपति विद्यादेवी भण्डारीसँग समेत भेटघाट गरेका छन् ।

नेपालका लागि भारतसँगको सम्बन्ध जति महत्त्वपूर्ण छ, चीनसँगको सम्बन्ध पनि त्योभन्दा कम महत्त्वपूर्ण छैन । दुवै छिमेकीसँग समानताको सम्बन्ध कायम गर्न सक्नु नै नेपालको परराष्ट्र नीतिको सफलता र मूल विशेषता मानिन्छ । यस सन्दर्भमा निकट भविष्यमै भारत भ्रमणमा जाने तयारी गरेका प्रधानमन्त्रीका लागि चीनको भ्रमण पनि समयको माग बनेको देखिन्छ ।

अन्नपूर्ण पोस्टमा सन्तोष घिमिरेले लेखेको ‘नेपाल स्थिरतातर्फ बढेकोमा चीन प्रशन्न’ शीर्षकको एक कोलमको समाचारमा चाहिँ चिनियाँ उपप्रधानमन्त्री वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेको विषयवस्तु छ । 

दुवै निर्वाचन एकै दिन              
 

सत्ता गठबन्धन नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) एवं प्रमुख प्रतिपक्षी नेकपा (एमाले) प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन एकै दिन गर्न सहमत भएका छन् । 
अन्नपूर्ण पोस्टमा चिरञ्जीवी ढुंगानाले लेखेको ‘दुवै निर्वाचन एकै दिन गर्ने सहमति’ शीर्षक समाचारमा प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन भदौ ५ मा घोषणा गर्ने बताएको उल्लेख छ । सोही समाचारअन्तर्गत ‘मिति परामर्शपछि’ उपशीर्षकमा बताइएअनुसार प्रधानमन्त्री देउवाले प्रदेश र प्रतिनिधिसभा निर्वाचन एकैपटक गर्न सकिने, नसकिनेबारे निर्वाचन आयोगका पदाधिकारीसँग बुधबार नै छलफल गरेका थिए । छलफलमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवले एकै चरणमा निर्वाचन गराउने सरकारी योजनाबारे आयोगमा परामर्शपछि मात्र निर्णय लिन सकिने जवाफ दिएका थिए । 

यो समाचारलाई आज समीक्षित सबै पत्रिकाले समेटेका छन् ।

राजधानीमा टेनिस रोकाले लेखेको ‘मंसिर दोस्रो साता निर्वाचन गर्न तीन दल सहमत’ शीर्षक समाचारलाई महत्त्वका साथ समेटिइएको छ । 

कान्तिपुरमा ‘केन्द्र र प्रदेशको चुनाव एकै मितिमा’ शीर्षक दिएर कुलचन्द्र न्यौपानेले यो समाचार लेखेका छन् भने नागरिकमा बालकृष्ण अधिकारीले ‘प्रदेश र केन्द्रीय संसद्, एकैपटक चुनाव गर्न तीन दल सहमत’ शीर्षक दिएर लेखेका छन् । 

तस्बिर समीक्षा
 

कान्तिपुरमा भर्खरै आएको बाढीका कारण आमाबाबु गुमाएका इटहरीका दिदीभाइ १५ वर्षीया कमला र ११ वर्षे निशान राईको टिठलाग्दो तस्बिर मुख्य छ ।
अन्नपूर्ण पोस्टमा हनुमाननगरस्थित पश्चिमी तटबन्धमा नेपाली भूभागमा जम्ने पानी कोसीमा पठाउन भारतले विगतमा बनाएको स्लुइस गेट (जलद्वार) को तस्बिर छ । यही ढोकाबाट कोसीको पानी मिसिएर नेपाली भूभाग डुबानमा परेको क्याप्सनमा लेखिएको छ ।

नयाँ पत्रिकामा चोटिलो व्यङ्ग्य ‘बाढीले बगाएको बस्तीजस्तै बिरानो संसद्’ मूल क्याप्सन राखेर रिक्तप्रायः संसद् भवनभित्रको तस्बिर दिइएको छ ।    
राजधानीमा पर्साको सुगौली गाउँपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयको एउटा कक्षाकोठामा दरीमाथि सुताइएका क्यान्सरपीडित देवनाथ मुखियाको तस्बिर छ । यो तस्बिरले बाढीपीडितहरूको बिजोग देखाउँछ ।

गोरखापत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपाल भ्रमणमा रहेका चिनियाँ उपप्रधानमन्त्री वाङ याङले बालुवाटारमा शिष्टाचार भेट गर्दै गरेको तस्बिर छ । 
हिमालय टाइम्समा प्रधानमन्त्री निवासमा बुधबार बसेको प्रमुख तीन दलको बैठकको दृश्य छ ।  

सम्पादकीय
 

कान्तिपुरको ‘फेरि अनशन बस्नु नपरोस्’ शीर्षक सम्पादकीयमा डा.गोविन्द केसीको अनशन स्थगित भएको सन्दर्भलाई विषयवस्तु बनाउँदै भनिएको छ, ‘‘पाँच वर्षदेखि जारी डा.केसीको अनशन शृङ्खलाले अझै निरन्तरता पाउने हो वा ११ औं अनशन नै अन्तिम बन्ने हो, अब सरकार र संसद्मा रहेका राजनीतिक दलहरूमा निर्भर रहने भएको छ ।’’ 

राजधानीमा पनि केसीको अनशन र उचित समयमा त्यसको स्थगन गरिएको सन्दर्भलाई विषयवस्तु बनाएर ‘प्रेरणा बनोस् केसीको निर्णय’ शीर्षक सम्पादकीय लेखिएको छ ।

हिमालय टाइम्समा पनि डा.केसीकै अनशनलाई विषयवस्तु बनाएर ‘अनशन स्थगनपछि’ शीर्षक सम्पादकीय लेखिएको छ । 

अन्नपूर्ण पोस्टमा लेखिएको ‘डुबेका उद्योगका पीडा’ शीर्षक सम्पादकीयमा अहिलेको बाढीले विराटनगर र रूपन्देहीको औद्योगिक करिडोरका उद्योगलाई प्रभावित पारेको उल्लेख छ । 

नयाँ पत्रिकाको ‘बाँध बन्धन र बाढी’ शीर्षक सम्पादकीयमा भारतले आफ्नो सुविधाका लागि निर्माण गरेका बाँधका कारण नेपालले पटक–पटक बाढीको सामना गरिरहनु परेको उल्लेख छ । सम्पादकीयमा बाढीले भारत र नेपाल दुवैतर्फ क्षति पुर्याउने भएकाले यसको दिगो र वैज्ञानिक व्यवस्थापन जरुरी रहेको बताइएको छ । 

नागरिकको ‘उद्धार र राहतमा चाहिएको तदारुकता’ शीर्षक सम्पादकीयमा बाढीपीडितहरूको उद्धार र राहत वितरण पहिलो प्राथमिकतामा पर्नुपर्नेमा दुई मत नरहेको बताउँदै सरकारले आफ्ना सम्पूर्ण संयन्त्र प्रयोग गरेर प्रत्येक पीडितसमक्ष पुग्न सक्नु उसको दायित्व हुन आउने उल्लेख छ । 

गोरखापत्रमा ‘प्रगाढ चीन–नेपाल सम्बन्ध’ शीर्षक सम्पादकीय लेखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  ०८:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC