site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली फुटबल टोली जापानको स्थानीय क्लबसँग पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । १० दिने भ्रमणमा रहेको नेपाली फुटबल टोली जापानको स्थानीय क्बलसँग पराजित भएको छ । आज बिहान भएको खेलमा नेपाल अमिटाई स्पोटर््स क्लबसंँग ५–० गोलअन्तरले पराजित भएको हो । 

एएफसी एसियन कप छनोटअन्तर्गत ताजिकिस्तानसँगको खेललाई मध्यनजर गर्दै जापान पुगेको नेपालले ग्रिन साकाईमा भएको खेलमा फराकिलो अन्तरले हार ब्यहोरेको हो । नेपालले पहिलो हाफमा ३ र दोस्रो हाफमा २ गोल खाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

अमिटाई स्पोटर््स क्लबका लागि खेलको चौथो मिनेटमा नै यामटोमो दाइकीले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै, खेलको १६ औं मिनेटमा योसिओका टाकुरोले पेनाल्टीमार्फत गोल गर्दै अमिटाईका लागि अंक दोब्बर पारे । टाकहासी टोसिकीले गोल गर्दै पहलो हाफसम्म अमिटाईलाई ३–० मा पुर्याएका थिए ।

पहिलो हाफमा एकपछि अर्को फितलो प्रदर्शन गरेको नेपालले दोस्रो हाफमा पनि खराब प्रदर्शन गर्यो । खेलको ५६औं मिनेटमा मोरिया टाकजिनले गोल गर्दै ४–० मा पुर्याएका थिए । त्यसको १ मिनेटपछि नै हारिनो जुनले गोल गर्दै जापानको अमिटाई स्पोटर््स क्लबलाई ५–० मा पुर्याएका थिए । बाँकी समयमा राम्रो खेलेपनि गोल गर्न सकेन । 

Global Ime bank

नेपाली टिमले शुक्रबार हनान युनिभर्सिटीसँग चौथो खेल खेल्नेछ ।  
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC