site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
महिलाका विषयमा बोल्ने बलिउडमा अर्को चलचित्र ‘जिया और जिया’
Ghorahi CementGhorahi Cement

काठमाडौं । बलिउडमा लगातार महिलाको कथामा आधारित रहेर चलचित्र बनिरहेका छन् । ‘क्वीन’, ‘डियर जिन्दगी’, ‘डियर माया’ जस्ता चलचित्रले महिलाका फरकफरक कथाहरू भनिरहेका छन् । यही सूचीमा अर्को बलिउड चलचित्र पनि समावेश भएको छ, ‘जिया और जिया’ । 

चलचित्रमा कल्की कोचलिन र रिच्चा चढ्ढा शीर्ष भूमिकामा छन् । यो चलचित्रको कथानक दुई पृथक स्वभावका महिलाहरूको हो । नामबाहेक दुईमा कुनै पनि विशेषता समान छैनन् । तर एउटा यात्राका क्रममा दुईको भेट हुन्छ । दुईको मित्रता हुन्छ । यो कथा कुनै समयको स्विडेनको हो ।

Agni Group

कल्कीले चलचित्रमा चुलबुली केटीको भूमिका निर्वाह गरेको टिजरबाट देख्न सकिन्छ । ऋचा भने शान्त स्वभावकी छिन् । यो ताजा टिजरलाई दर्शकले कति मनपराउँछन्, थाहा हुन्छ नै र, अरु कुराका लागि चलचित्र पर्खनै पर्ने हुन्छ । 

चलचित्रको निर्देशन हाउवार्ड रोजमेयरले गरेका छन् । चलचित्रको निर्माण मिर्जा एन अस्कारीले गरेका छन् । चलचित्रमा स्विडेनका सुन्दर दृष्य देख्न सकिन्छ । एउटा यात्रा, दुई महिला, एउटै नाम, फरक व्यक्तित्व, एउटै बाटो, पृथक गन्तव्य चलचित्र  ‘जिया और जिया’ को कथावस्तु हो ।  

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १२:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC