राजनीति
काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठनका महासचिव राज बस्नेतले हिन्दुत्वको आन्दोलन र पार्टीका कार्यकर्ताको भविष्य अन्योलमा पारेर राप्रपाका नेताहरूलाई टुटफुटको राजनितीमा नलाग्न चेतावनी दिएका छन।
टुटफुटले आज सम्म कुनै एकाघरको उन्नती नभएको भन्दै बस्नेतले यदी अब पनि टुटफुटलाई अङ्गाल्ने हो भने पार्टी नै नरहने पनि चेतावनी दिए।
राप्रपालाई जनताले मत नदिएर भन्दा नि स्थापना देखिकै नेताको गलत हर्कतले सिध्याएको बताए। पछिल्लो समय अध्यक्षले त्याग र एकतामा बाँध्ने प्रयास नगरेकोमा पनि बस्नेतले असन्तुष्टी जनाए। साथै बस्नेतले प्रतिशोध र आरोप प्रत्यारोप भन्दानी नेताहरूलाई एकताको मुलधारमा आउन अपिल पनी गरेका छन।
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४ १२:५२
प्रतिक्रिया दिनुहोस्