साहित्य
काठमाडौं । गायक प्रमोद खरेल नयाँ गीत लिएर बजारमा आएका छन् । ‘भन्छौ अरे...’ बोलको गीतको कम्पोज टिका बम्जनले गरेका छन् । गायक खरेलले गीत आफ्नै युट्युब च्यानलमार्फत मंगलबार सार्वजनिक गरेका हुन् ।
स्मृति मोक्तानको शब्द रहेको गीतको म्युजिक भिडियोमा वर्षा राउत र अनुप योञ्जनले अभिनय गरेका छन् । भिडियो निर्देशन पासाङले गरेका हुन् ।
यसअघि केही महिना अगाडि गायक खरेलले ‘मै मोरो सोजो...’ बोलको गीत सार्वजनिक गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४ १३:१८
प्रतिक्रिया दिनुहोस्