site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
साधारण सदस्यले नै नेतृत्व चुन्न पाउनुपर्छ
Sarbottam CementSarbottam Cement

यही भदौ ४ र ५ गते नेपाल पत्रकार महासंघको साधारणसभा हुँदैछ । देशभरका पत्रकारहरूलाई चुनावी चटारो छ यतिबेला । आगामी नेतृत्वका लागि प्रेस युनियन र प्रेस सेन्टरले तालमेल गरेका छन् र महासंघका निवर्तमान उपाध्यक्ष गोविन्द आचार्य अध्यक्षको साझा उमेदवार बनेका छन् । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको सल्लाहकारसमेत रहेर काम गरेका आचार्यसँग आसन्न निर्वाचन र उनको उमेदवारीबारे बाह्रखरीले गरेको कुराकानीको सारसंक्षेप ।

पत्रकार महासंघको आगामी नेतृत्वमा गोविन्द आचार्यको उमेदवारी किन ?

म २५ वर्षदेखि पत्रकार महासंघमा छु । पत्रकारहरूको व्यावसायिक हकहित, अधिकार, प्रतिष्ठा, न्याय र स्वतन्त्रताकाको लागि अविराम क्रियाशील छु । प्रेस स्वतन्त्रता, व्यावसायिकता, सञ्चारगृहको संस्थागत विकास, पत्रकार र सञ्चारमाध्यमको सुरक्षालगायत विषय मेरा प्राथमिकता हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मैले महासंघको उपाध्यक्ष भई जिम्मेवारी सम्हालिसकेको छु । मेरो कार्यकालमा कार्यशैली र जिम्मेवारीप्रति कसैले औँलो ठड्याउने काम पनि गरेको छैन । उपाध्यक्ष भइसकेको मान्छे उठ्ने अध्यक्षमै हो । त्यसैले यो मेरो स्वभाविक दाबी र उमेदवारी हो ।

त्यसबाहेक अन्य एजेन्डा पनि होलान् नि ?

Global Ime bank

म नेतृत्वमा आइसकेपछि पत्रकारका आवाज मात्रै होइन, नागरिकको आवाज उठाउने माध्यम पत्रकार महासंघलाई बनाउन चाहन्छु । नागरिक र पत्रकारहरूको समवेत आवाज नै महासंघको स्वर हुनेछ । त्यस्तै पत्रकार महासंघलाई पत्रकारहरूको प्रमुख र साझा संस्था बनाउने, यसको गरिमालाई उँचो राख्ने मेरो प्रमुख भूमिका हुनेछ ।

त्यसका अतिरिक्त प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, व्यावसायिक सुरक्षा, अधिकारको पैरवी, श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा जोड दिनेछु । नियुक्तिपत्र बिना पत्रकारहरूलाई काममा लगाउने परिपाटीको अन्त्य गर्नेछु ।

उपाध्यक्ष हुँदा के गर्नुभयो र अहिले महासंघमा गोविन्द आचार्यलाई नै रोज्नुपर्छ  ?

म महासंघको उपाध्यक्ष भएको बखत श्रमजीवि ऐन कार्यान्यनमा दृढतापूर्वक लागेँ । आन्दोलित नै भएँ त्यतिबेला । नेपाल वानलगायत थुपै्र सञ्चारगृहमा तलब, सुविधा नपाउनु भएका पत्रकारहरूलाई तलव सुविधा दिलाउने काम भयो । त्यस्तै न्यूनतम पारिश्रमिक निर्धारण समितिमा रहेर मैले पत्रकारहरूलाई न्यूनतम सुविधा तोक्न भूमिका खेलेँ ।

महासंघमा छँदा मेरो नेतृत्वमा जेजति काम भए, यो अविच्छिन्न उत्तराधिकारवाला संस्था भएकाले त्यसले गरेका राम्रा काम ग्रहण गर्ने छु । यहाँहरूलाई यत्ति भन्छु– गोविन्द आचार्यलाई भोट हालियो भनेर कुनैदिन पश्चाताप गर्नुपर्ने छैन । कदाचित् त्यसो गर्न पर्ने अवस्था आयो भने तुरुन्तै महासंघको नेतृत्वबाट राजीनामा दिनेछु ।

महासंघको नेतृत्वचाहिँ फेरिएको फेरिएै छ, मुद्दाचाहिँ किन फेरिँदैनन् ?

श्रमजीवी पत्रकार ऐन बनेको छ । पत्रकारहरूलाई न्यूनतम पारिश्रमिक तोकिएको छ । पत्रकारको हकहितबारे केही नीतिगत कुराहरू पनि भएका छन् । खाँचो कार्यान्वयनको हो, त्यसमा दृढतापूर्वक लाग्नेछु । 

त्यस्तै सञ्चारगृहमा सम्पादकीय स्वतन्त्रताको प्रत्याभूत, महासंघको पुनःसंरचना, नयाँ सञ्चार नीतिको बहुआयामिक कार्यान्वयन आजको मुख्य चुनौती हो । त्यसमा दत्तचित्त छु ।

तपाईं पत्रकार कम नेता बढी भनेर बुझ्नेहरू पनि छन् नि ?

यो किमार्थ होइन, म पत्रकार नै हुँ । २५ वर्षदेखि महासंघमा अनवरत छु । क्रान्तिकारी पत्रकार संघको अध्यक्ष भएको नाताले पार्टीले मलाई महाधिवेशन आयोजक समितिमा राखेको थियो । तर, त्यसबाट मैले उतिबेलै राजीनामा दिएको विषय त्यतिबेलै सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ । पत्रकार भए पनि कुनै पनि राजनीतिक विचार, आस्थामा नहुने भन्ने हुँदैन । तथापि म पार्टीको जिम्मेवार पदमा छैन ।

मैले महासंघमा उमेदवारी दिने बताएपछि केही साथीहरू, विशेषगरी चौतारीका जिम्मेवार व्यक्तिहरू मलाई ‘पार्टीको नेता’ भन्दै हिँड्नु भएको छ । मेरो व्यावसायिक पत्रकारितामाथि प्रश्नचिह्न खडा गर्दै चरित्र हत्या गर्दै हुनुहुन्छ उहाँहरू ।

तर, ती साथीहरू हिजो मलाई तपाईं हाम्रोबाट अध्यक्ष उठ्नुहोस् भन्दै हुनुहुन्थ्यो । अझ विगतमा उहाँहरूले नै मलाई उपाध्यक्षमा जिताउनु भएको हो । हिजो आफ्नो समूहमा हुँदा पार्टीको नेता नहुने आज हुने भन्ने कुरा द्वैध मानसिकता हो ।

आफूलाई पार्टीको नेता नस्वीकारे पनि कांग्रेस–माओवादी केन्द्रको समर्थन छ तपाईंलाई । यसले राजनीतिलाई प्रश्रय दिन्छ कि व्यावसायिक पत्रकारिताको विकासलाई ?

यो गम्भीर सवाल हो । विगतको महासंघको चुनावमा राजनीतिक कित्ताबन्दीको अवस्था रह्यो । पार्टीको आशीर्वादमा चुनाव जित्ने काम भयो । यसपटक पनि पार्टीमै नलागेका भए पनि राजनीतिक पार्टीले समर्थन गरेका उमेदवार मैदानमा छन् । जुन राजनीतिक विचारको समर्थनमा जिते पनि महासंघलाई पूर्णतया पत्रकारको व्यावसायिकतको विकास गर्ने साझा मन्दिर बनाउनु पर्छ ।

हामी प्रेस युनियन, चौतारी, सेन्टर जेबाट चुनाव जिते पनि महासंघलाई साझा बनाउन प्रयत्नशील रहनुपर्छ । महासंघलाई पूर्णतया राजनीतिक हस्तक्षेपमुक्त बनाउनुपर्छ । सर्वपक्षीय छलफल र साझा पहलकदमीबाट महासंघलाई मर्यादित संस्थाको रूपमा विकास गराउनुपर्छ । निष्ठावान, व्यावसायिक पत्रकारहरूले मेरो संस्था हो भनेर गर्व गर्ने संस्था बनाउनुपर्छ ।

आसन्न महासंघको चुनावका लागि दुई विपरित धु्रबबीच तालमेल देखिन्छ, प्रेस युनियन, प्रेससेन्टरको साझा उमेदवार हो तपाईं । गठबन्धन चुनाव जित्नकै लागि बनाउनु भएको कि संस्थाको विकास प्रमुख एजेन्डा हो ?

यो सत्तासिन पार्टी निकट पत्रकारहरूको गठबन्धन हो । हिजो युद्धका कारक यिनै थिए र शान्ति प्रक्रियाका महत्त्वपूर्ण शक्ति पनि यिनै हुन् । संक्रमणकालको अन्त्य, संविधानको कार्यान्वयन, सद्भाव, मेलमिलाप र भाइचारा प्रवद्र्धनका लागि पनि यो गठबन्धनको अपरिहार्यता थियो । आवश्यकता र औचित्यले नै एक ठाउँमा उभ्याएको हो हामीलाई ।

यसरी कित्ताकाटको अवस्थाले विगतको नेतृत्वलाई काम गर्न अप्ठ्यारो बनायो, यसपटक साझा नेतृत्वबारे सोच्न सकिँदैनथ्यो ?

हामीले पनि त्यसै भनिरहेका छौँ । विवाद, कलहमुक्त पत्रकार महासंघ बनाउनका निमित्त नेतृत्व सर्वसम्मत गरौँ । प्रयत्न जारी छ । 

महासंघलाई विवादमुक्त, साझा संस्था बनाउन सबैको सहमतिमा सर्वसम्मत नेतृत्व चुन्ने तपाईंको पनि पवित्र उद्देश्य रहेछ, तपाईं नेतृत्वको दाबीबाट पछि हटे त कुरा मिलिहाल्छ नि ? 

प्रेस युनियन, चौतारी र सेन्टर तीनै पक्षका बीचमा कुरा भइरहेका छन् । यसपटक साझा नेतृत्व चुनौँ भनेर विविध कोणबाट छलफल भइरहेको छ । सबैले सहमतिमा मलाई नेतृत्व छोड भन्नुहुन्छ भने म तयार छु । त्यस्तै तीर्थ कोइरालाजी पनि तयार हुनुपर्यो ।

प्रतिस्पर्धामा भाग लिने तर परिणाम स्वीकार्न असाध्यै गाह्रो हुने, यो रोग महासंघमा पनि छ । धर्ना बस्नेदेखि ताला लगाउनेसम्मका गतिविधि अब महासंघमा देख्न पाइन्छ कि पाइँदैन ?

महासंघको पछिल्लो किचलो मूलतः सदस्यता विवाद हो । पार्षदले महासंघ नेतृत्व चुन्न, छान्न पाउने भएकाले पार्षद बन्न र संख्या बढाउन बिनापहिचान सदस्यता बाँड्ने प्रचलन बढेको छ । त्यसैको विरोधमा युनियनले धर्ना बस्नेदेखि तालाबन्दीसम्म गरेको हो । म अध्यक्षमा निर्वाचित भएँ भने महासंघको चुनाव आउन एक वर्ष बाँकी रहँदै नयाँ सदस्यता बन्द गर्छु । साथै नयाँ सदस्य दिँदा, नविकरण गर्दा क्रियाशील पत्रकार हो, होइन भनेर परीक्षण गर्छु । फर्जी सदस्यता वितरणलाई पूर्णतया निरुत्साहित तुल्याउँछु ।

भनेपछि मासु पसले र तरकारी पसलेसम्मले महासंघको सदस्यता पाउने अवस्थाको अन्त्य गर्नुहुन्छ ?

पार्षदबाट भन्दा पनि साधारण सदस्यबाटै महासंघको नेतृत्व चुन्ने प्रावधान बनाउनु पर्छ । नयाँ सदस्यता वितरण गर्दा, नवीकरण गर्दा सार्वजनिक सुनुवाइको माध्यमबाट सदस्यता वितरण गरियो भने महासंघका उमेदवारलाई भोट हाल्न, पार्षद बन्नकै निम्ती सदस्यता वितरण गर्ने र सदस्य बन्ने परिपाटीको अन्त्य हुन्छ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १५:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC