काठमाडौं । विश्व नम्बर एक स्पेनिस स्टार राफायल नाडाल सिनसिनाटी ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । अमेरिकामा बिहीबार भएको दोस्रो चरणको खेलमा फ्रान्सका रिचर्ड ग्यासकेटलाई पराजित गर्दै नाडाल तेस्रो चरणमा प्रवेश गरेका हुन् ।
यसै महिनाबाट विश्व नम्बर एक बनेका नाडालले ग्यासकेटलाई ६ – ३ र ६ – ४ को सोझो सेटमा पराजित गरे। नाडालले ग्यासकेटविरुद्ध सन् २००८ देखी पराजित हुनु परेको छैन । यस्तै नाडाल सन् २०१४ पछि पहिलोपटक शिर्ष बरियतामा उक्लिएका हुन् । स्विस खेलाडी रोजर फेडेरर र बेलायती एन्डी मर्रेले सिनसिनाटी ओपन टेनिसमा सहभागिता नजनाएपछि गत सोमबारबाट नाडाल शिर्ष बरियतामा उक्लेका हुन् ।
महिलातर्फ अमेरिकी भेनस विलियम्स दोस्रो चरणबाट बाहिरिएकी छिन् । नवौ बरियताकी भेनस अष्ट्रेलियाकी एशलेए बार्टीसंग ६ – ३, २ – ६ र ६ – २ को सेटमा पराजित भईन् ।