site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

इटहरी। अविरल वर्षापछि धरान उपमहानगरपालिका–१३ निसाने खोला नजिक पहिरो गएर धरान–धनकुटा मार्ग अवरुद्ध बनेपछि यहाँ तरकारीको मूल्य आकाशिएको छ । 

सडक विभागका लापरबाहीका कारण निसाने खोला नजिक २०७२ साल असोजमा पहिरो मर्मत नहुँदा हालैको वर्षाले पुनः २० मिटर पक्की सडक भत्किएर गएपछि यातायात अवरुद्ध बनेको हो । गत साउन २७ गतेदेखि अवरुद्ध बनेको धरान–धनकुटा सडक बुधबारदेखि सडक विभागले वैकल्पिक बाटो खोलेर सडक सञ्चालनमा ल्याएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

निशानेखोला नजिकै आँपगाछी सडकखण्डको २० मिटर सडक करिब दुई किमी तलदेखि धसिएर बगेपछि पूर्वी नेपालको पहाडी क्षेत्रतिर आवागमनसँगै ती क्षेत्रमा उत्पादन हुने कृषिजन्य वस्तु ल्याउन नसक्दा धरनमा तरकारीको मुख्य आकाशिएर उपभोक्ताले खरिद गर्न नसक्ने अवस्था सिर्जना भएको हो । 

धरान धनकुटा सडक सञ्चालनमा आए पनि अझैसम्म तरकारी आयात नभएकाले उपभोक्ताले महँगोमा तरकारी उपभोग गर्न बाध्य हुनु परिरहेको धरान कृषि उपज बजार स्थलका व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए । सडक सञ्चालन भएपनि पहाडी जिल्लाका तरकारी ल्याउन र बिक्री वितरण अझै व्यवस्थित हुन नसकेको उनले बताए । 

Global Ime bank

दैनिक करिव रु एक करोडको तरकारीको कारोबार हुँदै आएको धरानको कृषि उपज बजारस्थलमा गत साउन २७ गतेपछि कारोबार ठप्प हुँदा त्यस केन्द्रले आजसम्ममा कम्तीमा रु सात करोडभन्दा बढीको कारोबार गुमाउनु परेको जनाएको छ 

धरान उपमहानगरपालकाले सडक विभागलाई भत्किएको सडक तत्काल बनाउन दबाब दिएपछि विभागले भत्किएको ठाउँभन्दा केही पश्चिमदेखि उत्तरबाट वैकल्पिक कच्ची सडक मार्ग खोलेको हो । रासस 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC