site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
महिलाका विषयमा बोल्ने बलिउड अर्को चलचित्र ‘जिया और जिया’
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउडमा लगातार महिलाको कथामा आधारित रहेर चलचित्र बनिरहेका छन् । ‘क्वीन’, ‘डियर जिन्दगी’, ‘डियर माया’ जस्ता चलचित्रले महिलाका फरकफरक कथाहरू भनिरहेका छन् । यही सूचीमा अर्को बलिउड चलचित्र पनि समावेश भएको छ, चलचित्र ‘जिया और जिया’ । 

चलचित्रमा कल्की कोचलिन र रिच्चा चढ्ढा शीर्ष भूमिकामा छन् । यो चलचित्रको कथानक दुई पृथक स्वभावका महिलाहरूको हो । नामबाहेक दुईमा कुनै पनि विशेषता समान छैनन् । तर एउटा यात्राका क्रममा दुईको भेट हुन्छ । दुईको मित्रता हुन्छ । यो कथा कुनै समयको स्विडेनको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कल्कीले चलचित्रमा चुलबुली केटीको भूमिका निर्वाह गरेको टिजरबाट देख्न सकिन्छ । रिचा भने शान्त स्वभावकी छिन् । यो ताजा टिजरलाई दर्शकले कति मनपराउँछन्, थाहा हुन्छ नै र, अरु कुराका लागि चलचित्र पर्खनै पर्ने हुन्छ । 

चलचित्रको निर्देशन हाउवार्ड रोजमेयरले गरेका छन् । चलचित्रको निर्माण मिर्जा एन अस्कारीले गरेका छन् । चलचित्रमा स्विडेनका सुन्दर दृष्य देख्न सकिन्छ । एउटा यात्रा, दुई महिला, एउटै नाम, फरक व्यक्तित्व, एउटै बाटो, पृथक गन्तव्य चलचित्र  ‘जिया और जिया’ को कथावस्तु हो ।  
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC