site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
यू–१५ साफ च्याम्पियनसिप शुक्रबारबाट : नेपालको लक्ष्य उपाधि 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो पटक हुन् लागेको यूू–१५ साफ च्याम्पियनसिप शुक्रबारबाट नेपालमा सुरु हुँदैछ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यूू–१५ साफ च्याम्पियनसिपमा दक्षिण एसियाका ६ टोलीको सहभागिता रहने छ ।

यूू–१५ साफ च्याम्पियनसिपको पहिलो दिन समूह ए मा रहेको बंगलादेश र श्रीलंका प्रतिस्पर्धा गर्ने छन् । यस समूहमा भुटान समेत रहेको छ । नेपाल सम्मलित समूह बि मा बलियो टोलीहरु भारत र माल्दिभ्स रहेको छ । लिगकम नकआउटका आधारमा हुने च्याम्पियनसिपमा  समूहको विजेता र उपविजेता सेमिफाइनलमा पुग्ने छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

च्याम्पियनसिपको पहिलो खेलमा नेपालले माल्दिभ्ससँग सोमबार खेल्ने छ । त्यस्तै दोस्रो खेलमा नेपालले बुधबार भारतको सामना गर्ने छ । र, घरेलु मैदानमा हुने च्याम्पियनसिपमा नेपाल उपाधि जित्ने लक्ष्यसहित माल्दिभ्सविरुद्ध मैदान उत्रने छ । जसको लागि नेपाली टोलि तयार र सक्षम रहेको मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले बताए । बिहीबार भएको प्रि म्याच कन्फ्रेरेन्समा बोल्दै श्रेष्ठले भने, “हाम्रो लक्ष्य पहिले सेमिफाइनल पुग्ने हो, त्यसपछि फाइनल जित्दै उपाधि जित्ने हो ।”

यस्तै प्रशिक्षक श्रेष्ठले टोलीको डिफेन्स र अट्याकमा बढी जोड दिएको र भारत नेपालको लागि चनौती दिने देश भएको बताए । साथै प्रशिक्षक श्रेष्ठले यो प्रतियोगिताको लागि लामो समयबाट तयारी गरेको जानकारी दिदै आगामी महिना आयोजना हुने एएफसी यू – १६ च्याम्पियनसिपको छनोटको तयारीको रुपमा लिएको बताए । “तयारी राम्रो छ, हामी घरेलु मैदानको फाइदा लिने छौ, यो प्रतियोगिता एएफसी यू – १६ को छनोटको लागि तयारी पनि हो,“ प्रशिक्षक श्रेष्ठले भने, “त्यसैले यो प्रतियोगिता हाम्रो लागि महत्वपूर्ण छ ।”

Global Ime bank

च्याम्पियनसिपको लागि आफुहरु तयार रहेको नेपाली टोलीका कप्तान रोशन राना मगरले बताए । लामो समयबाट एन्फा एकेडमीमा सँगै खेल्दै आएको टिम रहेको बताउदै कप्तान रोशनले भने, “तयारी निकै राम्रो भैरहेको छ, हामी डेढ बर्षबाट सँगै खेल्दै आएका छौ, हामी राम्रो गर्ने छौ ।”  कप्तान मगरले टोलीमा केहि नयाँ खेलाडी आएको र नयाँ खेलाडीहरुको कारण पनि टिम थप मझबुद रहेको बताए । 

त्यस्तै प्रतियोगितामा सहभागी अन्य पाँच राष्ट्रका प्रशिक्षकहरुले यो प्रतियोगिता एएफसी यू – १६ च्याम्पियनसिपको छनोटको लागि महत्वपूर्ण रहेको बताउदै आफ्नो टोलीको लक्ष्य उपाधि जित्ने रहेको बताए । 

बिहीबार भएको प्रि म्याच कन्फ्रेरेन्समा बोल्दै भारतका प्रशिक्षक बिनिएनो फर्नान्डेजले च्याम्पियनसिपमा नेपाल बलियो रहेको उल्लेख गर्दै आफुहरु खेलका लागि तयार रहेको बताए । “हामीले इजिप्टमा तयारी गरेका थियौँ । हामी एएफसी प्रतियोगिताको लागि एक वर्षबाट तयारीमा छौ,” प्रशिक्षक फर्नान्डेजले थपे, “फुटबल खेलमा जे पनि हुन सक्छ तर ., हामी उपाधि जित्ने लक्ष्यका स्था खेल्ने छौ ।”

माल्दिभ्सका प्रशिक्षक मोहम्मेद साजलीले प्रतियोगितको लागि २ महिनाबाट तयारी गरेको बताउदै सेमिफाइनल पुग्ने मुख्य लक्ष्य रहेको बताए । उनले भने, “हामी नेपाल र भारत जस्तो राष्ट्र रहेको कठिन समूहमा छौँ।तर, तर हामीले सेमिफाइनलमा पुग्ने लक्ष्य बनाएका छौँ ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १८:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय