site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रियंका चोपडा घर फर्किइन्, हिन्दी प्रोजेक्टमा आउलिन् त ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । बलिउड देशी गर्ल प्रियंका चोपडा पुनः घर फर्किएकी छन् । उनको दोस्रो हलिउड फिल्म ‘इजन्ट इट रोमान्टिक’ को सुटिङ सकेर उनी घर फर्किएकी हुन् । उनको घरफिर्तीसँग उनले बलिउडको आफ्नो आगामी प्रोजेक्ट सुरु गर्नेछिन् । 

इन्डियन एक्सप्रेसका अनुसार प्रियंका अब मुम्बईमा दुई हप्ताका लागि हुनेछिन् । उनले आफ्नो आगामी बलिउड फिल्मको निर्णय गर्नेछिन् । तर अहिले नै उनको बलिउड प्रोजेक्ट के हुने भन्ने बारेमा कसैलाई थाहा छैन ।

Prabhu Bank
Agni Group
NIC Asia

यद्यपि यो अनुमान लगाउन सकिन्छ, प्रियंका चोपडाले संजयलीला भन्सालीको आगामी प्रोजेक्टका लागि उनीसँग भेट गर्नेछिन् । यो चलचित्र ‘गुस्ताखी’ हुनेछ जसले कवि साहिर लुधियानवी र लेखक अमृता प्रितमबीच बिग्रिएको सम्बन्धलाई वर्णन गरेको छ । 

यस अघिको खबर अनुसार ‘हिन्दी मिडियम’ अभिनेता इरफान खान साहिरको भूमिकामा देखिनेछन्  र प्रियंका अमृताको भूमिकामा हुनेछिन् । तर अभिनेता र निर्देशकले अहिलेसम्म यसका बारेमा पुष्टि गरेका छैनन् । 

Global Ime bank

प्रियंकाले आफ्नो सबै परियोजनालाई निकै राम्रो तरिकाले व्यवस्थित गरेकी छन् । उनकै आमा मधु चोपडाको शब्दमा भन्ने हो भने, “उनले सबै कामको समाधान गरिसकेकी छन्, तपाईँ सोच्नु हुन्छ होला उनको सबै कुरो मुखै अगाडि छ, तर होइन । उनलाई थाहा छ, उनी के गर्दैछिन् र आगामी पाइला कसरी चाल्नुपर्छ”

यसैले अब प्रियंका एक पटक पनः भारतमा छिन्, भारतमा उनका प्रशंसकलाई आशा छ यो पटक उनी आफ्नो आगामी चलचित्र घोषणा नगरी फर्किन्नन् । 

कामको कुरो गर्ने हो भने, प्रियंकाले चाँडै नै ‘क्वांटिको’ को तेस्रो चरणको सुटिङ सुरु गर्नेछिन् । जसमा उनले सीआईए अफिसर एलेक्स पर्रिशको भूमिका निर्वाह गरेकी छन् । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १८:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC