site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
बाढीपीडितलाई सरकारले क्षतिपूर्ति र घर बनाउने पैसा दिन्छ : प्रधानमन्त्री देउवा 
Sarbottam CementSarbottam Cement

काठमाडौं  । प्रधानमन्त्री शेरबहादुर देउवाले मध्य र सुदुरपश्चिमका तीन जिल्लाका बाढी प्राभावितलाई राहत वितरण गर्दै प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । 
बिहीबार बिहान प्रधानमन्त्रीले बाँकेको राप्ती सुनारी गाउँपालिकाको कमैया डाँडा, बर्दियाको कोठीयाँ गाउँपालिका र कैलालीको टिकापुरमा बाढीबाट बिस्थापितहरुसँग छलफल गरी राहत सामाग्री वितरण गरेका हुन् । 

प्रधानमन्त्रीले बाँकेको कमैयाडाँडामा बाढीबाट आफ्ना ११, ९ र ७ बर्षका तीन छोरी गुमाएका कमिलाल थारुलाई ६ लाख रुपैयाँको चेक दिएका छन् । 

प्रधानमन्त्री देउवाले तीन छोरी गुमाएका थारुलाई घर बनाउन सरकारले आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए । ‘बाढीबाट धनजन गुमाएका हरुलाई सरकारले क्षतिपूर्ति रकम र घर बनाउनको लागि पनि निश्चित रकम दिनेछ’ उनले भने, ‘अहिले तत्काल अस्थायि बासस्थानका लागि पनि केही रकम निकासा गरिसकेको छ, छिट्टै तपाईहरुले पाउनुहुने छ ।’

Prabhu Bank
Agni Group
NIC Asia

त्यसैगरी उनले बर्दियाको गुलरीय नगरपालिकाको बाढी प्रभावित वडा नम्बर ८ को कोठियाँ गाउँमा पनि भेटघाट गरी राहत वितरण गरे ।  

देउवाले बाढीको दिर्घकालिन र तात्कालिन समाधानका लागि सरकारले छिट्टै नयाँ कार्यक्रम ल्याउने जानकारी दिए । 

Global Ime bank

 उनले घाइतेको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था गरेको बताउँदै बाढीले घर बगाएका हरुलाई पनि सरकारले निर्णय गरेर रकम निकासा गर्ने बताए । 

त्यस्तै कैलालीको टिकापुरमा पनि प्रधानमन्त्रीले बाढी पीडितहरुलाई खाद्यन्न, लत्ताकपडा र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् । 

राहत, उद्दार र क्षतिपुर्ति प्रभावकारी बनाउन निर्देशन
यसैगरी प्रधानमन्त्रीले मध्य र सुदूरपश्चिमका सेना, प्रहरी, शसस्त्र प्रहरी लगायत क्षेत्रीय प्रशासक र प्रमुख जिल्ला अधिकारीहरुलाई राहत, उद्दार र क्षतिपूर्ति वितरणमा कुनै कमजोरी नहुने गरी काम गर्न निर्देशन दिएका छन् ।

बाँकेको नेपालगंञ्जमा बाढी प्रभावित क्षेत्रको उद्दार र राहतमा खटिएका सुरक्षा निकायका अधिकारीहरु र उच्चपदस्थ कर्मचारीलाई निर्देशन दिदै उनले भने, “प्राकृतिक विपत्तीमा परेकालाई कुनै गुनासो नहाउने गरी काम गर्नहोस् ।”
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC