site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यू–१५ साफ च्याम्पियनसिपको लागि नेपाली टोली घोषणा
Ghorahi CementGhorahi Cement

काठमाडौं । शुक्रबारदेखि ललितपुरको सात दोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा सुरु हुने यू–१५ साफ च्याम्पियनसिपको लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले २३ सदस्यीय नेपाली खेलाडीको अन्तिम नामवली घोषणा गरेका हुन् ।

छनोट हुने खेलाडीमा कप्तान रोशन रानामगर संगै रोहित कार्की, रोशन दोङ, दिपक भण्डारी, सन्जिव अर्याल, निरज चौधरी, रन्दिप पौडेल, विपिन थापामगर, अभिषेक श्रेष्ठ, विर्जेश चौधरी, रन्जन पुन, अन्जल महर्जन, अहसिम गुरुङ रहेका छन् । त्यस्तै, दिर्शान गुरुङ, कार्लोश बखारियाम्फ, विशाल सुनार, सौगात खवास, आकाश बुढामगर, शिशिर लेखी, रोशन थापा, सुबास कार्की, निशान रावल र अशोक किङरिङ टोलीमा अटाएका छन् ।

Agni Group

च्याम्पियनसिपमा दक्षिण एसियाका ६ राष्ट्रले भाग लिएका छन् । समूह ए मा बंगलादेश, श्रीलंका र भुटान रहेका छन् । त्यस्तै, समूह बीमा नेपाल, भारत र माल्दिभ्स् रहेका छन् । नेपालले आफ्नो पहिलो खेल माल्दिभ्स्संग भदौ ५ गते सोमबार खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल भारतसंग भदौं ७ गते खेल्नेछ ।

समूह चरणको विजेता र उपविजेता टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । सेमिफाइनल खेल भदौं ९ गते एन्फा कम्प्लेसको खेल मैदान र हल्चोकस्थित शसत्र प्रहरी बलको खेल मैदानमा हुनेछ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १८:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC