site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

राजविराज । सप्तरीमा एक हप्ता अगाडि अविरल वर्षासँगै विभिन्न नदी तथा खोलामा आएको बाढीले झण्डै २० हजार घरका एक लाख व्यक्ति प्रभावित भएका छन् । 

बाढीबाट चार हजार व्यक्ति विस्थापित भएका छन् । बाढीबाट जिल्लाका रम्पुरा मल्हनिया, सकरपुरा बनरझुलालगायत टोल पूर्ण रुपमा डुबानमा परेका छन् । 

वर्षापछि खाँडो खोलामा आएको बाढीले रम्पुरा मल्हनिया गाविसका करिब एक हजार घर तथा सकरपुराका ८९९ घर पूर्ण रुपमा डुबानमा परेको स्थानीयवासी चन्दन यादवले बताए । वर्षाले गर्दा प्रत्येक व्यक्तिका घरमा पानी पसेपछि बाढीपीडित घर नजिकैको बाँध तथा विद्यालयको आश्रय लिई रात बिताउँदैछन् । उनीहरु अहिले पनि भोकभोकै जाग्राम बस्न बाध्य भएको यादवले गुनासो गरे ।  

Prabhu Bank
Agni Group
NIC Asia

बाढीले घर घरमा करिब ५ फिटसम्म पानी पसेको तर हालसम्म कुनै पानीको निकास हुन नसकेको रम्पुरा मल्हनियाका सोसिन्द्र यादवले जानकारी दिए ।  

स्थानीय राजेन्द्र देवकी आधारभूत विद्यालय कोइलाडी विद्यालयमा आश्रय लिँदै आएका झण्डै दुई सय परिवारलाई राहत नआएको पीडितले गुनासो गरेका छन् । 

Global Ime bank

वर्षाका कारणले विष्णुपुर गाउँपालिका–४ बेल्हाका सयौंँ घरपरिवार बिचल्लीमा परेका छन् । पश्चिम र दक्षिणतर्फबाट मुतनी नदी, पूर्वबाट घोरदह र उत्तरबाट खिरखौका नदीको बाढीले गर्दा झण्डै ५० परिवार डुबानमा पर्नाका साथै चारैतिर नदीले कटान गरेकाले सो टोलबाट बाहिर निस्किन र आवतजावत गर्न समस्या भइरहेको बताइएको छ । 

शुक्रबारदेखिको लगातारको वर्षा र बाढीका कारण विभिन्न ग्रामीण तथा शहरी भेगका सडकसमेत अवरुद्ध हुँदा हजारौँ सर्वसाधारणले सास्ती खेप्नुपरिरहेको पीडितको भनाइ छ । 

संकटग्रस्त क्षेत्र घोषणा माग 

जिल्ला दैवीप्रकोप उद्धार समिति सप्तरीको बैठकले बाढीबाट ठूलो क्षति भएकाले जिल्लालाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सरकारसँग माग गरेको छ । प्रजिअ एवं समितिका अध्यक्ष भागिरथ पाण्डेयको अध्यक्षतामा बुधबार साँझ बसेको बैठकले बाढीले जिल्लामा अत्यधिक क्षति पु¥याएको र उद्धार तथा राहत वितरणमा समेत समस्या परेकाले जिल्लालाई संकटग्रस्त घोषणा गर्न माग गरेको हो । 

विश्व खाद्य कार्यक्रमलगायत सहयोगी संस्थालाई सहयोगका लागि आह्वान गर्दै बैठकले बाढी प्रभावित क्षेत्रमा विभिन्न संघसंस्था तथा व्यक्तिले वितरण गर्ने राहतलाई व्यवस्थित गर्न आग्रह गरेको छ । राहत वितरण गर्न आउने व्यक्ति र संघ संस्थालाई जिल्ला प्रशासन कार्यालयसँग समन्वय र सम्पर्क गर्न भनिएको छ । रासस 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC