site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ओलम्पियन पौडीबाज गौरिकाको दुई राष्ट्रिय किर्तिमान
Sarbottam CementSarbottam Cement

काठमाडौं । ओलम्पियन पौडीबाज गौरिका सिंहले २० औं राष्ट्रिय पौडी प्रतियोगितामा दुई राष्ट्रिय किर्तिमान बनाएकी छिन् । सातदोबाटोमा बिहिबार सुरु राष्ट्रिय पौडीको पहिलो दिन गौरिकाले ५० मिटर बटरफ्लाई र २ सय मिटर फ्रिस्टाइल स्पर्धामा राष्ट्रिय किर्तिमान बनाएकी हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी परिसरमा त्रिभुवन आर्मी क्लबकी गौरिकाले महिला ५० मिटर बटरफ्लाईको हिट्स चरणमा  २९.४० सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्  । गौरिकाले सोफिया शाहले सातौं राष्ट्रिय खेलकुदमा बनाएको ३२.०६ सेकेन्डको कीर्तिमान तोडेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

गौरिकाले फाइनल चरणमा भने २९.७८  सेकेन्डमा पूरा गर्दै स्वर्ण जितिन् । यस स्पर्धामा एपीएफकि डुआना लामाले ३७.५३ सकेन्डका साथ रजत र एपीएफकै तेन्जिङ्ग डोमा शेर्पाले ३७.८२ सेकेन्डका मा पुरा गर्दै कास्य जितिन्  ।

१२ औं दक्षिण एसियाली खेलकुदमा एक रजत र तीन कांस्यपदक जितेकी गौरिकाले महिला २ सय मिटर फ्रिस्टाइलको फाइनल चरणमा २ मिनेट ११.९४ सेकेन्डमा पुरा गर्दै राष्ट्रिय किर्तिमान बनाईन् । स्वर्ण जितेकी गौरिकाले सोफिया शाहले १२ औं दक्षिण एसियाली खेलकुदमा बनाएकी २ मिनेट १३.३२ सेकेन्डको किर्तिमान भंग गरेकी हुन् । यस स्पर्धामा एपीएफकि डुआना लामाले २ मिनेट ३३.११ सकेन्डका साथ रजत र एपीएफकै उपस्थी महर्जनले २ मिनेट ४९.३१ सेकेन्डमा पुरा गर्दै कास्य जितिन् ।

Global Ime bank

गौरिकाको व्यक्तिगत स्पर्धामा २९ औं पटक राष्ट्रिय कीर्तिमान हो । जारी राष्ट्रिय पौडीमा ५ इभेन्टमा सहभागी जनाएकी गौरिकाले दुई राष्ट्रिय किर्तिमान बनाएपछि आफु थप पदक जित्न हौसिएको बताइन । अब आफ्नो योजना १३ औ साग खेलकुदमा राम्रो गर्ने रहेको बताउदै उनले भनिन् ,“राष्ट्रिय किर्तिमान कायम गर्न पाउदा निकै खुशी छु, अब लण्डन फर्किएपछि साग खेलकुदका लागि तयारी गर्ने योजना छ ।” लण्डनमा आमाबुबासँग बस्दै आएकी गौरिका प्रतियोगिताको लागि नेपाल आएकी हुन् ।

राष्ट्रिय पौडी अन्तर्गत पहिलो दिन बिहिबार थप तीन खेलाडीले राष्ट्रिय किर्तिमान कायम गरे । बिहिबार बिहिबार एपीएफका डुआना लामा र सुभम श्रेष्ठ र किरण कार्कीले राष्ट्रिय किर्तिमान बनाए । डुआनाले महिला २ सय मिटर ब्रेस्टस्ट्रोक र सुभम र किरणले पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोक राष्ट्रिय किर्तिमान बनाएका हुन् ।

डुआनाले महिला २ सय मिटर ब्रेस्टस्ट्रोकको हिट्स चरणमा  ३ मिनेट ०७.२२ सेकेन्डमा पूरा गर्दै राष्ट्रिय कीर्तिमान बनाएकी हुन् । उनले  ११ वर्ष पुरानो विविधा रिमालको नाममा रहेको कीर्तिमान भंग गरेकी हुन् । विविधाले कोलम्बोमा सन् २००६ मा भएको दसौं सागमा ३ मिनेट १२.८५ सेकेन्डमा पुरा गर्दै किर्तिमान बनाएकी थिइन्  । तर, डुआनाले फाइनल चरणमा ३ मिनेट ८.३२ सेकेन्डमा पुरा गर्दै स्वर्ण जितिन् । यो स्पर्धामा उपस्थी महर्जनले रजत र अदिप्सा बैद्यले कास्य जितिन् ।

पुरुष २ सय मिटर ब्रेस्टस्ट्रोकमा स्वर्णसहित राष्ट्रिय किर्तिमान बनाएका सुभमले २ मिनेट ३६.७५ सेकेन्डको समय निकाले । यस्तै रजत जितेका किरणले २ मिनेट ४२.१३ सेकेन्डको समयसहित राष्ट्रिय किर्तिमान कायम गरे । यस स्पर्धामा राष्ट्रिय किर्तिमान सुभमको नाममा २ मिनेट ४२.६२ सेकेन्डको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  १९:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC