site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मंसिर ४ गते ३१ जिल्लामा प्रादेशिक र संघीय निर्वाचन
Sarbottam CementSarbottam Cement

प्रमुख तीन राजनीतिक दलका शीर्ष नेताको बिहीबार बसेको बैठकले संघीय र प्रादेशिक निर्वाचन एकैपल्ट मंसीर भित्रमा गरिसक्ने निर्णय गरेको छ । पहिलो चरणको मंसीर ४ गते हुने निर्वाचनमा ३१ हिमाली तथा पहाडी जिल्ला समेटिने छ भने सोही महिना भित्र हुने दोस्रो चरणको निर्वाचन अन्य सबै जिल्लामा हुनेछ । 

प्रधानमन्त्री शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका नेता पुष्प कमल दाहाल ‘प्रचण्ड’ सँग बालुवाटारमा बसेको बैठकबाट निस्कदै प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले पत्रकारहरुलाई यो जानकारी दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

तीन प्रमुख दलबीच भएको सहमति अनुसार प्रतिनिधि सभा र प्रादेशिक सभा निर्वाचन ऐन भाद्र ५ गते भित्र जारी गर्ने र सरकारले त्यसभन्दा दुई दिन पहिले अर्थात भाद्र ३ गते शनिवार मंसीर ४ गतेको निर्वाचन मिति घोषणा गर्ने सहमति भएको छ । 

स्थानीय निर्वाचन ऐनमा प्रदेशमा टुक्राएर निर्वाचन गराउन नमिल्ने भएका कारण प्रदेश अनुरुप निर्वाचन गरिएको भएता पनि प्रतिनिधि सभा निर्वाचन ऐन र प्रादेशिक सभा निर्वाचन ऐनमा भने जिल्ला अनुरुप निर्वाचन गर्न मिल्ने व्यवस्था गरिने तयारी पनि गरिएको छ । 

Global Ime bank

निर्वाचन क्षेत्र निर्धारण आयोगले भाद्र १५ गतेभित्र आफ्नो प्रतिवेदन बुझाउने छ, जस अनुसार प्रतिनिधि सभाका लागि र प्रदेशका लागि निर्वाचन क्षेत्रको टुंगो लाग्नेछ । 
नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठका अनुसार मंसीर महिना भित्रै देशैभरी संघीय र प्रादेशिक निर्वाचन हुनेछ् । संघीय र प्रदेशको मतपत्र फरक फरक हुने र मत पेटिका पनि फरक फरक राखिने कुरामा पनि सहमति भएको छ । तर खुल्ला र समानुपातिकका लागि भने एकै मतपत्रमा दुई स्थानमा भोट दिनुपर्ने व्यवस्था गरिने पनि जनाइएको छ । 

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्बाङले पनि उक्त बैठकबाट बाहिर निस्कदै प्रमुख दलहरूकाबीच सहमति भएको पुष्टि गरेका छन् । उनले अब सरकारले छिटै निर्वाचन मिति घोषणा गर्ने तथा मंसीर ४ गते ३१ जिल्लामा निर्वाचन हुने कुरा बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, भदौ १, २०७४  २१:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC