site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा नेकपा एमालेका एक स्थानीय नेताको घरमा रातभर मतदाता नामावली संकलन गरेको पाइएको छ ।

निर्वाचन आयोगले शनिबार बेलुका पाँच बजेसम्म मतदाता नामावली संकलन गर्ने समय थप गरेको थियो ।

स्थानीय तहको कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा मात्रै मतदातामा नामावली संकलन गर्ने व्यवस्था गरिएको भए पनि एमालेका नेताले घरमै लगेर रातभर आफू निकटका व्यक्तिहरुको नामावली गैरकानुनी ढंगले दर्ता गराएको भन्दै नेपाली कांग्रेससहित अन्य दलले तीव्र विरोध जनाएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

कागजात नभएका व्यक्तिको नामावली गैरकानुनी तरिकाले संकलन गरिएको कांग्रेसले आरोप लगाएको छ । हजारौंको संख्यामा यसरी नामावली दर्ता गरिएको कांग्रेस आरोप छ । 

कांग्रेसका नेता तथा सोही क्षेत्रका सांसद गगन थापाले यसको जवाफ माग गरेका छन् ।

Global Ime bank

शनिबार राति घरमै निर्वाचन आयोगको मतदाता नामावली संकलन गर्ने टोली लिएर नाम दर्ता गराएको पाइएपछि स्थानीयले बुढानिलकण्ठ नगरपालिका ९ वडाका अध्यक्ष राजेन्द्र सापकोटा, निर्वाचन आयोगका कर्मचारीसहित ३ जनालाई पक्राउ गरी प्रहरीमा बुझाएका छन् ।

उनीहरुलाई थप अनुसन्धानका लागी जिल्ला निर्वाचन कार्यालयमा बुझाइएको छ । 

शनिबार राति गल्फुटार क्षेत्रमा एमालेका नेता स्थानीय नेता दिपक निरौलाको घरमा एमाले कार्यकर्तालाई भेला पारी निर्वाचन आयोगका कर्मचारी आकृत कुमार खत्रीले फोटोसहितको मतदाता नामावली संकलन गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।  प्रदेश र संघको निर्वाचनमा आफ्नो भोट बढाउन एमालेले यस्तो गरेको कांग्रेसको आरोप छ ।

निर्वाचन आयोगका कर्मचारी बोलाएर नियमविपरित मतदाता नामावली संकलन गर्दै गरेको उजुरीका आधारमा महानगरीय प्रहरी वृत्त महाराजगंजको प्रहरी टोलीले स्थानीयको सहयोगमा निरौलाको घरमा छापा हानेको महानगरीय प्रहरी वृत्तका डीएसपी गोविन्द पुरीले जानकारी दिए ।

बाहखरीसँग कुरा गर्दै पुरीले भने, साँझ एमाले नेताको घरमा निर्वाचनका कर्मचारी आएर फोटो खिच्दैछन् । घरमा धेरै मान्छे भेला पारिएको छ । फोटो खिचाउने सबै नक्कली मदताता हुन् भन्दै फोन आयो । फोनका आधारमा हामी दिपक निरौलाको घरमा गएर हेर्दा त्यस्तै नै देखियो । अनुसन्धानका लागि निर्वाचन आयोगका एक जना कर्मचारी, ९ नम्बर वडाका वडाध्यक्ष र घरमा फोटो खिच्न जम्मा पार्ने स्थानीय नेता दिपक निरौलालाई नियन्त्रणमा लिएका थियौं । अनुसन्धानका लागि जिल्ला निर्वाचन कार्यालयमा बुझाएका छौं ।”

एक जना स्थानीय बासीले बाह्रखरीसँगको कुराकानीमा भने, “केहिदिन यता घरमै निर्वाचन कार्यालयका कर्मचारी बोलाएर फोटो खिच्ने काम भइरहेको थियो । उक्त कुरा निर्वाचन आयोगमा जानकारी भए पनि कुनै सुनुवाई नभएपछि प्रहरीलाई खबर गर्नुपरेको हो । दिनभरी वडा कार्यालयमा फोटो खिच्ने रात परेपछि कागजात नभएका व्यक्तिलाई जम्मा पारेर एमालेका कार्यकर्ताले मतदाता नामावली दर्ता गराइरहेका थिए । नक्कली स्थानीयवासी बनाउँदै नामावली दर्ता गर्ने काम सातादिनदेखि नै जारी थियो ।”

एमाले नेताले घरमै नियमविपरित मतदाता नामावली संकलन गरेको भन्दै कांग्रेस र माओवादी लगायतका दलले नगरपालिकामा तालाबन्दी गरेका छन् ।

यसैबीच व्यवस्थापिका संसद्को बैठकमा सोही क्षेत्रका सांसद् गगन थापाले सिंगो एमालेको संलग्नतामा जनप्रतिनिधि नै संलग्न भएर आपराधिक काम गरेको आरोप लगाए ।

उनले विगत ९ दिनदेखि फरक फरक स्थानमा यसैगरी मतदाता नामावली संकलन गरिएको पाइएको बताए । यसबारेमा निर्वाचन आयोगमा जानकारी गराउँदा पनि लाचारी व्यक्त गरेको उनको भनाई थियो ।

“एउटा पार्टीले ९ दिनदेखि लगातार निर्वाचन आयोगका पदाधिकारीको संलग्नतामा यस्तो काम गरिरहेको छ,” थापाले भने, “एमालेका नगर समितिका सभापतिसहित कर्मचारीलाई नियन्त्रणमा लिएर कार्यालयमा बुझाइएको छ । निर्वाचन आयोगले केही गर्न सक्दैनौं भनेर लाचारी व्यक्त गरेको छ । यस्ता अपराधिलाई कारवाही भएन भने हामी प्रश्न उठाउने मात्रै होइन, उत्तर पनि लिएरै छाड्छौं ।”

उनले विगत केहीदिनदेखि नै कृत्तिम भीड जम्मा पार्ने र सर्वसाधारणलाई फर्काउने अनि रातभर फरक फरक नेताको घरमा गएर मतदाता नामावली संकलन गराइरहेको बताए ।
“सम्बन्धित पार्टीले प्रष्ट बनाउने कि नबनाउने ? निर्वाचनको पवित्रतामाथी प्रश्न उठाउने तर सिंगो पार्टी पंक्ति लागेर यस्तो काम गर्न मिल्छ ?,” थापाको प्रश्न थियो, “अपराधिलाई कारवाही भएन र हामीलाई विश्वस्त बनाउने काम नभए हामीले प्रश्न उठाउने मात्रै होइन, उत्तर पनि लिएरै छाड्छौं ।”

 
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, भदौ ४, २०७४  १६:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC