site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं। उपप्रधानमन्त्री कृष्णबहादुर महराले वैदेशिक रोजगारीका क्रममा देखिएको समस्या समाधान गर्न परराष्ट्र, गृह र श्रम तथा रोजगार मन्त्रालयबीच सहकार्य आवश्यक रहेको बताएका छन् । 

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका प्रतिनिधिमण्डलसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा परराष्ट्रमन्त्री महराले भने, “वैदेशिक रोजगार सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनुपर्छ, यसका लागि राज्य संयन्त्र र व्यवसायी दुवैले आआफ्नो ठाउँबाट जिम्मेवारीपूर्वक भूमिका निभाउन आवश्यक छ । 

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा आफूहरुले मलेसिया जाने कामदारबाट विभिन्न कम्पनीका नाममा बढी रकम असुलिएको, मागपत्र प्रमाणीकरणलाई दूतावासमा सहजीकरण गरी दिनुपर्ने, वैदेशिक रोजगारीसम्बन्धी कार्यदल र भ्रमणमा संघको प्रतिनिधिमण्डल पनि सहभागी गराइनुपर्ने विषय राखेको संघका अध्यक्ष रोहन गुरुङले जानकारी दिए । 

नेपालस्थित साउदी अरबको दूतावासले प्रवेशाज्ञा छापका लागि दिने परिचयपत्र सबै रोजगारदाता संस्थालाई दिने व्यवस्थाका लागि आवश्यक पहल गरिदिन समेत परराष्ट्रमन्त्रीको ध्यानाकर्षण गराइएको उनले जानकारी दिए। 

Global Ime bank

जवाफमा मन्त्री महराले विदेशस्थित नियोगमा मागपत्र प्रमाणीकरण र साउदी परिचयपत्रका सम्बन्धमा तत्काल मन्त्रालयले पहल गर्ने तथा मलेसिया जाने कामदारमाथिको ठगीका सम्बन्धमा सरोकार भएका मन्त्रालय बसेर अध्ययन गरिने बताए । रासस 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४  ०५:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC