site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

बैंकक । थाइल्याण्डको दक्षिणी भू–भागमा सैनिकको गस्तीलाई लक्षित गरी संदिग्ध विद्रोहीले एम्बुस आक्रमण गरेका छन् । बिहीबार बिहान भएको सो आक्रमणमा परी एक जना सैनिकको मृत्यु भएको छ । 

त्यसैगरी यस आक्रमणमा परी अन्य २० जना सैनिक घाइते भएका अधिकारीले बिहीबार जानकारी दिएका छन् । मेलेसियाको सीमा क्षेत्रमा पर्ने यस मुस्लिम क्षेत्रमा जातीयरुपमा मलाय विद्रोहीले एक दशकभन्दा बढी समयदेखि बौद्ध धर्मावलम्बीको बाहुल्यता रहेको यस देशमा हिंसा मच्चाउँदै आएका छन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनीहरुले नै सेनाको गस्तीमाथि एम्बुस थापेको हुनसक्ने अनुमान गरिएको छ । तर उनीले भने यस घटनाको जिम्मेवारी लिएका छैनन् । थाइल्याण्डको सुदुर दक्षिणी यस भागमा करिब एक दशकभन्दा बढीदेखि जारी यस द्वन्द्वमा परी छ हजार ८०० व्यक्तिको मृत्यु भइसकेको छ । 

यस क्षेत्रको याला प्रान्तको याहा जिल्लामा सडकको किनारमा एम्बुस बिच्छ्याइएको थियो । सोही बाटो भएर गुडिरहेको सैनिक गस्तीको सवारीसाधन सो एम्बुसमा ठोक्किएको थियो । 

Global Ime bank

थाई सैनिक प्रवक्ता कर्नेल प्रामोटे प्रोमका अनुसार यस आक्रमणमा एक सैनिकको मृत्यु हुनुको साथै अन्य १८ सैनिक घाइते भएका छन । घाइते हुनेमा दुई गाउँले पनि छन् । रासस/एएफपी 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०२:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC