काठमाडौं । भारतमा एउटी सांसद एक महिने बच्चालाई स्तनपान गराउनको लागि संसद भवनमा छुट्टै कोठा मागेर चर्चामा अएकी छिन् ।
भारतको आसामकी भारतीय जनाता पार्टीसँग आबद्ध विधायक अंगूरलता डेकाले एक महिने छोरीलाई स्तनपान गराउनको लागि विधानसभामा छुट्टै कोठाको माग गरेकी छन् । उनी अहिले सुपर लेडीमा दरिन थालेकी छन् ।
हुन त भारतमा यसै वर्ष ‘मेटर्निटी बेनिफिट्स कानुन’मा संशोधन भएर महिलाहरुलाई प्रदान गरिने तलबसहितको सुत्केरी छुट्टी बढाएर ६ महिना गरिएको छ । तर सांसद अंगूरलतालाई विधानसभाको सत्रमा उपस्थित हुनुपर्ने भएर उनी काममा फर्किन् ।
नयाँ कानुनले कामको स्थानमा कोठा बनाउनको लागि पनि अनिवार्य गरेको छ । तर अहिले भने सांसद अंगूरलताले काम गर्ने विधानसभामा समेत कोठा उपलब्ध छैन ।
भर्खर बच्चा जन्माएकी महिलाहरुका अनुसार सुत्केरी बिदा सुरुवाती समयको लागि भए पनि त्यसपछि कार्यालय फर्केर आउँदा कुनै सहुलियत नपाउनुले पीडा हुने गर्छ ।
यसका लागि आवाज उठाउँदा जस्तोसुकै प्रतिक्रिया आउने सम्भावना हुने उनीहरुले औंल्याएका छन् ।
भारतमा गरिएको एउटा सर्वेक्षणअनुसार आमा बनेपछि करिब ५० देखि ७५ प्रतिशतसम्म कामकाजी महिलाहरुले जागिर छोड्ने गर्छन् । भारतीय सञ्चारमाध्यमका अनुसार आसाम विधानसभाका सभामुखले सांसद अंगूरलताको मागबारे विचार गर्ने भएको छ ।