site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काठमाडौं । बेलायती महिलाहरुमा पुरुषको तुलनामा यौन इच्छा कम हुने एक अध्ययनले देखाएको छ । स्टडी अफ ब्रिटिश सेक्सुअल एटीट्युड्सको भनाइमा महिलाहरुको यौन इच्छा दुई गुणाले घटेको छ ।

खराब स्वास्थ्य र भावनात्मक लगावको अभावका कारण महिला र पुरुष दुवैमा यौन इच्छा कम देखिएको हो । यस सर्वेक्षणमा लगभग ५ हजार पुरुष र ६ हजार ७ सय महिलाहरुलाई संलग्न गराइएको थियो ।

सेक्स थेरापिस्ट अमान्डा मेजरका अनुसार सेक्समा देखिएको घट्दो लगावलाई असामान्य भन्न सकिन्न । यसका थुप्रै कारणहरु छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वेक्षणअनुसार १५ प्रतिशत पुरुष र ३४ प्रतिशत महिलाहरुको भनाइमा उनीहरुमा अब सेक्सप्रति कुनै इच्छा बाँकी छैन । त्यस्तै पुरुषहरुमा ३५–४४ को उमेरमा सेक्सप्रतिको इच्छा सबैभन्दा कम थियो । महिलाहरुमा भने ५५ र ६४ वर्षको उमेरमा सेक्सप्रतिको लगाव उच्च स्तरमा घट्दो पाइयो ।

रिसर्चका अनुसार महिनावारी बन्द हुने कारणले महिलाहरुमा यौनइच्छा कम देखिनुको कुनै प्रमाण भेटिएको छैन । यद्यपि घरमा साना बालबालिका भएको कारण पनि महिलाहरुमा यस्तो इच्छा घटेको तथ्य सार्वजनिक भएको छ ।

Global Ime bank

यौनइच्छा जगाउने पाँच टिप्स

घट्दो लगावप्रति दुवैले खुलेर कुरा गर्नुपर्छ ।

अंतरंग हुने अन्य तरिकाहरु पनि प्रयोग गर्नुपर्छ । जस्तै–कुरा गर्नु, हात समाएर बस्नु, आलिंगन । 

आफ्नो पार्टनरको अनुभूतिको ख्याल राख्नु पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।

सेक्स थेरापिस्ट र रिलेसनसिप काउन्सिलरसँग पनि परामर्श लिन सकिन्छ ।

यस्तो मामिलामा रिसाउनु झर्किनु भन्दा रचनात्मकतातिर ध्यान दिनुपर्छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ ३०, २०७४  ०५:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC