काठमाडौं । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामा सम्मानित भएका छन् । तेक्वान्दो खेललाई समयानुकुल, प्रतिस्पर्धात्मक एवं लोकप्रिय बनाउन र दक्ष खेलाडी उत्पादनमा पुर्याएको योगदानको कदर गर्दै नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्वर ४ ले लामालाई सम्मान गरेको हो ।
नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्वर ४ ले शनिबार आयोजना गरेको विशेष कार्यक्रममा पूर्व उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले लामालाई सम्मानपत्रबाट सम्मान गरे । सम्मानपछि प्रशिक्षक लामाले सम्मानले जीवनमा थप उर्जा मिलेको बताउँदै आगामी दिनमा पनि दक्ष खेलाडी उत्पादनमा सक्रिय रुपमा लाग्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापा, नेपाली कांग्रेस काठमाडौंका सभापति सबुज बानियाँ, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाली कांग्रेस क्षेत्र नम्वर ४ का क्षेत्रीय सभापति राजु श्रेष्ठ र नेपाल तरुण दल काठमाडौं क्षेत्र नम्वर ४ का अध्यक्ष अनुप प्रधानलगायतको उपस्थिति रहेको थियो ।