site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
हाम्रो पात्रोको नयाँ एप्लिकेसन \'Hamro Cards\' सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं  । लोकप्रिय एप्लिकेशन हाम्रो पात्रोले चाडवाडको यो विशेष क्षण पारेर पारीवारीक तथा मित्रवत् जमघटमा अत्यन्तै लोकप्रिय तासका दुर्इ खेलहरू कल ब्रेक (Call Break - Spades) तथा जुटपत्ति (Jutpatti) समेटिएको नयाँ एप्लिकेशन JutPatti & CallBreak - Hamro Cards प्ले स्टोरबाट सार्वजनिक गरेको छ । यो लिंक https://goo.gl/w1s2G2 मार्फत् तत्काल डाउनलोड गर्न सकिने हाम्रो पात्रोले जनाएको छ । 
\"\"

हरेक उमेर समुहका नेपालीका लागि कल ब्रेक तथा जुटपत्ति एउटा परिचित अनि रोमाञ्चक तासको खेल मानिन्छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसमा पनि कल ब्रेक खेल्न साथीलाई पर्खिरहुनपर्ने बाध्यता छैन, अनलाईन अथवा अफलार्इन जुनसुकै माध्यमबाट आफ्ना साथी या आफ्ना इष्टमित्रहरूसंग सङ्गै एउटै नेटवर्कमा (Multi Player - मल्टि प्लेयर) बसी असिमित यो खेलको मज्जा लिन सकिने हाम्रो पात्रोले जनाएको छ ।

अत्यन्त सरल खेल जुटपत्ति पनि उत्तिकै सरलताकासाथ एप्लिकेशनबाट खेल्न सकिने हाम्रो पात्रोका तर्फबाट सन्तोष कुमार देवकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
\"\"

Global Ime bank

विभिन्न आकर्षक डिजाइनका कार्ड तथा थिमहरू छनौट गर्ने सुविधा रहेको यस एप्लिकेशनमा एउटा बेग्लै फरकपना महशुस गर्न सकिने जारी विज्ञप्तिमा उल्लेख छ । तास खेल साथीभार्इ तथा आफन्त जमघटका बेला सदियौंदेखि खेलिंदै आइएको खेल हो र यो नितान्त मनोरञ्जनकालागि मात्र भएको पनि विज्ञप्तिमा उल्लेख छ । 

\"\"

\"\"
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४  ०८:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC