विदेश
काठमाडौं । भारतको पश्चिम बंगाल राज्यमा सेप्टेम्बर ३० पछि मुर्ती विसर्जनमा लगाइएको रोक कलकत्ता उच्च अदालतले खारेज गरिदिएको छ । अदालतले विजया दशमीपछि हरेक दिन भगवती दुर्गाको मुर्ती सिर्जन गर्न आदेश दिएको छ ।
यसअघि अक्टुबर १ बाट मुस्लिम समुदायको तिहार मुहर्रम पर्ने भन्दै पश्चिम बंगाल सरकारले सेप्टेम्बर ३० राति १० वजेपछि दुर्गाको मुर्ती विसर्जन गर्न नपाइने घोषणा गरेको थियो । अदालतले पश्चिम बंगाल प्रहरीलाई मुर्ती विर्सजन र मुहर्रमको जुलुस निकालिने सडक छुट्याउन भनेको छ ।
‘‘सरकारले कुनै ठोस कारण बिना कानुन–व्यवस्था बिग्रने आशंकामा नागरिकको धार्मिक अधिकार खोस्न सक्दैन ।’’ उच्च अदालतको फैसलामा उल्लेख गरिएको बिबिसीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४ ००:०४
प्रतिक्रिया दिनुहोस्