site stats
बाह्रखरी :: Baahrakhari
घटना क्रम
Nabil BankNabil Bank
पाकिस्तानलाई शक्तिशाली बनाउने यी ११ मिसाइल 
Sarbottam CementSarbottam Cement

काठमाडौं । पाकिस्तानमा मिसाइल कार्यक्रमको सुरुवात १९८० को दशकमा सुरु भएको थियो । भारतको मिसाइल कार्यक्रमको तुलनामा पाकिस्तानले कयौं मिसाइल बनाएको छ । दुई देशबीचको तिक्तता बढेसँगै पाकिस्तानले उत्तर कोरिया, ईरान र चीनको सहयोगमा कयौं मिसाइल परीक्षण गरेको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ । 

कस्ता छन् पाकिस्तानी मिसाइल
 

१ 
पाकिस्तानको पहिलो मिसाइल हो हत्फ १ । यो कम दूरीमा आक्रमण गर्न सक्ने ब्यालेष्टिक मिसाइल हो । ७० देखि एक सय किलोमिटर मार हान्न सक्ने क्षमता भएको यसले पाँच क्वीन्टलसम्म बिष्फोटक पदार्थ बोक्न सक्छ । सन् १९८९ मा हत्फ बनाउने घोषणा गरेको पाकिस्तानले सफल परीक्षणपछि सन् १९९२ मा यसलाई पाक सेनामा सामेल गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

 २ 
 

अब्दालीको नामले पनि चिनिने हत्फ २ अढाईदेखि साढे चार क्वीन्टल विष्फोटक पदार्थसहित एक सय ८० देखि दुई सय किलोमिटरसम्म आक्रमण गर्न सक्दछ । यसलाई सन् २००५ मा पाकिस्तानी सेनामा सामेल गराइएको थियो । साढे ६ मिटर लम्बाई भएको यो मिसाइललाई सन् २०१३ मा ओसारपसारमा सजिलो रहेको दावी गरिएको थियो । 

Global Ime bank


गजनवीका नामले चिनिने हत्फ ३ छोटो दूरीको ब्यालेस्टिक मिसाइल हो । २९० किलोमीटरसम्म आक्रमण गर्न सक्ने यो मिसाइलले ७०० किलोग्रामसम्म विस्फोटक पदार्थ लैजान सक्दछ । १९८७ मा निर्माण सुरु भएर परीक्षणपछि यसलाई २००४ मा सेनामा सामेल गरिएको थियो ।


७५० किलोमिटरसम्म निशाना बनाउन सक्ने यो ब्यालेस्टिक मिसाइल एक हजार किलोग्रामसम्म विस्फोटक आफुसँग लैजान सक्षम छ । यसको निर्माण १९९३ मा सुरु भएर १९९७ मा परीक्षण गरिएको थियो । त्यसपछि यसको सार्वजनिक प्रदर्शन १९९९ मा गरिएको थियो । २००३. मा सेनाको हिस्सा भएको यो मिसाइल १२ मिटर लामो र एक मिटर गोलो छ । 


 

मध्यम दूरीको गौरी नामले चिनिने ब्यालेष्टिक मिसाइल हत्फ ५ को मार हान्न सक्ने क्षमता १२५० देखि १५०० किलोमिटर रहेको छ । यसले आफुसँग ७०० किलोग्रामसम्म विस्फोटक लैजान सक्दछ  । यसलाई पाकिस्तान, उत्तर कोरिया र ईरान मिलेर १९८० मा बनाउन सुरु गरेका हुन् । १९९८ मा यसको सफल परीक्षण् पछि २००३ मा पाकिस्तानी सेनाको जिम्मा लगाइएको थियो ।  


 

मध्यम दूरीको ब्यालेस्टिक मिसाइल हत्फ ६ को मार हान्न सक्ने क्षमता १५०० देखि २००० किलोमिटर रहेको छ । ७०० किलो विस्फोटक पदार्थ बोक्न सक्ने भनिएको यो मिसाइलको क्षमता बृद्धि गरेर १२३० किलोसम्म विकसित गरिसकिएको दावी गरिन्छ । यसको लम्बार्ई १७.२ मिटर र गोलाई १.४ मिटर छ । यसको पहिलो प्रदर्शन मार्च २००० मा गरिएको थियो । पाकिस्तानले यसको निशाना शतप्रतिशत निर्धारित स्थानमा लाग्ने दावी गरेको छ । 


 

बाबर क्रुज मिसाइल भनिने हत्फ ७ लाई पारम्परिक तथा परमाणु हथियार लैजानमा सक्षम मानिएको छ । यसले ३५० देखि ७०० किलोमिटरसम्म मार हान्न सक्दछ । भारतको क्रुज मिसाइल कार्यक्रमको जवाफ दिन १९९० मा यसको निर्माण सुरु गरिएको थियो । ४५० किलोसम्म विस्फोटक लैजानसक्ने यस मिसाइललाई २०१० मा सेनाको हिस्सा बनाइएको थियो । 
 


 

३५० किलोमिटरभन्दा बढीसम्म मार हान्न सक्ने यो मिसाइल लड़ाकू क्षमताको छ । यसले कम उचाईमापनि कुशलतापूर्वक आक्रमण गर्न सक्ने बताइएको छ । योपनि पारम्परिक र परमाणु हथियार आफुसँग लैजान सक्दछ । 


 

जमिनबाट जमिनमा मार हान्न सक्षम यो मिसाइल परमाणु हथियारलाई पनि सँगै लैजान सक्दछ । ६० किलोमिटरको दूरीसम्म आक्रमण गर्न सक्ने यसको सफल परीक्षण पहिलो पटक अप्रिल २०११ मा गरिएको थियो । यो एन्टी मिसाइल डिफेन्स सिस्टमलाईपनि  मात दिन सक्षम रहेको बताईन्छ । 

शाहिन ३
यो मध्यम दूरीसम्म मार हान्न ब्यालेस्टिक मिसाइल हो । यसको मारक क्षमता २७५० किलोमिटर छ । यसले परमाणु र पारम्परिक हतियार आफुसँग लैजान सक्छ । यसलाई पहिलो पटक २०१६ मा सेनाको परेडमा प्रदर्शन गरिएको थियो । २०१५ मा यसको सफल परीक्षण गरिएको थियो । 
 

अबाबिल
यो जमिनबाट जमिनमा २२०० किलोमिटरसम्म मार हान्न सक्षम छ । जनवरी २०१७ मा यसको पहिलो सफल परीक्षण भएको थियो । पाकिस्तानी सेनाले यो परमाणु हतियार लैजान सक्षम रहेको र एक साथ धेरै पटक आक्रमण गर्न सक्ने दावी गरेको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ६, २०७४  १३:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC