देश
काठमाडौँ । राष्ट्रिय बीमा संस्थानले ‘जीवन बन्धु दोहोरो लाभ जीवन बीमा’ नामक नयाँ योजना ल्याएको छ । कम्पनीले ‘जीवन रहँदा पनि जीवन नरहँदा पनि’ सन्देशसहित उक्त बहुप्रतिक्षित योजना बुधबार राजधानीमा एक समारोहकाबीच सार्वजनिक गरिएको हो ।
कम्पनीका अनुसार विहीबारदेखि उक्त योजना कार्यान्वयनमा ल्याइएको छ । योजना अनुसार बीमितले दुई पटकसम्म बीमा दाबी गर्न पाउनेछन् ।
अवधि पुरा भएपछि एक पटक दाबी गर्न सकिनेछ भने, त्यसपछि मृत्यु भएपछि नीजको परिवारले फेरी अर्काे एक पटक बीमा दाबी गर्न सक्ने जनाइएको छ ।
उक्त बीमा योजना ११ बर्ष देखि ६५ बर्ष उमेरसम्मलाई लागु हुने संस्थानका निमित्त प्रशासक सुरेन्द्र थापाले बताए
।
प्रकाशित मिति: बिहीबार, असोज ५, २०७४ २०:१६
प्रतिक्रिया दिनुहोस्