site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
विदेशी लगानीकर्ता र सरकारको पुल बन्न तयार छौं
Ghorahi CementGhorahi Cement

भवन भट्ट गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान उपाध्यक्ष हुन् । जापानमा रहेर व्यवसाय थालेका भट्ट नेपालमा लगानी ल्याउने एनआरएनएका थोरै व्यक्तिमध्ये पर्छन् ।
जापानमा होटल व्यवसायबाट चम्किएका भट्टले नेपालमा पनि धेरै क्षेत्रमा लगानी गरिरहेका छन् ।
नेपालमा गरेको लगानी सफल हुन नसके पनि यो निरन्तरता भएको अहिले नै असफल भन्न नमिल्ने भट्टको तर्क छ । उनै भट्टले आगामी साता काठमाडौंमा हुन लागेको एनआरएनएको अन्तर्राष्ट्रिय सम्मेलनमा उनले अध्यक्ष पदमा उमेदवारी घोषणा गर्दै तयारी पनि तीव्र पारेका छन् ।
उनै भट्टसँग एनआरएनएको चुनावी तयारी, नेपालमा लगानी, सरकारको भूमिका लगायतका विषयमा बाह्रखरीका लागि  बलराम पाण्डेले गरेको कुराकानी : 

 

गैर आवासीय नेपाली संघको अध्यक्षमा उमेदवारी घोषणा गरेर तीव्र प्रचार प्रचारमा हुनुहुन्छ । थप तयारी कसरी गर्दै हुनुहुन्छ ?

Agni Group

स्वभाविक रुपमा नै भन्नुपर्छ । म लामो समयदेखि यो अभियानमा छु । धेरै साथीहरुको मप्रति सद्भाव र सहानुभुति रहेको पाएको छु । मप्रति सकारात्मक दृष्टिकोण पाएको छु, उत्साहित छु । अहिले पनि तयारीको काम जारी छ । 

‘सबै हात एक साथ’को नाराका साथ प्रचार प्रसार तीव्र पार्नुभएको छ । संघको अध्यक्ष बन्नुभयो भने यो संस्थालाई कस्तो बनाउँछु भन्ने सपना बुन्नुभएको छ ?

Global Ime bank

हामी सामुहीक रुपमा अघि बढ्नैपर्छ । सबैको एनआरएनए बनाउनुपर्छ । विगतमा कस्तो भयो भने चुनावपछि अर्को पक्ष भन्ने अनि त्यसलाई पूर्णतः बेवास्ता गर्ने । अब त्यसो गर्नुहुँदैन । सबैलाई मिलाएर अघि बढ्नुपर्छ । कतिसम्म भने चुनावमा प्रतिष्पर्धा गरेको अर्को पक्षलाई सहयोग पनि नहुने काम भए । अब देशको ठूलो अर्गनाइजेसनको रुपमा अघि बढाउनुपर्ने दायित्व छ । यसमा नै मेरो जोड हुन्छ । प्रमुख एजेण्डाको रुपमा यसलाई ‘भर्सन टु’ भनेको छु । सदस्यता वितरण, युवाको सहभागीतालाई अघि बढाउने सोच बनाएको छु । योजना पनि छ । 

स्मार्ट एनआरएनए । संसार स्मार्ट योजनामा अघि बढिरहेको छ । अघि बढाएका काम पूरा होस् भन्नका लागि यो योजना अघि सारेका हौं । 
दोहोरो कर प्रणालीको विषय उठाएका छौं । यसमा कसले पहल गर्ने ? यो सबैको चाहना पनि हो । यसलाई सामूहीक रुपमा अघि बढाउनुपर्छ भन्ने योजना बनाएको छु । 
लगानीको कुरा हामीले धेरै गर्यौं । लगानी गर्न चाहनेको संख्या पनि धेरै छ । नेपालमा लगानी गर्न त चाहने तर कुन मेकानिजमबाट गर्ने भन्ने अन्योल धेरैमा छ । यसलाई सामूहीक लगानी गर्न सक्ने मेकानिजम अब हामी बनाउँछौं । एउटा कोष बनाएर यसमा हजार रुपैयाँदेखि लाखौं रुपैयाँसम्म लगानी गर्न सकिनेछ । यसलाई परिचालनका लागि नेपालमा व्यवस्थित संस्था बनाउँछौं ।

अर्को ‘ब्रेन ड्रेन’ भनिएको छ । ती सबै एनआरएनएको सेरोफेरोमै छन् । उनीहरुलाई पनि मुलुकको विकासमा कसरी लगाउन सकिन्छ भन्ने योजना बनाइरहेको छु ।

\"\"

तपाइँले सबैको एनआरएनको कुरा गर्नुभयो । तर अहिले नै पूर्वअध्यक्ष र वर्तमान अध्यक्षबीच नै तालमेल छैन भन्छन् । सबैलाई कसरी मिलाउन सक्नुहुन्छ ? के छन् तपाईँका त्यस्ता योजना ?

सबैको सहभागीता नै ठूलो कुरा हो । कसैलाई पनि हामीले छुट्टयाउन हुँदैन । त्यसैले पनि हामीले एउटै कम्पनी बनाउने सोच बनाएका हौं । 

युवाहरुलाई कुन क्षेत्रमा परिचालन गर्ने भन्ने पनि योजना बनाइएको छ । मध्यपूर्वमा देखिने समस्या समाधानका लागि पनि हामीले योजना बनाएर काम गरेका छौं । 
व्यक्तिगत रुपमा प्रयास गर्दा सकिँदैन पनि होला तर सामूहीक रुपमा गर्दा त एनआरएनएले गर्छ । हामीलाई आपत पर्दा संस्था छ भन्ने सबैलाई होस् । हामीले

संस्थाप्रतिको आस्था कसरी बढाउन सकिन्छ । त्यसैगरी काम गर्नेछौं । यो संस्थालाई सबैले मेरो होस् भन्ने भावना जागृत गराउन चाहन्छौं ।  सामूहीक सहभागीताबाटै यो काम सम्भव छ ।

मध्यपूर्व, मलेसिया लगायतका देशलाई एनआरएनएले चुनावका बेला मात्रै सम्झिन्छ । अरु बेला दुःख पर्दा वास्तै गर्दैन भन्छन्, हो ?

हामीले त्यही भएर इन्स्योरेन्सको व्यवस्था भनेका हौं । अघि लगानीको कुरा पनि एकहजारदेखि लाख रुपैयाँ भनेको पनि त्यही हेरेर हो । मध्यपूर्वमा बस्ने र अमेरिकामा बस्ने सबै नेपालीलाई एउटै ठाउँमा समावेश गर्न सकियोस् भन्ने हो । चुनावका बेला मात्रै सम्झिने भन्ने होइन । ३६५ दिन नै त्यो देशमा रहेका कार्यसमिति सक्रिय हुन्छन् ।

त्यहाँ रहेका नेपालीलाई नै सहयोग पुगोस् भनेर गरिएका कार्यक्रम हुन् ।

हुन सक्छ अमेरिकाको इस्यु र मध्यपूर्वको फरक हुन सक्छ । तर ती देशमा रहेका कार्यसमिति सक्रिय रुपमा लागेकै हुन्छन् । समस्या समाधानका लागि लाग्दै लागेनन् भन्ने मिल्दैन ।

एनआरएनएको स्थापनाकालमा नेपालमा धेरै उत्साह थियो । अब नेपालमा लगानी भित्रिन्छ । नेपालको विकास तीव्र गतिमा हुने भयो भन्ने थियो तर एनआरएनएले आशा गरिएअनुरुप लगानी भित्र्याउन त सकेन नि, किन ?

यसमा कसैको कमजोरी होइन । आशा गरेअनुसार नआएको होला तर एनआरएनएलाई मात्रै केही गरेनौं भन्न पनि मिल्दैन । यो मेकानिजमको पनि समस्या हो ।

हामीले अब मेकानिजम बनाउने हो । यहाँ लगानीकर्ता आउँदा सुरक्षित महसुस गरोस् । ‘सेफ टुरिजम’ नेपालमा छ भन्ने बनाउनुपर्यो । लगानीमा पनि त्यही हो ।

भारतको चार पुस्तातलसम्म विदेश पुगिसकेका छन् । त्यसको दाजोमा नेपालको बल्ल ३० वर्षको अनुभव हो । म विदेश गएको २१ वर्ष मात्रै भयो । २१ वर्षमा एउटा व्यक्तिले विदेश गएर मुलुकका लागि कति नै गर्न सक्छ र ? ३, ४ वर्ष मेहनत नै गर्नुपर्छ । त्यहाँ गएकामध्ये कतिले विजनेस गर्छन् अनि कति सफल हुन्छन् ? ती सफलमध्ये कति नै नेपाल ल्याउन सक्छन् र ?

हामीसँग पचासौं जना उपेन्द्र महतो भए पनि हुँदैन । पहिले मेकानिजम बनाउनुपर्छ । जीपीआईएफ विश्वको ठूलो फण्ड हो । त्यसलाई नेपालमा कसरी ल्याउने, नेपालमा लगानी गर्ने वातावरण तयार कसरी पारिदिने भन्ने हामीले सोच्नुपर्छ । हजारजना भवन भट्ट भन्दा त्यस्ता एउटै संस्थाले धेरै गरिदिन सक्छन् । त्यसमा हामीले सहयोग गर्नुपर्छ । त्यसका लागि म लागिपरेको छु । 

मैले लगानी भन्दा पनि ममार्फत लगानी भन्ने योजना बनाउनुपर्छ । हामी त्यसमा पुल बन्न सक्छौं  । यहाँबाट विदेश जाने मन्त्रीले के माग्ने भन्ने नै थाहा हुँदैन । त्यहाँ हामी पुल बनेर सहयोग गर्न सक्छौं । 

\"\"

भनेपछि जति राज्यले गर्नुपर्ने हो गरेन भन्न खोज्नुभएको हो ?

राज्यसँग पनि धेरै आइडिया पनि छैन । विदेशबाट आउनेलाई लगानी गर्नुस्, आउनुस् भनेर मात्रै हुँदैन । 

मेरो नजिकको साथी सुनिलले मसँग भनेको एउटा कुरा जहिले पनि सम्झन्छु – हेर भवन म घरबाट बाहिर निस्कदा घर नजिकैको काकीले दुईतला माथिबाट ए सुनिल आउ एकछिन बसेर चिया खाएर जाउ भन्नुहुन्थ्यो । किन र काकी मलाई अलि हतार छ भन्यो भने आउ न आउ चिया खाएर जाउ भन्नुहुन्थ्यो । अनि यसो अघि बढ्यो घरमा तलैबाट ढोका लगाएको छ । काकीलाई ढोका खोलिदिन आउनुसन भन्न पनि अप्ठेरो । नजान पनि अप्ठेरो अवस्था हुन्थ्यो ।’

त्यस्तै लगानीकर्तालाई आउ पनि भन्ने बाटो पनि बन्द गरिदिएर भएन । आज हामीसँग जे छ आतिथ्यका रुपमा स्वागत सत्कार गर्न सकिन्छ । जे छ त्यही दिने हो ।

हामीसँग केही छैन भनेर हुँदैन ।  

बन्द रहेको ढोला खोल्नका लागि हामी तयार छौं । लगानी पनि ल्याउँदै गर्ने, बनाउँदै पनि जानुपर्छ । विदेशमा रहेका मात्रै होइन नेपालमा रहेका सबै मिलेर गर्नुपर्छ ।


राज्यसँग दोहोरो नागरिकताको कुरा उठाउनुभयो पूरा गरिदियो, संस्था दर्ताको कुरा थियो त्यो पनि पूरा भयो । तपाईँहरुले भनेको कुरा पुरा गर्न राज्य उदासिन बनेको छ र ?

यो गरिदियौं त्यो गरिदियौं भनेर हुँदैन । त्यो त आधारभूत कुरा हो । त्यो बाहेक के गरिदियो त ? आजैको दिनमा मैले सुरुङ मार्गमा ५५ अर्ब ल्याउन तयार छु । सरकारले एउटा मात्रै ग्यारेन्टी गरिदेओस् । त्यो भनेको सरकारले ५ हजार गाडीको ग्यारेन्टी गरिदेओस् । मैले ५५ अर्ब ल्याइदिन्छु । ५ हजार गाडी नपुगे के गर्ने ? भन्ने केही त सरकारले पनि योजना दिनुपर्यो नि । लगानी गर भनेर मात्रै जति पैसा हुनेले पनि गर्दैनन् । 

लगानीको कुरा गर्दा एनआरएनएका केही सीमित व्यक्तिले मात्रै नेपालमा लगानी गरेको पाइएको छ । त्यसमा तपाइँ पनि एक हुनुहुन्छ  तर नेपालमा गरेको लगानी व्यवस्थित गर्न सक्नुभएन भन्ने आरोप पनि छ नि तपाईँमाथि !

म जापानमा पनि दश वर्षपछि मात्रै देखिएको हुँ । अर्को कुरा नेपालमा सबै लगानी गर्न आउँछन्, यहाँको भाषा बुझिन्छ सहज हुन्छ भनेर नै हो । तर यहाँ अनेकौं समस्या पनि देखिए ।
यसलाई नकारात्मक तरिकाले मात्रै हेर्न हुँदैन । यसलाई क्षणिक रुपमा हेर्दा असफल देखिएको होला तर यो लामो प्रक्रिया हो । सुरुङमार्गमा मैले सहयोग गर्न प्रवेश गरेको हुँ । यो बन्यो भने नेपालले खर्बौं रुपैयाँ आर्जन गर्न सक्छ ।

यही विल्डिङको कुरा गर्नुहुन्छ भने मैले एअरवेजको बोर्ड टाँगिरहेको छु । केही काम त भैरहेको होला नि ! खुला हृदयले गरेका कामको विरोध मात्रै गर्नु भनेको राष्ट्रद्रोह जत्तिकै हो । यसलाई कसैले नकारात्मक रुपमा हेर्न मिल्दैन । त्यो बाहेकका लगानी पनि उत्तिकै छन् । यी प्रोजेक्टलाई पनि मैले छिटै गति दिँदैछु । 

\"\"

एनआरएनएको नेतृत्वमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सरसफाई भयो । अब यो अभियान देश सफा गर्नेतिर लाग्छ कि सकियो ?

हामीेले त्यो एक महिनाका लागि लिएका हौं । हामीले सरसफाई गरेर देखायौं । अन्तर्राष्ट्रिय स्तरमा देखेका हामीले मुलुकका लागि केही गरौं भनेर गरेका हौं । गरेर पनि देखायौं । यसलाई सरकारले अब अघि बढाउने कि नबढाउने भन्ने सरकारकै हातमा छ ।

अब तपाईँ अध्यक्ष भैसकेपछि अहिलेसम्म देखिएका समस्याको समाधान गर्न सक्नुहोला त ?

अवश्य, गर्नैपर्छ । मुलुकको समृद्धि चाहने हो भने गर्नैपर्छ । 

अहिलेसम्म उमेदवारीमा तपाइँको मात्रै चर्चा छ । सर्वसम्मतको प्रयास हो कि प्रतिष्पर्धा पनि गर्न तयार हुनुहुन्छ ?

सर्वसम्मत गर्ने विषयमा पनि प्रयासहरु भैरहेका छन् । यदि कोही प्रतिष्पर्धा गर्ने भन्नुभयो भने प्रजातान्त्रिक प्रकृयाअनुसार अघि जानुको विकल्प छैन ।


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २२, २०७४  १४:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC