site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मलेसियाका नेपालीहरु ‘वर्षभरिकै एउटै चाड’को तयारीमा, भन्छन्– दिपावलीले सारा पीडा बिर्साइदिन्छ 
Ghorahi CementGhorahi Cement

काठमाडौं । मलेसिया जोहोरबारु राज्यस्थित गेलेङपत्तामा रहेका नेपालीहरुले आउँदो दिपावली भव्यताका साथ मनाउने तयारी गरेका छन् ।  नेपाली समाज पिटिपीको आयोजना र सक्रियतामा उक्त स्थानका नेपालीले अक्टोबर १८ अर्थात कात्तिक १ गते दिपावली मनाउने भएका हुन् । 

“यहाँ दिपावलीका साथै सांस्कृतिक र साहित्यिक कार्यक्रमसमेत सम्पन्न गर्दै आएका छौं,” त्यहाँस्थित फ्ल्याक्सट्रोनिक्स एचडिएन बिएचडीमा लामो समयदेखि कार्यरत मोरङका शिव पराजुलीले भने, “यस पटकको दिपावलीको सम्पूर्ण तयारी पुरा भइसकेको छ, करिब १५ सय नेपाली यस कार्यक्रममा सहभागी हुने हाम्रो अनुमान छ ।” 

हाजिरीजवाफ, घैटोफोर, म्यूजिकल चेयर साथै अन्य मनोरञ्जनात्मक सांस्कृतिक धमाकासमेत कार्यक्रममा समेटिने नेपाली समाज पिटिपीमा समेत आवद्ध रहेका पिटिपि डान्स ग्रुपका प्रमुख दिप थापा मगरले जानकारी दिए । 

Agni Group

“वर्षमा एकदिन मनाइने यस कार्यक्रमले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका नेपालीहरुलाई जोड्ने छ,” पिटिपी होस्टेलका वार्डेन विजय शर्माले भने, “नेपालभन्दा ज्यादा रौनकता साथ आयोजना गरिएका कार्यक्रमहरु नेपाली कला र सांस्कृतिक क्षेत्रमा ज्यादै महत्वका छन् ।” 

वर्षभरिमा एउटै चाड

Global Ime bank

पिटिपीमा मात्रै होइन मलेसियाका सेन्नाई, सेलेङ्गार, कोतराय, बातुपहात, स्कुडाई, पेनाङ, केलाङ आदि स्थानमा पनि दिपावलीमा विभिन्न कार्यक्रमको आयोजना गरिन्छ । 
यसरी आयोजित दिपावली त्यहाँ रहेका तामिल समुदायबाट प्रेरित चाड हो । दोस्रो विश्वयुद्धमा भारतको चेन्नाइ र तामिलनाडुबाट त्यहाँ पुगेको उक्त समुदायसमेतले दिपावली मनाउने गरेको छ । 

धार्मिक रुपमा करिव समान तामिल र नेपाली समुदायको अग्रसरतामा आयोजना गरिने यो पर्व रोजगारीको खोजीमा नेपालबाट मलेसिया पुगेका नेपालीहरुले वर्षमा एकैदिन मनाउने उत्साहप्रद चाड हो । 

“नेपालजस्तो पिङ खेल्न, देउसी खेल्न त पाइँदैन,” जोहोरबारु राज्यस्थित सेन्नाइमा रहेको फ्ल्याक्सट्रोनिक्स कम्पनीमा कार्यरत झापा खुदुनाबारीका अर्जुन पौडेलले भने, “मलेसियामा तिहारको रौनक ज्यादै रमाइलो हुन्छ, यस चाडले वर्षभरिका हाम्रा पीडाहरु बिर्साइदिन्छ  ।” 

मदिरारहित दिपावलीमा जोड
 

मलेसिया सरकारको पछिल्लो तथ्याङ्कअनुसार मलेसियाका विभिन्न कम्पनीहरुका कार्यरत नेपालीको संख्या ४ लाख ५ हजार ८ सय ९८ रहेको छ । 
कम्पनीको आन्तरिक नियमका कारण यत्तिका सबै संख्याका नेपालीले एकैसाथ दिपावली मनाउन नपाए पनि करिव आधाको संख्याले दिपावली मनाउने अनुमान गरिएको छ । यत्तिका संख्याका नेपालीले मनाउने दिपावली मदिरारहित बनोस् भन्नेमा मलेसियाका स्थानीय सुरक्षा निकायहरु सचेत र सक्रिय रहेका हुन्छन् ।  

दिपावलीकै बेला नेपालीहरु आपसमा झगडागरी मृत्युको मुखमा पुगेका समाचारहरुको एउटा प्रमुख कारण पनि दिपावलीमा प्रयोग गरिने मादक पदार्थ बन्ने गरेको छ ।  

“अन्य सालजस्तै यसपटक पनि दिपावली शान्तपूर्ण रुपमा सम्पन्न हुनेमा हामी विश्वस्त छौं,” नृत्य कोरियाग्राफी र मोडलिङसमेत गर्दै आएका दिप थापा मगरले भने, “यसका लागि तपाईं, हामी सम्पूर्णले आ–आफ्नो ठाउँबाट सक्दो सहयोग गर्नु÷गराउनुहुनेछ भन्ने विश्वास लिएका छौं ।” 

दर्शक, अतिथी साथै शुभचिन्तकलगायत मलेसियामा रहनु हुने सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको दीर्घायु, सुस्वास्थ र सफल कार्यकालको कामना गर्दै हर्षोल्लासका साथ लक्ष्मी पूजा भव्य रुपमा सम्पन्न गरिने पनि नेपाली समाज पिटिपीले बताएको छ ।
    
दिपावलीका अवसरमा राष्ट्रिय झण्डासँग तस्बिर खिचाउँदै मलेसियास्थित नेपालीहरु । 

तस्बिरः दिप थापा मगरको फेसबुकबाट
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज २३, २०७४  ०९:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC