site stats
बाह्रखरी :: Baahrakhari
अन्तर्वार्ता
Nabil BankNabil Bank
हामी देश भत्काउने पार्टी बनाउँदैनौं 
Sarbottam CementSarbottam Cement

नेपाली राजनीतिमा वैकल्पिक शक्तिका रुपमा नयाँ शक्ति र विवेकशील साझा पार्टी उदाउने घोषणा गरेको भए पनि स्थानीय तहको निर्वाचनमा भने त्यो अवस्था देखिएन  । गत १७ गते डा. बाबुराम भट्टराई संयोजक रहेको नयाँ शक्ति पार्टी वाम खेमाका एमाले र माओवादीसँगै गठबन्धनमा जोडिएपछि विवेकशील साझा पार्टी एक्लो 'वैकल्पिक शक्ति'का रुपमा  रहेको दाबी गरेको छ ।
पुराना पार्टीहरुलाई भोट हाल्दै आएका नेपाली जनताले यस पार्टीको दाबीलाई भित्रैबाट विश्वास गरेका छन् त ? यी लगायत आसन्न प्रदेश र प्रतिनिधिसभाको चुनावी मैदानमा ठूला पार्टीहरुसँगको भिडन्त, चुनावका लागि रणनीतिक तयारी र संगठन विस्तार साथै यस पार्टीको आगामी भविष्यबारे विवेकशील साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यसँग बाह्रखरीका लागि शिवनारायण गिरीले गरेको कुराकानी :

विवेकशील साझा पार्टी अहिले के गर्दैछ ?

विवेकशील दल र साझा पार्टीको एकिकरण भएलगत्तै निर्वाचन आयोगमा प्राविधिक कुराहरु मिलाउने, दुवै पार्टीको फरक-फरक ठाउँका अफिसलाई एकीकृत गर्नमा बित्यो । त्यसपछि हामीले सुदुरपश्चिमको क्षेत्र नम्बर ६ र ७ मा प्रादेशीक नेतृत्व चयन गर्‍यौं । ६ मा गेहेन्द्रप्रसाद दाहाल हुनुहुन्छ भने ७ मा गोपाल हमाल हुनुहुन्छ । बिस्तारै त्यहाँ संगठनहरु पनि बन्दैछन् । र आगामी मंसिर २१ गते हुने संसद्को निर्वाचनको लागि काठमाडौं क्षेत्र नम्बर १ र ५ बाट पार्टीका सह-संयोजकद्वय रवीन्द्र मिश्र र उज्ज्वल थापालाई उमेदवार बनाएको छ भने ४, ८ र ९ बाट क्रमश: सुबुना बस्नेत, पुकार बम र मिलनलाई उमेदवार उठाएको छ । त्यस्तैगरी क्षेत्र नम्बर ७ अनुपा श्रेष्ठलाई अघि सारेको  छ ।

Prabhu Bank
Agni Group
NIC Asia

संगठन विस्तारमा कत्तिको चुनौती छ ?

सामान्यतय: नेपालका पार्टीहरु भने नेपाली कांग्रेस र कम्युनिष्ट पार्टीहरु भूमिगत लामो संघर्षबाट स्थापित भए भने मधेस आन्दोलनबाट मधेस केन्द्रित दलहरु स्थापित भए । त्यसकारण उनीहरुको आन्दोलनसँगसँगै संगठन पनि बन्दै गयो, प्रजातन्त्र आउनेबित्तिकै ती बनिबनाउ पार्टी भए । लोकतान्त्रिक व्यवस्थाभित्र नै भएका दलहरुको विसंगतिविरुद्ध लड्ने हो । हाम्रो पनि एक किसिमको आन्दोलन नै हो, तर हाम्रोचाहीँ प्रवृत्तिविरुद्ध हो, हामीले पनि पार्टी बनाउनुभन्दा पहिले केही समाजिक आन्दोलन गरेको भए संगठन बनाउन अलि सजिलो हुन्थ्यो त्यसरी बनेको पार्टी आफ्नै समस्या हुन्छ ।

Global Ime bank

त्यसैले नितान्त फरक किसिमले हामीले संगठन बनाउँदै छौं, जिल्ला-जिल्लाहरुमा पनि १००/२०० मानिसहरु हामीसँग जोडिन आउनुभएको छ । उहाँहरुलाई हामीले जिल्ला नेतृत्व दिनलाई कुनै केही आधार त चाहियो नि, त्यसैले विस्तारै सक्षम मानिसहरुको साथमा संगठन बिस्तार गर्दै छौं ।


हालसम्म कति जिल्लामा संगठन विस्तार गरिसक्नु भयो ?

अहिले हामीले संगठन बिस्तार दुई दिशाबाट गरेका छौं । एउटा तल्लो लेभलमा हामीले बुथ र निर्वाचन क्षेत्र केन्द्रीत रहेर यूनिटहरु बनाएका छौं । काठमाडौं उपत्यका त भइहाल्यो, त्यसपछि सहरी क्षेत्र र तराईका जिल्ला, पहाडी जिल्लाहरुमा निर्वाचन क्षेत्र लेभलको बनाइसकेका छौं । हाम्रो एप्रोज के छ भने तल बुथ लेभल अनि माथिचाहीँ क्षेत्रीय प्रादेशीक इन्चार्ज केन्द्रबाट नै छान्छौं । 

हामीले धेरैजस्तो सेन्टर कमिटीको अथवा हाम्रो समन्वय समितिको निर्माण हुन बाँकी छ, स्थानीय क्षेत्रका प्रमुखलाई नै लगभग सवायत्तता दिइनेछ । अरु क्षेत्रको लागि पनि क्षेत्र इन्चार्जसम्म हामीले आइडेन्टीफाइ गरिसकेका छौं । प्रदेश नम्बर ६ र ७ का इन्चार्जहरुले भने जिल्ला-जिल्लामा पनि बनाइरहनु भएको छ । 

देशैभरि तपाईंहरु कस्तो खालको संगठन निर्माण गर्दै हुनुहुन्छ ? 

२०/३० वर्षमा जसरी दलीय राजनीति चल्यो र यस्तो किसिमको संगठनको अर्थ नै विकृत रुपमा बुझाइएको छ । अहिले जिल्लामा तपाईंहरु जानु भयो हामी बाहेकका पार्टीहरुको संगठन दह्रो छ भनेर गर्वका साथ भन्नुहुन्छ । वास्तवमा त्यो ती पार्टीहरुको पुँजी हो की घाँडो हो ? खुट्याउन गाह्रो छ । कसरी भने उनीहरुले सत्तामा पठाउनकै लागि असक्षम र बेरोजगार युवाहरुलाई नै राजनीतिको जागिर खुवाइरहेका छन् । यस्ता किसिमका संगठनले लोकतन्त्रलाई संस्थागत गर्न सक्दैनन् । हामी यस्तो किसिमको देश भत्काउने संगठन र पार्टी बनाउदैनौं ।

त्यो सिण्डिकेटलाई साझा विवेकशील पार्टीले कहिले भत्काउँछ त ?

पुराना दलहरुले गाउँ स्तरमा जनतालाई आफ्नो राजनीतिक भोट बैंक मौजा बनाउने जुन चलन छ त्यसलाई हामी पनि तोड्ने प्रयासमा छौं । विवेकशील साझा पार्टीलाई परम्परागत अर्थको राज्य दोहन गर्ने पोलिटिकल पार्टी बनाउन खोजेको होइन, त्यसैले सामान्य अर्थको पोलिटिकल पार्टी मात्र नभएर यो सामाजिक अभियान पनि हो ।

सामाजिक अभियानका विभिन्न आधारभूत मुल्यमान्यता जोडिएका छन् जस्तो भ्रष्टाचार । दुई तीन महिना म नागरिक भएर सोचेँ भने यस्ता-यस्ता डर लाग्दा भ्रष्टाचार भएका छन् । यो भ्रष्टाचार र लुटतन्त्रको कुरा छ, यसलाई हामी चेक गर्न सकेनौं भने त्यसले नै राष्ट्र भत्किन्छ । यो राष्ट्रलाई कुनै विदेशी शक्तिले कब्जा गरेर आक्रमण गर्न पर्दैन, हामी त्यसै थला पर्छौं । त्यसो हुँदाहुँदै पनि जबरजस्त प्रतिपक्षी दलले पनि यसको विरोध गर्दैन । त्यसैले यो सिण्डिकेटलाई भत्काउने हाम्रो मात्र काम होइन, पुराना दलहरुले समाजलाई राजनीतिक दलको मौजा बनाएर नागरिकलाई निरीह प्राणी बनाएका छन् ।

म अहिले पनि सम्झन्छु, २०३६ सालमा पञ्चायत फाल्ने आन्दोलनमा म पनि लागेँ, त्यतिखेर यस्तो देशको कल्पना गरेर पञ्चायत फालेको हो र ? त्यतिखेर पनि मण्डले थिए तिनको ज्यादती त्यती थिएन, जति अहिलेका दलीय कार्यकर्ताहरुले गाउँमा बसेर भोट बैंक कब्जा गरेका छन् । यसले गर्दा राज्य कमजोर हुन्छ र जनतामा राज्यप्रति विश्वास हुँदैन । त्यसलाई तोड्ने हाम्रो मात्रै चुनौति होइन, यो समाजलाई सभ्य, सुसंस्कृत, लोकतान्त्रिक समृद्धशाली बनाउने सबै नागरिकको जिम्मा हो ।  विनम्रताका साथ ठूला दलहरुलाई म के भन्न चाहन्छु भने- यस्तै भ्रष्टाचार र विकृत नेपाल तपाईंहरुले आफ्नो छोरा-नातीलाई सुम्पिन खोज्नु भएको हो ? 


कुन-कुन क्षेत्रमा संगठन विस्तार गर्दै हुनुहुन्छ ?

६ र ७ नम्बर क्षेत्रमा त भइसक्यो १, ३ र ४ मा पनि हाम्रो एकदमै तयारी भइरहेको छ ।


विवेकशील साझा पार्टीलाई सहरमा जन्मेको पार्टी भनिन्छ, त्यसैले गाउँ-गाउँमा संगठन विस्तार गर्न गाह्रो भएको हो ?

सहरमा जन्मेकोले होइन, पछि जन्मेकोले हो, साच्चै भन्नुहुन्छ भने काठमाडौंकै ठूलो जनसङ्ख्या सहरीया छैन ।  म आफूलाई सहरीया सझ्झिन्न । म एसएलसीसम्म चितवनमा पढेँ, मेरो सोच, शैलीलाई हेर्दा म आफूलाई सहरीया ठान्दिनँ । काठमाडौंमा पार्टी जन्मे पनि यहाँ राजनीति गर्न जति सहज छ त्यती भ्यालि बाहिर पनि छ ।

ग्रामीण परिस्थितीका मुद्दाहरु, त्यहाँका जनताका मुद्दाहरुमा हामी जानकार छौं र हाम्रा राजनीतिक दस्तावेज कार्यक्रमहरु चुनावी घोषणा पत्रहरुमा पनि गाउँ प्रतिबिम्वित हुन्छ ।

 

तपाईंहरुले आगामी चुनावमा उमेदवारीका लागि सामाजिक सञ्जालमा आवेदन माग गर्नु भएको छ, यसरी आउने उमेदवारको सक्षमताको के ग्यारेण्टी छ ?

हामीले सामाजिक सञ्जालमा उमेदवारको सुचना सार्वजनिक गर्नुको कारण केहो भने त्यहाँबाट हामीले लिष्ट लिने हो ।  टिकट दिइहाल्ने होइन, तर त्यस्तो नागरिकलाई हामी सम्मान गर्छौं, कोही पनि एउटा पार्टीको सदस्य छैन भने यो राज्य संचालनमा, यो पोलिटिकलसंगठनमा, खोइ पार्टीको सदस्यता लिएन, लियो भने पनि राजनीति के हो के हो भनेर नपरोस् भनेर हामीले नयाँ किसिमको एउटा पद्धति नै सुरु गरेर गएका हौं ।

 

त्यसरी पार्टीको सदस्यता बढाउनको यस्तो रणनीति अपानाउनु भएको भनेर बुझ्दा भयो होइन ?


होइन, होइन तपाईंले भनेजस्तो पार्टीको सदस्ता बढाउनका लागि हामीले यस्तो गरेका  होइनौं । लुकेर बसेको साच्चिकै हाम्रो पोलिटिक्सलाई चाहिने हाम्रो मान्छे होइन, राम्रो मान्छे त्यसलाई पहिचान गर्नलाई पनि त्यो मेथड अपनाएका हौं । ७/८ वर्षअघिदेखि अन्य पार्टीहरुमा उमेदवारी लड्दै आएका साथीहरुबाट पनि हाम्रो पार्टीको उमेदवारी चयनका लागि प्रस्ताव आएका छन् ।

हालै सम्पन्न निर्वाचनमा विवेकशील साझा पार्टीको चर्चाअनुसार मत आएन नि ?

काठमाडौंको मतलाई कम आँक्न मिल्दैन । काठमाडौं बाहिरको कस्तो भयो भने पहिलो चरणको निर्वाचन सकिने बित्तिकै विवेकशील दल र हामी एकता प्रक्रियामा गयौं । एकता प्रक्रियामा गइसकेपछि आउने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको लागि केन्द्रित हुनुपर्‍यो । काठमाडौंबाट प्राप्त मतलाई हेर्न हो भने देशभरिका लागि प्रतिनिधिमुलुक परिणाम हो । संगठन बिस्तारको क्रममा र अन्तरक्रिया क्रममा जाँदा हामीलाई सुखद अनुभव मिल्यो । जनताहरुले हाम्रो नाम सुनेर नै धेरै ठूलो अपेक्षा बनाइसक्नु भएको छ । उहाँहरुले तपाईंहरुको आवश्यकता देशलाई छ, हिम्मत नहार्नुस् भन्नु भएको छ । हामीसँग सीमित स्रोत साधन मात्र भएपनि मिडियाको उल्लेख्य सहयोग मिलिरहेको छ । 

विवेकशील साझा पार्टीले आगामी प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलाई कसरी हेरेको छ ?

हामीमाथि जनताले धेरै विश्वास र आशा गर्नुभएको छ । हाम्रो पार्टीले यसलाई सकारात्मक रुपमा लिएको छ । यसर्थ प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा राम्रो मत ल्याउनेमा विश्वस्त छौं ।


आगामि चुनावबाट साझा विवेकशील राष्ट्रिय पार्टी बन्ला त ? 

निश्चित रुपमा बन्छ । पुरानै पार्टीभित्रका साथीहरुले नै हामीलाई भोट हाल्नुहुनेछ । 

वैकल्पिक शक्तिको रुपमा रहेको नयाँ शक्ति, विवेकशील र साझाबीच पार्टी एकताको कुरा थियो, अहिले नयाँ शक्ति वाम गठबन्धनमा जोडिन पुगेपछि तपाईंहरुसँगको एकता असम्भव भयो, यसले तपाईंहरुलाई फाइदा पुगेको हो ?

आम जनताहरुले पनि वैकल्पिक शक्तिहरु मिल्नुपर्छ भनेका थिए त्यो सम्भव भएन । नयाँ शक्तिले केही ठाउँ ओगटेको थियो । अहिले वाम गठबन्धनमा जोडिएपछि हामीलाई केही रणनीतिक फाइदा चाहीं पुगेको हो । हामीले अहिले नयाँ राजनीतिक संस्कार बनाउने भनेर एकदमै आधारभूत रुपमा हाम्रा वैचारिक मुल्य मान्यताहरु, हाम्रा संगठनमा कार्यशैलीहरु एकदमै दरिलो रुपमा बनाइसकेका छौं ।
 
एमाले,  माओवादी र नयाँ शक्तिले आगामी चुनावी तालमेलपछि पार्टी एकतासम्मकै कुरा गरेका छन्, तपाईंहरु पनि कुनै पार्टीसँग तालमेल र एकता गर्ने पक्षमा हुनुहुन्छ कि हुनुहुन्न ? 

कुनै पनि पार्टीमा जोडिने र गठबन्धन बनाउने पक्षमा छैनौं । आम जनताले हामीलाई वैकल्पिक शक्तिकै रुपमा बुझेका छन् । पुराना दलहरुसँग गठबन्धनमा जोडियौं भने उनीहरुका धेरथोर विकृती पनि बोक्नुपर्ने हुन्छ । त्यसकारण हामी जनतालाई विश्वासघात गर्दैनौं । किनकि, हाम्रो आत्मविश्वास के हो भने 'टु पार्टी' सिस्टममा पनि हाम्रो पार्टी अल्टर्नेटिभ नै रहन्छ । र ती दुई पार्टीलाई अनुशासनमा बस्न रखवारी गर्छ ।

अहिलेको वाम गठबन्धनलाई कसरी हेर्नुहुन्छ ?

यो गठबन्धन कुनै आदर्श र मुल्यमान्यताद्वारा  बनेको होइन, यो सत्तामुखी गठबन्धन हो ।


भनेपछि वाम पार्टीहरु सत्तामुखी भएकै कारण गठबन्धनमा बाँधिएका र तपाईंहरु चाहीँ एक्लै बस्नुभएको हो ?

हो । एमाले, काँग्रेस र माओवादीको अर्जुनदृष्टी भनेको सत्तामै पुग्ने हो । उनीहरु आजका जनताका यावत एजेण्डा स्थापित गर्ने अवस्थामा छैनन् । उनीहरुको सिङ्गल एजेण्डा भनेको सत्तामा जाने नै हो । राजनीतिक, नीतिगत, राज्यसञ्चालन र सुशासनको तहमा स्थापित हुनुपर्ने दर्जनौं एजेण्डाहरु वेवारिसे भएर बसेका छन् । तिनलाई हामीले बहसमा ल्याइदियौं भने मात्र पनि मुलुकका लागि ठूलो पुण्य ठहर्छ । यसर्थ हामी जनतामुखी छौं । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज २६, २०७४  १०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC