site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाललाई आठौं सफलता, सुशनले लिए जेमीको विकेट   
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरण अन्तर्गत हङकङविरुद्धको खेलमा नेपाललाई आठौ सफलता मिलेको छ ।  

हङकङस्थित मिसन रोड ग्राउण्डमा टस जितेर पहिले फिल्डिङ गरेको नेपालले घरेलु टोलीको आठौं  विकेटको रुपमा जेमी एटकिनसनलाई ४० ओभर ४ बलमा सुशन भारीले ७६ रनमा आउट गराए । 

Prabhu Bank
Agni Group
NIC Asia

आठौं  विकेट पतनसँगै हङकङले ४२ ओभरमा ८  विकेट गुमाएर १४६ रन बनाएर खेलिरहेको छ । 

सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउन नेपालको लागि हङकङसँगको खेल निकै महत्वपूर्ण रहेको छ ।छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नैपर्ने चुनौती रहेको छ । 

Global Ime bank

यता, नेपालसंगको खेल हङकङको लागि पनि यो त्यतिकै महत्वपूर्ण खेल हो । हङकङ पनि अन्तिम चारमा स्थान बनाउन संघर्षरत छ । नेपालले दोस्रो खेल हङकङसँग आइतबार खेल्नेछ । च्याम्पियनसिपको अन्तिम सातौं राउण्डमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।

अंक तालिकामा नेपाल छैटौं स्थानमा छ भने हङकङ नेपाल भन्दा दुई हुँदै चौथो स्थानमा छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ६ खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट ११ अंक रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  ०९:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC