site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित
Sarbottam CementSarbottam Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको पहिलो खेलमा  नेपाल हङकङसँग पराजित भएको छ । हङकङमा शुक्रबार भएको खेलमा नेपाल घरेलु टोलीसँग रनले ८३ रनले पराजित भएको हो ।

हङकङस्थित मिसन रोड ग्राउण्डमा हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा समेटियो । नेपालको लागि कप्तान पारस खड्काले सर्वाधिक २६ रन बनाए । त्यस्तै आरिफ शेखले २३, उपकप्तान ज्ञानेन्द्र मल्लले २२ रन बनाउदा विनोद भन्डारीले १८ तथा सोमपाल कामीले ११ रन बनाए । नेपाललाई सस्तैमा रोक्न हङकङका इशान खानले ५ तथा  एजाज खानले ३ विकेट लिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको छ । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको थियो । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ । छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नै पर्ने चुनौती रहेको छ ।

नेपालले हङकङ दोस्रो खेल आइतबार खेल्ने छ । च्याम्पियनसिपको शिर्ष ४ मा नपर्ने टोलि डिभिजन २ मा घटुवा हुने छ । च्याम्पियनसिपको अन्तिम सातौं  चरणमा नेपालले युएईसँग उसैको मैदानमा खेल्दैछ ।

Global Ime bank

छनोटमा नेपाल छैटौं स्थानमा छ भने हङकङ  नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ७  खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट १३ अंक रहेको छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले ५० ओभरमा अलआउट हुँदै १९४ रन बनाएको थियो । नेपाली बलरले कसिलो बलिङ्ग गरेपछि हङकङले उच्च स्कोर बनाउन सकेन ।  घरेलु टोलीका लागि जेमी एटकिनसनले अर्धशतकीय पारी खेलेका थिए । जेमीले एटकिनसनले ११७ बलमा ९ चौका र १ छक्कासहित ७६ रन बनाए ।

यस्तै पछिल्लो क्रममा ब्याटिङ्ग गर्न आएका तानवीर अफजलले ४२ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए  । इशान नवाज १६  रनमा अविजित रहे । यस्तै कप्तान बाबर हायतले २९, वाकस खानले १४ तथा निजाकट खानले १३ रन बनाए । हङकङका तीन ब्याट्सम्यानले खाता खोल्न सकेनन् । नेपालका सन्दिप लामिछानेले ३ तथा बसन्त रेग्मी र  करण केसीले समान २ – २ विकेट लिए  ।  सुशन भारीको नाममा एक विकेट रह्यो  । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC