site stats
बाह्रखरी :: Baahrakhari
पुनर्निर्माण
Nabil BankNabil Bank
सम्पदा पुनर्निर्माण सुस्त, १३ सयमध्ये २० मात्रै सम्पन्न
Sarbottam CementSarbottam Cement

काठमाडौं । भूकम्पको २९ महिना बितिसक्दा पनि क्षतिग्रस्त सम्पदाहरुको पुनर्निर्माण सुस्त छ । सांस्कृतिक, ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाहरुको पुनर्निर्माण कार्य तीन वर्षभित्र सक्ने प्रतिबद्धता पुरातत्व विभागले जनाएको थियो । तर, हालसम्म २० वटा सम्पदाको मात्रै पुनर्निर्माण सकिएको छ । 

पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार भूकम्पले ३० जिल्लाका ७५३ वटा सम्पदाहरु क्षतिग्रस्त भएका थिए । यसमध्ये १३३ पूर्ण रुपमा र ६२० सम्पदामा आंशिक क्षति भएको थियो । प्रारम्भिक रुपमा ७५३ सम्पादमा क्षति पुगेको देखिए पनि विस्तृत अध्ययन गर्दा १३ सय सम्पदामा क्षति पुगेको पाइएको विभागले जनाएको छ । 

हालसम्म गोकर्ण उत्तरगयाको पञ्चमुखी हनुमानसँगैको सत्तल पुनर्निर्माण भएको छ । त्यस्तै नागार्जुन नगरपालिकाको जमाचोस्थित सत्तल, इचंगुनारायणको शरण भद्रेश्वर महादेव मन्दिर, बुङ्गमतीस्थित प्रथमपुर महाविहार, गोदावरी धुनीधर, दोलखा लालिपाङको काली मन्दिरको छाना, ओखलढुगांस्थित नर्मदेश्वर महादेव मन्दिरलगायत २० सम्पदाको पुनर्निर्माण कार्य सम्पन्न भएको विभागले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रानीपोखरी मन्दिरको पुनर्निर्माण जारी रहेको विभागले जनाएको छ । त्यस्तै ब्रजयोगीनी साँखु मन्दिरको तल्लो तला भत्काएर निर्माणको काम भइरहेको छ । विभागका प्रवक्ता दामोदर गौतमका अनुसार  खड्गयोगीनीको माथि पहिलो तलाको काम सकिसकेको छ भने दोस्रो तलाको सत्तलको काम सुरु हुँदैछ । त्यस्तै साँखुको ज्योर्तिलिंगेश्वरको निर्माण कार्य अन्तिम चरणमा छ । 

त्रिपुरेश्वर महादेव मन्दिरको चारकुनाको सत्तल निर्माण सम्पन्न भएको छ भने नागार्जुनको आदेश्वर मन्दिर भत्काउने काम सकिएको छ । कीर्तिपुरको जगतपाल महाविहारको दोस्रो तलाको काम भइरहेको छ । राष्ट्रिय संग्रहालय भवनको ४० प्रतिशत काम सकिएको छ ।

Global Ime bank

विभागका प्रवक्ता गौतमले भूकम्पमा भत्केका लगभग मूर्तिहरु बनाइसकेको बताए । “पाटनको योगनरेन्द्रको मूर्ति बनिसक्यो र स्थापना पनि भइसक्यो । मूर्ति बनाउँदै, विधिपूर्वक स्थापना समेत गर्दै गएका छौं,” उनले भने । ललितपुरको भिमसेन अगाडिको सिंहको मूर्ति, चाँगुको किलेश्वर महादेवको मूर्तिलगायतका मूर्तिहरुको काम सम्पन्न भएको उनले बताए ।

विभाग महानिर्देशक दाहाल कार्यक्रम ढिलो स्वीकृत भएकाले काम ढिलो भएको बताउँछन् । “भूकम्प गएलगत्तै हामीले १०४ वटा कार्यक्रम अर्थ मन्त्रालयबाट स्वीकृत गराएर पुनर्निर्माण प्राधिकरणमा पेश गरेका थियौं । राजनीतिक कारणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठन ढिला भयो र हाम्रो कार्यक्रम पनि ढिलो स्वीकृत भयो । ४९ वटा कार्यक्रममात्रै स्वीकृत गरेर प्राधिरकणले हामीलाई दिएको हो,” उनले भने, “हामीलाई जेठमा ३४ करोड निकासा भएको थियो तर बजेट ढिला आएको हुनाले हामीले ५ करोडभन्दा बढी खर्च गर्न सकेनौं । ४८ वटाको हामीले काम सुरु गरेका छौं । ती सबै प्रायः बहुवर्षीय कार्यक्रम हुन् ।”

पूर्ण रुपमा क्षति भएका सम्पदामध्ये २ सय ५० काठमाडाैंमा, १३० ललितपुरमा र ७८ वटा भक्तपुरमा छन् । दाहाल भन्छन्– “त्यतिबेला बजेट, सामान र कालिगढको अभावले काम अगाडि बढाउन सकिएको थिएन । पुनर्निर्माण कार्य तीन वर्षमा गर्नुपर्ने हो तर बजेटको अभाव र दक्ष कामदारको अभावमा पहिलो वर्षमा काम हुन सकेन । हाम्रोमा दक्ष कालिगढ पनि पर्याप्त छैनन् ।”

आर्थिक वर्ष २०७२–०७३ मा जम्मा १३२ वटा कार्यक्रम राखेकोमा हालसम्म २० वटा सम्पन्न भएको विभाग प्रवक्ता गौतम बताउँछन् । चालू आवमा भने गत आवका जारी ११२ वटा कार्यक्रम छन् । बहुवर्षीय ५६ वटा र अन्य गरी यो आवमा ३१४ वटा कार्यक्रम रहेको र २२५ वटा नयाँ कार्यक्रमहरु थपिएको गौतम बताउँछन् । गौतम भन्छन्, “काम भने हालसम्म थालनी भएको छैन । भर्खरै काम बाँडफाँड भएर साथीहरु साइटमा जान थालेका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज २७, २०७४  १४:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC