– कुमार शर्मा
चलचित्र 'छक्का पन्जा-२' अहिले चर्चामा छ। फिल्म रिलिजको सुरुवाती दिनमा यसले आक्रामक व्यापार गरिरहेको छ भनेर चर्चामा आयो। बिस्तारै दिन बित्दै जाँदा समीक्षकहरुको धारणा बाहिर आउन थाले । चर्चासँगै आलोचना पनि सुनिन थाल्यो। कसैले 'चुइँगम'जस्तो भने त कसैले के।
दुर्गा कार्कीले तदीपकराज गिरी र दीपाश्री निरौलालाई सम्बोधन गरेरचिठी नै लेख्नुभयो सेतोपाटीमा । आफूलाई चित्त नबुझेको कुरा अनि फिल्ममा भएका कमजोरीहरूऔंल्याएर लेखिएको यो लेख धेरैले पढे; हजारौं शेयरभएसोसल मेडियामा। जवाफस्वरूप दीपकले आफ्नो फेसबुकमा ती प्रश्नहरुको स्पष्टीकरण दिने प्रयास गरे। आफ्नो फेसबुक पोस्टमा उनी लेखछन्, "एक त प्रश्न पढ्नै महाभारत थियो, छक्का-पन्जाको स्क्रिप्टभन्दा लामो...!"
मैले कुनै फिल्मको स्क्रिप्ट त पढेको छैन तर मलाई लाग्दैन कि कुनै फिचर फिल्मको स्क्रिप्ट या पूरै पटकथा एउटा लेखभन्दा छोटो हुन्छ। कथामाथि गहन अध्ययन गरेर, पात्रहरूलाई मध्यनजर गरेर लेखिएको पूरै सिनेमाको संवाद के ३-४ पन्नामै सीमित हुन्छ? यदि हो भने त, 'छक्का पन्जा-२' को युनिटले खास स्क्रिप्टबिना नै फिल्म बनाएछ भन्ने बुझ्नुपर्यो। उपन्यासजस्तो कथा बुन्दै लेख्दै जाने, फिल्म निर्देशन हो जस्तो मलाई लाग्दैन।विषयवस्तुमाथिको अध्ययन त झन् टाढाको कुरा भयो भनेर बुझ्दा पनि भयो।
समस्या फिल्ममा कमजोरी भए भन्ने होइन। कमजोरी हरेक कुरामा हुन्छ, फिल्मको मात्र के कुरा। फिल्ममा नारीलाई हेपियो भन्ने मात्रै पनि समस्या होइन। त्यसका लागि अलग्ग्दै डिस्कोर्स ठीक होला, दुर्गाजीले उक्त चिठीमा उठाए जस्तै।
फिल्ममा नैतिक शिक्षा भएन भन्ने त झन्हुँदै होइन। नैतिक शिक्षा फिल्ममा खोज्न छोडेको निकै भइसक्यो हामी दर्शकले।
समस्या दृष्टिकोणको हो। एउटा फिल्ममेकरको फिल्मप्रतिको 'सस्तो' हेराइको हो। फिल्मलाई पैसा कमाउने माध्यमको रूपमामात्र हेरिनुको हो। समस्या कथावस्तुको सतही अध्ययन हो।
समस्या मनोरञ्जनको नाममाउही पुरानैसस्तो कमेडी पस्कनु हो । 'छक्का पन्जा'को पूरै युनिट हेर्दा लाग्छ-उनीहरूको एउटैमात्र उद्देश्यहो–पैसा कमाउने। ४-५ जना नाम चलेका हास्यकलाकार जम्मा गर्ने, कथाजस्तो केही सोच्ने, त्यसमा खास केहीअध्ययन नगर्ने, जबर्जस्ती कमेडी दृश्य राख्ने, १-२ वटा गीत त भइहाले, केही दिनमै शुटिङसक्नेअनि फिल्म रिलिज गर्ने। फिल्म चलिहाल्छ, केही करोड कमाइहाल्छ। बस्, खेल खत्तम! फिल्म खासमा राम्रो बन्यो कि बनेन, त्यो त मतलबको विषय नै भएन। पैसा कमाइरहेको छ, सक्किगोनि।
दुवै 'छक्का पन्जा'का प्राय: सबैकलाकारटेलीसिरियलबाट आएका हुन्। 'तीतो सत्य'देखि लिएर 'जिरे खुर्सानी'सम्म सबै कुनै जमानाका हिट टेलीसिरियल हुन्। यस्तो लाग्छ- टेलीसिरियलमा चाँडो पैसा कमाउन अलि कठिन हुनाले उनीहरूसबै यता फिल्ममा आएका हुन्। केही महिनाको कामले १५-१६करोड कमाइदिएपछि त झन्त्यस्तो सोच कति मजबुत भयो होला! आफै सोचौं ।
समस्या चलचित्रमा फिल्ममेकरको साधना नदेखिनु हो। साधनाको के कुरा- यहाँ त गम्भीरता अनि कलाप्रतिको इमान्दारीपनि देखिँदैन।
अमेरिकी निर्देशक क्लिन्ट इस्टउड 'अन फर्गिभन'को स्क्रिप्टलाई लिएर वर्षौं घोत्लिए। डेभिड वेबको पटकथाआफैँले फेरि लेखे, यता चलाए, उता चलाए। र, पनि उनको चित्त बुझेन। पछि हैरान भएर पहिलेको स्क्रिप्टअनुसार नै फिल्म बनाउने निर्णय गरे। 'विलियम मुनी'को चरित्रखेल्नका लागि म अलि बूढो हुनुपर्छ भनेर केही वर्ष यत्तिकै कुरेर बसे। अनन्त: फिल्म १९९२ मा रिलिज भयो। अर्को वर्षको ओस्करमा इस्टउडले उत्कृष्टनिर्देशकको उपाधि जिते भने 'अन फर्गिभन'ले उत्कृष्टचलचित्रको उपाधि हातपार्यो। इस्टउड आफैँ उत्कृष्टअभिनेतामा नोमिनेट पनि भए। समग्रमा, जित इस्टउडको साधनाको भयो।
हलियडको के उदाहरण दिइराखेको भन्ने कुरा आउलातर उदाहरण राम्रोकै दिनुपर्छ, प्रेरणा उत्कृष्टबाटै लिनुपर्छ।
समस्या फिल्ममेकिङमा'फास्टफुड' कल्चर देखिनु हो, 'चाँडो-चाँडो बनाऊँअनि बेचिहालौं, नमीठो भए नि ठीकै छ, पैसाचाहिँ कमाउनु पर्यो' वाला प्रवृत्तिहो।
समस्या, यी सबै थाहा हुँदाहुँदै पनि 'मेरो सफलता देखेर मेरो खेदो खन्दैछन्' भनेर सोच्नु हो। हामीजस्ता आम दर्शकले के कसैको खेदो खन्नु? हामीलाई 'छक्का पन्जा–२'ले २० करोड कमाए पनि के, ५० लाख पनि कमाए पनि के ! हामी बस् राम्रो चलचित्र हेर्न चाहन्छौं। कमेडी नै सही- अलि अर्थपूर्ण, अलि प्राकृतिककमेडी हेर्न चाहन्छौं। फिल्म हेर्दा निर्देशकको अनि पूरा युनिटको अलिकति भए पनिदेखिएको हेर्न चाहन्छौं।
के एउटा दर्शकले यस्तो चाहना राख्नु अप्राकृतिक हो?
समस्या, यी आलोचना प्रायोजित रूपमा आएका हुन् भनेर सोच्नु हो। कुनै एउटा चलचित्रलाई भनिएजस्तो प्रायोजित ढंगमा आलोचना गर्ने हामी दर्शकलाई कुनै इच्छाछैन, न त फुर्सद नै । दीपकराज गिरीले फेसबुक पोस्टमा 'हाम्रा आलोचक हुन्, हामीले जस्तो सिनेमा बनाए पनि आलोचना नै आउँछ, जस कहिलै पाइँदैन' भन्नेतरिकाको कुरा गरेका छन् । 'कागबेनी' होस् या 'धन्दा', 'साँघुरो' होस् या 'कबड्डी'–– यी सिनेमा आउँदाहुँदा हाम्रा ओठ बन्दथिए। खुलेका थिए त निर्देशक, कलाकारको प्रशंसागर्न। राम्रो-नराम्रो छुट्याउने परख हामी दर्शकमा पहिलेदेखि नै थियो, अहिले पनि छ।
समस्या आलोचना सहन नसक्नु हो, आफूले गरेका गल्ती, आफ्ना कमजोरी आत्मसातगर्न नखोज्नु हो।
हलहरूमा देखिएका लाइनतिर औंलो सोझ्याएर 'यी~~ दर्शक त आएकै छन् त !' भन्नुहोला। नाबिर्सिनुस्, भीड सधैं सही हुँदैन।
सोच्छु- कुनै चलचित्र व्यावसायिक हिसाबले सफल हुँदैमा के त्यो सफल मानिन्छ? चलचित्रको समग्र सफलता केकुराले निर्धारण गर्छ? १२-१५ करोड कमाउँदैमा के त्यो चलचित्रलाई सफल भन्न मिल्छ ?चलचित्रमाकलाको गुण हुन आवश्यक छैन? मनोरञ्जनमात्र दिएर के कुनै फिल्मको उद्देश्य पूरा हुन्छ? सस्तो मनोरञ्जन मात्र दिने या दर्शक हँसाउने मात्र उद्देश्य हो भने त स्टयान्ड-अप कमेडी गरे भइहाल्यो नि, फिल्म नै किन बनाउनु पर्यो?
फेरि, यो पनि सोच्छु- कुनै पनि सिर्जनशील क्षेत्रमा लागेको मान्छेले आफ्नो क्षमताको आधारमा नै आफ्नो सिर्जना पस्किने हो। चाहे त्यो लेखन होस् या संगीत या चलचित्र। बुद्धिसागरले 'कर्नाली ब्लुज' नै किन लेखे ? या सुबिन भट्टराईले 'समर लभ' नै किन लेखे? बुद्धिसागरले 'समर लभ' किन लेखेनन् ? या भट्टराईले 'कर्नाली ब्लुज' किन लेखेनन् भनेर प्रश्न गर्न मिल्ला र? उनीहरूले आ-आफ्नो सिर्जनशील क्षमताको आधारमा नै लेखे।
मलाई लाग्छ-फिल्म निर्देशन पनि त्यस्तै हो। एउटा निर्देशकले आफ्नो सिर्जनशीलता, सामाजिक अध्ययन, विषयवस्तु चयनको परख, प्रस्तुति र समग्रमा आफ्नो क्षमताको आधारमा नै कुनै चलचित्र बनाउँछ । उसले किन यस्तो चलचित्र बनाएन या किन यस्तो चलचित्र बनायो भन्नु नै व्यर्थहो एक हिसाबले। 'दबंग' बनाउने निर्देशकबाट 'द लन्च बक्स' आशा गर्नु कति प्राकृतिकहोला?
हाम्रो फिल्म उद्योगमा राम्रा (अलि अर्थपूर्ण) फिल्म बनेन भनेर केही अघिसम्म म दिक्क हुन्थें, गुनासो पोख्थें। आजकल गर्दिनँ । आखिर हाम्रा निर्देशकले जति पनि चलचित्र बनाएका छन्, आफ्नो सिर्जनशील हैसियतकै आधारमा त बनाएका छन्। तपाईंको सिर्जनशीलता नै भएन भन्ने कुरो पनि त आएन!