site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेपाल र हङकङबीचकोे खेल रद्द, सामुद्रिक आँधीको संकेत  
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको छैटौं चरण अन्तर्गत नेपाल र हङकङबीचको आज हुने भनिएको दोस्रो खेल रद्द भएको छ ।

दोस्रो खेल आज हुने तय भए पनि हङकङ मौसम विभागले ‘टाइफुन ८’ (सामुद्रिक आँधी) आउने जनाएपछि खेल रोकिएको हङकङ क्रिकेटले आफ्नो अफिसियल ट्वीटरमार्फत यस्तो जानकारी  गराएको छ ।

नेपाल र हङकङबीचको दोस्रो खेल नेपाली समयअनुसार बिहान ७ बजेपछि सुरु हुने तय भएको थियो । तर, हङकङका अधिकारीले सामुन्द्रिक आधी आउने जानकारी दिँदै नेपाली टोली र अम्पायरहरुलाई होटलबाट बाहिर ननिस्कन अनुरोध गरिएको छ ।

Agni Group

खेल भोलि हुने जनाइएको छ । हङकङको मौसम विभागले हङकङ स्थानीय समयअनुसार बिहान ९ बजेसम्म ‘टाइफुन ८’ आउने अनुमान गरेको छ । त्यस्तै अपरान्ह  भारी वर्षा हुने विभागले जनाएको छ । 

च्याम्पियनसिप अन्तर्गत शुक्रबार भएको पहिलो खेलमा नेपाल हङकङसँग ८३ रनले पराजित भएको थियो । पहिलो खेलमा ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भएको थियो । हङकङले दिएको १९५ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल ३४ ओभर ५ बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो ।

Global Ime bank

घरेलु टोलिविरुद्धको पहिलो हारसँगै नेपालको विश्वकप छनोट खेल्ने सम्भावनामा समेत धक्का लागेको थियो । सन् २०१८ मा हुने विश्वकप छनोटमा स्थान बनाउनका लागि नेपाललाई यो खेल निकै महत्वपूर्ण रहेको थियो । छनोटमा स्थान बनाउन च्याम्पियनसिपको अन्तिम चारमा पर्नुपर्ने हुन्छ ।

छनोटको अन्तिम ४ मा स्थान बनाउनका लागि नेपाललाई अबको सबै खेलमा जित हात पार्नै पर्ने चुनौती रहेको छ । च्याम्पियनसिपको शिर्ष ४ मा नपर्ने टोलि डिभिजन २ मा घटुवा हुने छ । तर, डिभिजन २ बाट शिर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउने प्रावधान रहेको छ । 

च्याम्पियनसिपको अन्तिम तथा सातौं चरणमा नेपालले युएईसँग डिसेम्बरमा उसैको मैदानमा खेल्दैछ ।

च्याम्पियनसिपमा नेपाल छैटौं स्थानमा छ भने हङकङ  नेपाल भन्दा दुई स्थान माथि चौथो स्थानमा उक्लेको छ । नेपालको १० खेलबाट ४ खेलमा जित र ७  खेलमा पराजित हुँदै ८ अंक रहेको छ । हङकङको भने १० खेलबाट १३ अंक रहेको छ । तालिकाको शीर्ष स्थानमा नेदरल्याण्ड र दोस्रो स्थानमा पपुवा न्युगिनी छन् । तेस्रो स्थानमा स्कटल्याण्ड र चौथो स्थानमा केन्या रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज २९, २०७४  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC