काठमाडौं । दसैंको अवसरमा अमेरिकाकोह्यूस्टन (टेक्सास) मा बसोबास गर्ने नेपाली तराई समुदायलाई समेटेर डा. कौशल झाको नेत्रित्वमा नेपाली तराइ समुदाय अमेरिका, ग्रेटर ह्यूस्टन (टेक्सास )शाखाको गठन गरिएको छ । संस्थाले दिएको जानकारीअनुसार ह्यूस्टन र यसको आसपासमा बस्ने पचास भन्दा बढीको सहभागिता रहेको थियो।
नवगठित नेपाली तराई समुदाय अमेरिका (एसोसिएसन अफ नेपाली तराई इन अमेरिका), ग्रेटर ह्युस्टन शाखाको कार्यसमिती यसप्रकार रहेको छ -
अध्यक्ष डा. कौशल झा, उपाध्यक्ष जयराम मण्डल, महासचिव अरुण चौधरी, कोषाध्यक्ष विश्वबन्धु लाल कर्ण रहेका छन् । यसैगरी सदस्यहरूमा अमिलाल यादव, धनबहादुर महतो, धनन्जय शर्मा, ममता कर्ण शर्मा, प्रमोद झा, डा. राज यादव, राजन अधिकारी, सुधीर झा, उषा झा, विशाल सिंह रहेका छन् । संस्थाका सल्लाहकारमा रतन झा, डा. रुपक रौनियार, डा. ममता सिंह, डा. राम लखन राय र डा. विजय कुमार झा रहेका छन् ।