site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
यसरी जान सक्छ विश्वकप छनोट खेलमा नेपाल
Ghorahi CementGhorahi Cement

काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा रहँदै विश्वकप छनोट खेलमा स्थान बनाउनका लागि हङकङसँगको खेल नेपालको लागि निकै महत्वपूर्ण थियो । तर, पहिलो खेलमा पराजित र दोस्रो खेलमा वर्षा बाधक बनेपछि नेपाल डिभिजन टु मा घटुवा भएको छ । यद्यपि, विश्वकप छनोट खेल्न नेपालको लागि अझै मौका छ । त्यो कसरी ?

आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत छैटौं चरणको खेल नेपाललाई निकै महत्वपूर्ण थियो । घरेलु टोली हङकङलाई दुवै खेलमा पराजित गर्दै शीर्ष चारमा पर्ने सम्भावनालाई जिवितै राख्ने लक्ष्यका साथ नेपाली टिम त्यसतर्फ प्रस्थान गरेको थियो । तर नेपाली टिमले सोचेको भन्दा फरक नतिजा आयो । पहिलो खेलमा नेपाल ८३ रनले पराजित भयो । दोस्रो खेलमा आँधी र त्यसपछि वर्षाले खेल प्रभावित हँुदा दुवै टिमले १–१ अंक बाँड्न पुगे । ‘गर या मर’को स्थितिमा गुज्रिएको नेपाली टिम पराजित भएसँगै डिभिजन टु मा नेपाल घटुवा भयो ।

डिभिजन टु नेपालको लागि मौका 

Agni Group

आइतबार हुने भनिएको हङकङ र नेपालबीचको दोस्रो खेल आँधीका कारण सोमबारलाई सारिएको थियो । सोमबार पनि हङकङमा भारी वर्षा भएपछि दोस्रो खेलमा दुवै टिमले अंक बाँडे । नेपालले अंक बाँडेसँगै आईसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष चारमा पर्ने सम्भावना पनि समाप्त भयो । तर, नेपालले च्याम्पियनसिपको अन्तिम खेल युएईसँग खेल्न बाँकी छ । 

च्याम्पियनसिपको शीर्ष चारमा पर्दै विश्वकप छनोटमा स्थान बनाउने नेपालको सम्भावना समाप्त भए पनि विश्वकपको छनोट खेल्ने ढोका पूर्ण रुपमा बन्द भएको भने होइन । नेपालले अब डिभिजन टु खेल्दै विश्वकप छनोटमा स्थान बनाउने अर्को मौका छ । डिभिजन टु को विजेता र उपविजेताले विश्वकप छनोट खेल खेल्न पाउनेछन् । यो नेपालको लागि अर्को अवसर हो । 

Global Ime bank

यी टिम छन् डिभिजन टुमा

डिभिजन टु मा ६ राष्ट्रको सहभागिता रहनेछ । सन् २०१८ को फेब्रुअरीमा नामिवियामा हुने डिभिजन टु ले विश्वकप छनोट खेल्ने टिमको छिनोफानो गर्नेछ । आईसीसी विश्व क्रिकेट लिग चयाम्पियनसिपबाट घटुवा भएका चार राष्ट्र र डिभिजन थ्रीको विजेता र उपविजेताले डिभिजन टु मा विश्वकप छनोटमा प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछन् । विश्वकप छनोटमा पुग्ने सबै टोली ओडीआई मान्यताप्राप्त हुनेछन् । 

च्याम्पियनसिपबाट नामिविया र युएई यसअघि नै डिभिजन टु मा घटुवा भएका थिए । नेपाल पनि सोमबार डिभिजन टु मा घटुवा भएको छ । अब च्याम्पियनसिपमा रहेका स्कटल्याण्ड, केन्या र हङकङ मध्ये एक टिम डिभिजन टु मा झर्नेछ । 

डिभिजन थ्रीको विजेता बन्दै ओमन टु मा प्रवेश गरेको हो भने उपविजेता बन्दै क्यानाडाले पनि खेल्न लागेको हो । 

नेपालको लागि डिभिजन टु पनि त्यति सजिलो भने छैन । च्याम्पियनसिपका तीन राष्ट्र भएका कारण नेपालले विश्वकप छनोट खेल्नका लागि कडा परिश्रम गर्नुपर्ने हुन्छ । के निलम्बित अवस्थामा रहेको क्रिकेटको अभिभावक नेपाल क्रिकेट संघ (क्यान) र घरेलु प्रतियोगिता शुन्यतामा गुज्रिएको नेपाली टिम त्यो चुनौतीलाई अवसरमा बदल्न तयार छ ?

पहिलो खेलमा पराजित हुनुको कारण

नेपालले हङकङले दिएको १९५ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ थालेको थियो । सबैले आँकलन गरेका थिए, नेपालको जित सुनिश्चित छ । तर, खेल हङकङको पक्षमा भयो । सामान्य चुनौती पछ्याएको नेपालले किन जित हात पार्न सकेन ? के नेपालको ब्याटिङ कमजोर भएकै हो ? यो प्रश्न उठेको छ । तर नेपाली टिम हार्नुको कारण नेपाली ब्याट्सम्यान नचल्नु भए पनि यसभित्रको पाटोलाई केलाएर हेर्नु पनि आवश्यक छ ।

नेपालका प्रशिक्षक जगत टमाटा अधिकांश नेपाली टिममा स्पिन बलर लिएर हङकङ प्रस्थान गरेका थिए । ब्याट्सम्यानमा पारस खड्का, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, सागर पुन, विनोद भण्डारी, दिपेन्द्रसिंह ऐरी र शरद भेषवाकर मात्रै थिए । 

शरद बिरामी परेपछि नेपाली ब्याटिङ झनै धरापमा परेको थियो । बलरलाई नै फोकस गरेर खेलाडी छनोट गर्दा पनि नेपाल हार्नुको मुख्य कारण बनेको हो । ललित भण्डारी, सुशिल कँडेल, सन्दिप लामिछाने, सुशान भारी, बसन्त रेग्मी थिए । फास्ट बलरमा सोमपाल कामी र करण केसी थिए । 

स्पिन बलरका स्थानमा ब्याट्सम्यानलाई पनि ठाउँ दिइएको भए नेपालको टिम सन्तुलन हुन सक्ने थियो । तर त्यसतर्फ टिम सेलेक्सन कमिटीको ध्यान नै गएन । सधैं पारस, ज्ञानेन्द्र र शरदमा निर्भर रहेको नेपाली ब्याटिङलाई छिचोल्न नसक्दा हारको सिकार बनेको हो ।

हङकङसँगको खेलबाट पाठ सिक्दै ब्याटिङमा फोकस नगर्ने हो भने नेपाली ब्याटिङ झनै खस्किन सक्छ । यसतर्फ टिम सेलेक्सन कमिटीले ध्यान दिनु आवश्यक छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १३:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC