आर्यन सिग्देल र रेखा थापा लामो समयपछि स्क्रिन र व्यानर सेयर गर्दैछन् । उनीहरु मुख्य भूमिकामा रहेको चलचित्र ‘रुद्रपिया’ तिहारको छेको पारेर लक्ष्मिपूजाका दिनदेखि अल नेपाल रिलिज हुँदैछ । पानी बाराबारको अवस्थामा रहेका रेखा र आर्यनले बनाएको र अभिनय गरेको चलचित्र ‘रुद्रपिया’ को पर्खाइका रहेका बेला चलचित्रका नायक आर्यनसँग प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रुद्रपिया’ र समग्र चलचित्र उद्योगका विषयमा केन्द्रित रहेर बाह्रखरीका लागि नरेश फुयाँलले गरेको कुराकानी:
लामो समय चलचित्रमा ग्याप गर्नुभयो नि किन ?
म आफ्नै चलचित्रको तयारी गरिरहेको थिएँ । एउटा कारण यही हो । दर्शकले किन आर्यनका चलचित्र आएनन् भनेर सोधिरहनु भएको थियो । तर यही समयमा ‘रुद्रप्रिया’ को राम्रो स्क्रिप्ट मसँग आइपुग्यो त्यसैले म ब्याक भएँ । केही समय ढिलो नै भएको हो ।
चलचित्र ‘रुद्रप्रिया’ कस्तो खालको चलचित्र हो ?
मेरो बिचारमा चलचित्र हेर्दा दुई घण्टा हलमा गएपछि दर्शक फरक संसारमा पुग्न सक्नुहोस् जस्तो लाग्छ । समाजमा रहेको एउटा गहन विषयलाई लिएर सिनेमा बनाइएको छ । लभ स्टोरी जानरामा बनेको मनोरञ्जनात्मक चलचित्र हो । लभ स्टोरी जानरासँगै यसलाई सोसल जानरा पनि भन्न सकिन्छ ।
यहाँको व्यानरमा बनका अघिल्ला दुईटा चलचित्रले राम्रो सफलता पाएका थिए । यो रेखा र तपाईँको सयुक्त व्यानरबाट आउँदैछ । दर्शकले अपेक्षा गर्नुभएको छ । कत्तिको राम्रो बनाउनु भएको छ ?
चलचित्रको मेरुदण्ड भनेको स्क्रिप्ट हो । स्क्रिप्ट राम्रो बन्यो भने चलचित्र राम्रो बन्छ । कथाबस्तु राम्रो छ । गीतसंगीत पनि सबैले मन पराउनु भएको छ । अर्को कुरा हामील टिक राम्रो छान्यौँ चाहे त्यो टेक्निकल होस या अभिनयतर्फको । सबैपक्ष हेर्दा अब्बल सिनमा बनेको छ ।
यहाँका चलचित्र कम हुँदैछन्, निर्माणतर्फ अग्रसर हुनुभएको छ । अब नायक भन्दा पनि प्रोडुसर बढी हो तपाईँ ?
म कलाकार नै हुँ । निर्माणकार्यमा हात हाले पनि म कलाकारितालाई छोड्दिन । मलाई दर्शकले चिन्नुभएको अभिनयबाटै हो । मेरो भित्री चाह भनेको अभिनय नै हो । तर सँगै निर्माणलाई पनि निरन्तरता दिन्छु ।
लामो समयपछि रेखा थापासँग व्यानर र स्क्रिन सेयर गर्नुभएको छ । कस्तो प्रतिक्रिया आइरहेको छ ?
सबैले राम्रो कुरा गर्नु भएको छ । एउटै उद्योगमा मिलेर काम गर्दा राम्रो हुन्छ भनिरहनु भएको छ । हामीलाई पनि लागेको कुरा हो । दर्शकले हामीलाई स्क्रिन शेयर गरेको हेर्न खोजिरहनु भएको थियो । त्यो अपेक्षा पूरा हुँदा हामीलाई पनि दर्शकलाई जस्तै खुसी लागेको छ ।
जसबाट नेपाली चलचित्र उद्योगले नै अपेक्षा गरेको उहाँहरु नै विभिन्न कारणले सँगै देखिनुहुन्न । यो समस्याकै रुपमा देखिएको छ चलचित्र उद्योगका लागि यसलाई चिर्न सकिँदैन ?
सकिन्छ । तर यसका लागि कहिले पनि व्यक्तिले म एक्लै छु भनेर सोच्नु भएन । आफूसँगै संस्था पनि सँगसँगै छ भन्ने सोच्न सक्नुपर्छ । संस्थाका लागि काम गर्नुपर्छ र म सँगै चलचित्र उद्योग पनि राम्रो हुनुपर्छ भन्ने सोच्न सक्नुपर्छ । यो कुरा आउन वित्तिकै इगो हट्छ जस्तो लाग्छ ।
नेपाली चलचित्र उद्योका इतिहास लामो भइसक्यो तर धेरै प्रगती भने हुन सकेको छैन । के कारण हुन सक्छ ?
अपेक्षित प्रगती हुन नसक्नुको एउटै कारण छ, सिनेमा नराम्रो हुनु । पछिल्लो समयमा राम्रो चलचिचत्रले राम्रै व्यापार पनि गरिरहेको छ । यसले सबैलाई आशा पनि जगाएको छ । धेरै सिनेमा यो वर्ष हिट भैरहेको सबैले देखेकै छ ।
चलचित्र बनाउँदा म्यासेज चाहियो, होमवर्क गर्नुपर्छ । दर्शकले कस्तो सिनेमा चाहिएको छ ? यो अध्ययन नगरी चलचित्र बनाउनु भएन भन्न चहान्छु म ।
हामी ५० हजार एक लाखमा स्क्रिप्ट खोज्छौँ भने कसरी राम्रो चलचित्र बनाउन सक्छौँ ?
पैसाले स्क्रिप्ट बन्दैन । पारिश्रमिक भन्ने अलग्गै कुरा हो । मान्छेको क्षमताले स्क्रिप्ट बन्ने हो । राइटरको क्षमताले बन्ने हो राम्रो स्क्रिप्ट त्यसैले लेखनमा ध्यान दिनुपर्ने जरुरी छ ।
व्यवसायिक साहित्यकाहरुलाई हामीले स्क्रिप्ट लेखाउन नसक्नुको कारण त आकर्षक पारिश्रमिक पनि हो नि ! हैन र ?
हैन । पारिश्रमिक मुख्य कारण हैन । ठू्ला कलाकारले कम पारिश्रमिक लिएर नराम्रो अभिनय गर्छ भन्ने हुँदैन । यसमा पनि त्यस्तै नै हो । समाजसँग भिजेर कथा लेख्न सक्छ कि सक्तैन भन्ने हो । दर्शकले के खोजिरहेको छ र उसलाई के दिनुपर्छ भन्ने कुरा लेखकले ध्यान दिनुपर्छ ।
नेपाली चलचित्रमा सँधै एउटै विषय र चरित्र दोहोरिन्छन् । रचनात्मक काम हुन सकेन भन्ने टिप्पणी हुन्छ । रचनात्मक काम चलचित्रकर्मीले किन गर्न सकेनन् ?
मैले देखेको नेपालमाअहिले ह्विम छ । म अलग खालको राम्रो चलचित्र बनाउँछु भन्दा पनि कस्तो खालको चलचित्र चलिरहेको छ, त्यस्तै खालको चलचित्र म पनि बनाउँछु भन्ने छ । यो निकै नराम्रो हो । सँधै फरक चिन विक्री हुने हो । एउटै चिज हेरेपछि फेफि त्यही कुरा हेर्न चाहँदेन दर्शक भन्ने कुरा हामी चलचित्रकर्मीले बुझिरहेका छैनौं ।
नेपाली चलचित्र विश्व वजारले नखोज्नुको कारण के हो ?
विश्व बजारमा हामी पुग्न नसक्नुको मुख्य कारण मार्केटिङ हो । नेपालमा हामीले सिनेमा संस्कृति विकास गर्न सकिरहेका छैनौँ ।
सिनेमा कल्चर विकास हुन नहुनुको कारण के हो ?
मुख्य कुरा चलचित्र राम्रो हुनुपर्यो र मार्केटिङ गर्नसक्नु पर्यो । चलचित्र बनेको छ भनेर दर्शकले थाहा पाउनुहुन्न भने कसरी उहाँहरु हलसम्म जानुहुन्छ ? यो प्रश्न पनि छ नि ।
चलचित्रको राम्रो मार्केटिङ व्यवसायिक घरानाहरुले गर्न सक्थे होला तर उहाँहरुलाई हामीले आकर्षण नै गर्न सकेनौं नि किन ?
विस्तारै चलचिले राम्रो व्यापार गरिरहेका छन् । चलचित्रले व्यापार गर्दैगयो भने कर्पोरेट हाउसहरु बल्ल हामीसँग सहकार्य गर्न थाल्छन्, लगानी सुरु गर्छन् । कर्पोरेट हाउसहरु विजनेशका लागि हो । जवसम्म उहाँहरु फाइदा खेल्नुहुन्न त्यो दिनसम्म उहाँहरु आउनुहुन्न । जहिलेबाट फाइदा हुन्छ अनि आउनुहुन्छ । विस्तारै यो कुरा पनि अगाडि बढ्दै जान्छ भन्ने विश्वास छ ।