site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

चुनावमा मतदातालाई अनुचित प्रभाव पार्न खोज्नु कानुनीरूपमा अपराध त हुन्छ नै अनैतिक पनि हुन्छ । राज्यको स्रोत त के व्यक्तिगत सम्पत्तिसमेत निर्वाचन आयोगले तोकेको सीमाभन्दा बढी चुनाव प्रयोजनका लागि खर्च गर्न हुँदैन । निर्वाचन आचारसंहिताका अधिकांश बुँदा यही विषयको सेरोफेरोमा घुमेको छ । अधिकांश अविकसित देशमा भने निर्वाचनमा पैसा, पद र प्रभाव प्रयोग गरेर निर्वाचनमा मतदातालाई प्रभावित पार्ने प्रयास गरिन्छ । यही सिको गरेर नेपालमा पनि निर्वाचनमा मतदातालाई अनुचित प्रभाव पार्ने अभ्यास हुँदैआएको छ । पञ्चायतकालमा राज्यको सम्पत्ति शासकका ताबेदारहरूलाई चुनाव जिताउन खर्च गर्ने गरिन्थ्यो । लोकतन्त्रमा पनि पञ्चहरूको त्यही अभ्यास राजनीतिकर्मीहरूले अपनाए । पञ्चायतकै पालामा राष्ट्रिय पञ्चायतका सदस्यहरूले तजबिजमा वितरण गर्ने विशेष कार्यक्रमकै शैलीमा ‘निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम’ र ‘संसद् विकास कोष’ का नाममा राज्यको ढुकुटीबाट रकम वितरण हुनेगरेको छ । 


व्यक्तिको तजबिजमा यस्तो रकम वितरण हुनु पक्कै पनि लोकतान्त्रिक अभ्यास हैन । तर, लोकतान्त्रिक सरकारहरूले सांसदलाई खुसी बनाउन त्यस्तो तजबिजी रकम बजेटमा विनियोजन गर्न छाडेनन् । सामान्य अवस्थामा समेत त्यसरी रकम वितरण हुनु उचित हुँदैनथियो । त्यस्तो तजबिजी रकमले संस्थागत प्रभाव निस्तेज बनाउनेमात्र हैन आर्थिक अराजकता पनि बढाउँछ । त्यसमाथि निर्वाचनको तिथि घोषणा भइसकेपछि त झन् त्यस्तो तजबिजी पैसा वितरण गर्नु हुने नै थिएन । तर, संसद्को अन्तिम घडीमा सांसदहरूले कुल १० अर्ब भन्दा बढी रकम आआफ्नो निर्वाचन क्षेत्रमा वितरण गर्ने निर्णय गरेका छन् । यसरी राज्यको ढुकुटी तजबिजमा कार्यकर्ता पोस्न खर्च गर्दा भ्रष्टाचार, अनियमितता र आर्थिक अनुशासनहीनता बड्ने निश्चित छ । 


संसद्मा रहेका सबै राजनीतिक दलहरूले यस्तो पैसा कार्यकर्ता पोस्न खर्च गर्ने भएकाले उनीहरू मौन रहन्छन् । संसद्बाहिरको राजनीतिक विपक्ष शून्य बराबर छ । यस्ता विसंगतिका सम्बन्धमा संसद्बाहिरको राजनीतिक विपक्षले आवाज उठाएको बिरलै सुनिन्छ । यस्तै, नागरिक समाजका अगुवा पनि प्रायः दलगत राजनीतिकै प्रभावमा छन् । उनीहरूको स्वर यसै पनि चर्को हुनसक्तैन भने नैतिक शक्ति पनि हुँदैन । चुनावको मुखमा राज्यको ढुकुटी तजबिजमा बाँडिएको उजागर गरेर सञ्चार माध्यमले धर्म त पूरा गरेको छ तर राज्य र जनतामा पनि यसको प्रभाव धेरै परेको देखिँदैन । वास्तविक समस्याको साँटो सतहका विषयमा बढी केन्द्रित हुने प्रवृत्तिले सञ्चार माध्यमको प्रभाव घटाएको हो । यसैले निर्वाचन आयोगले चुनावमा प्रभाव पर्नेगरी रकम वितरण गर्न नदिन अग्रसरता देखाउनुपर्ने देखिन्छ । कम्तीमा रकम निकासा दिने सम्बन्धित कार्यालयलार्इ यस्तो रकम निर्वाचनपूर्व निकासा दिनबाट निर्वfचन आयोगले रोक्न सक्छ । साथै, यसरी राज्यको ढुकुटीबाट रकम वितरण गरेर जनताको मत खरिद गर्न खोज्नेलाई मत नदिनु सम्भवतः यस्तो गलत अभ्यास रोक्ने सबैभन्दा प्रभावकारी उपाय हो । नेपाली जनता कति सचेत भएकाछन् भन्ने कसी पनि हो यो ? 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ३०, २०७४  १६:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC