site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
रगतमा अभिनय बगाउने केकी
Ghorahi CementGhorahi Cement

काठमाडौं । रमेश उप्रेतीले नायिका केकी अधिकारीलाई हेरेर एउटा स्क्रिप्ट लेखे । लामो समय अमेरिका बसेर नेपाल फर्किएका उनलाई दमदार चलचित्र बनाउनु थियो । लामै समय लगाएर स्क्रिप्ट तयार पारे ।

आफैंलाई चित्त बुझेपछि उनले केकीलाई फोन गरे । केकी सञ्चारकर्मी दीपेन्द्र लामाले निर्देशन गरिरहेको चलचित्र ‘घामपानी’ को सुटिङमा थिइन् । उनले म भ्याउँदिन भन्दिइन् । मैले तिमीलाई हेरेर स्क्रिप्ट लेखेको थिएँ, तिमीले भ्याउँदैनौ भने ठिकै छ, म अर्को स्क्रिप्ट तयार पारेर अर्को चलचित्र बनाउँछु भने रमेशले । 
केकीले सोचिन्, मेरै लागि भनेर तयार गरेको स्टोरी हो भने मैले जसरी पनि खेल्नुपर्छ । उनले रमेशलाई भनिन्, “मेरै लागि भनेर तयार पारेको स्टोरी हो र मैले नखेल्दा स्क्रिप्ट नै डम्प हुन्छ भने म खेल्छु तर केही महिना कुर्नुपर्छ ।” 

रमेश केकीलाई कुर्न तयार भए । एउटा समस्या त खतम भयो तर रमेशसँग अर्को समस्या छँदैथियो । होचो कदकी केकी हाइटको तुलनामा केही मोटी देखिन्थिन् । तर चलचित्रको कथावस्तुले भने केकीको मोटोपनलाई तिरस्कार गथ्र्यो । रमेशले भने, “चलचित्रको कथावस्तु अनुसार तिमीले मोटोपन घटाउनुपर्छ ।” 

Agni Group

मोटोपन बढाउन त अप्ठ्यारो छैन । आमिर खानले चलचित्र ‘दंगल’ का लागि २५ किलो तौल बढाएका थिए । त्यो पनि केकीले सुनेकी थिइन् । आमिरले ‘थ्रि इडियट्स’ का लागि १० किलो भन्दा धेरै तौल घटाएको पनि केकीले सुनेकी थिइन् । त्यो काम अहिले उनैले गर्नुपर्ने भयो । केकीले पनि यसअघि चलचित्रकै लागि केही तौल बढाएकी थिइन् । “बढाउन त के थियो र ? धेरै खाइदिए पुग्यो,” केकीको बब्ली अनुहारमा हाँसोका रेखाहरु दगुर्दैथिए, “तर यहाँ त घटाउनु पर्नेथियो । वेट घट्छ कि घट्दैन मलाई थाहा थिएन तर मैले ट्राइ गर्छु भन्ने सोचेँ र हुन्छ भनेँ ।”

चलचित्र थियो, ‘ऐश्वर्य’ हिरो थिए, रमेश उप्रेती । चलचित्रका निर्माता रमेश आफैं थिए । 

Global Ime bank

“हुन्छ भने पनि मबाट यो काम सम्भव छैन भन्ने सायद दाइ (रमेश उप्रेती) लाई थाहा थियो । त्यसपछि उहाँ बिहान आफू जगिङमा जाँदा मलाई पनि लिएर जान थाल्नु भयो,” केकीले भनिन्, “उहाँ आफैँ गाडी लिएर मेरो घर आउनुहुन्थ्यो र मलाई सँगै लैजानु हुन्थ्यो र रमेश दाइ, भाउजु (रमेश उप्रेतीकी श्रीमती) हामी तीन जना सँगै जगिङ गथ्र्यौं ।”

केकीले आफ्नो तौल ७ केजी घटाइन् । आफ्नो तौल घटाएको कथा केकीले सुनाइरहँदा निर्मल शर्मा (गैँडा) पनि उनकै छउमै थिए । 
र, ‘ऐश्वर्य’ को एक्सन कट सुरु गरे दिवाकर भट्टराईले । 

‘ऐश्वर्य’ मा केकी मुख्य भूमिकामा छैनन् । सुरुमा त सिने पत्रकारलाई पनि थाहा थिएन केकी पनि ‘ऐश्वर्य’ मा छिन् भन्ने । फष्ट लुक पोष्टरमा पनि उनलाई रमेशले लुकाए । तर, निर्देशक दिवाकरले केकीलाई लुकाउन हुँदैन भने । नयाँ पोष्टरमा केकी फिचर भइन् । ट्रेलरमा पनि केकी अटाइन् । 

‘ऐश्वर्य’ मा दिपीका प्रसाईँ मुख्य भूमिकामा छिन् । फ्यान फलोइङ राम्रो भएकी, दर्शकको मन जितेकी केकीलाई रमेशले सह–पात्रमा खुम्च्याए भनेर धेरैले मुख पनि खुम्च्याए । केकीलाई पनि यही प्रश्न पत्रकार देखि सुभेच्छुकहरुले समेत राखे । 

सबैलाई केकीको एउटै जवाफ रह्यो, चलचित्रको कथावस्तुले मेरो चरिचत्रलाई न्याय गरेको छ । म पनि चलचित्रको मुख्य भूमिकामा छु । यो चलचित्र रिलिज भएपछि थाहा हुन्छ । सबै कुरा अहिले भन्दा हलमा गएपछि खल्लो हुन्छ । 

सँगै रहेका रमेशले केकीको तारिफ गरे । “केकी त अभिनयको भण्डार हो । उनले राम्रो अभिनय गर्छिन् भन्ने थाहा थियो तर यस्तो अभिनय गर्छिन् भन्ने थाहा थिएन,” रमेशले भने, “हाम्रो पालामा जल शाहले यस्तो अभिनय गर्नुहुन्थ्यो । अहिले केकीजी त्यस्तै अभिनय गर्नुहुँदोरहेछ । उहाँबाट मैले पनि धेरै कुरा सिक्ने अवसर पनि पाएँ । उहाँमा रगत–रगतमा अभिनय बगेको छ  ।” 

सँगै रहकी केकी भन्दै थिइन्, “रमेश दाइ जस्तो सिनियर आर्टिस्टसँग काम गर्न पाउनु मेरा लागि ठूलो भाग्य हो । मैले त उहाँसँग अभिनय गर्न पाउँछु भनेर सोचेको पनि थिइन ।” 

रमेश उप्रेती, केकी अधिकारी, प्रशान्त ताम्राकार र दिपीका प्रशाईं अभिनित चलचित्र ‘ऐश्वर्य’ यही कात्तिक ९ गतेबाट अल नेपाल प्रदर्शनमा आउँदैछ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १५:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC