अर्थ व्यवसाय
काठमाडौं । गोल्डस्टार जुत्ताको आधिकारीक उत्पादक किरन शुज मेनुफेक्चरले आफ्नो पहिलो शोरुम सुन्धारा स्थित सिभिल मल तथा फ्रयानचाईज शोरुम, जमलमा उद्घाटन गरिएको छ ।
उक्त शोरुम गोल्डस्टार जुत्ताको देशकै पहिलो आधिकारिक सोरुम भएको बताइएको छ । शोरुमले बजारमा उपलब्ध सबै थरिका जुत्ताहरु समाबेश गर्दै हात्ती छाप चप्पल पनि बिक्री गर्ने जनाइएको छ ।
कम्पनीका बजार निर्देशक वीदुशी राणाले ग्राहकहरुको बढ्दो माग र ब्राण्डको लोकप्रियतालाई मध्यनजर गर्दै कम्पनीले ती नयाँ सोरुमहरु सञ्चालनमा ल्याएको बताएकी छिन् । आगामी दिनमा कम्पनीले देशैभर शोरुमलाई विस्तार गर्ने योजना रहेको जनाए ।
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४ १९:१४
प्रतिक्रिया दिनुहोस्