site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
माओवादीको जालझेल चिरेर गोरखामै चुनाव लड्छु : बाबुराम 
Sarbottam CementSarbottam Cement

काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा नयाँ शक्तिको औचित्य समाप्त नभएको बताएका छन् ।

मंगलबार पार्टी कार्यालयमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै  संयोजक भट्टराईले नयाँ शक्तिमा आवद्ध भएका मानिसहरु सबै आफ्नो ठाउँबाट सक्षम रहेको र अहिले नेपालमा रहेका राजनीतिक दलहरुबाट देशको विकास हुन नहुने बताउँदै  मुलुकमा नयाँ शक्तिको औचित्य समाप्त नभएको बताएका हुन् ।

उनले आफूहरु एमाले र माओवादीको पुरातनवादी सोच परिवर्तन भएको सोँचेर गठबन्धनमा जोडिन पुगेको तर पछि उनीहरुले पुरानै सोच र व्यवहार देखाएको कारण आफूहरु बाहिनुपरेको स्पष्ट पनि पारे । उनले भने, “एमाले माओवादीका साथीहरुमा पुरातनवादी सोच परिवर्तन भयो होला भनेर गत १७ गते वाम गठबन्धनमा जोडिएका थियौं तर, उहाँहरुको सोच अझै परिवर्तन भएको रहेनछ, अनेक जालझेल गरेर एकले अर्कालाई हराउने खेलमा उहाँहरु लाग्नुभयो, उहाँहरुले मुखले रुपान्तरित भएर जाने कुरा गरे पनि त्यहाँ हामी प्रवेश गर्ने बित्तिकै के देखियो भने एकले अर्कालाई डस्ने र झुल्याउने खेल भयो ।’’

Prabhu Bank
Agni Group
NIC Asia

उनले अहिलेको एमाले र माओवादीको वाम गठबन्धन सत्ता कब्जा गर्ने  खेल भएको टिप्पणी पनि गरे । उनले अगाडि थपे, “नयाँ शक्तिको पाँच स को अवधारणालाई लिएर इमान्दारीपूर्वक गठबन्धनमा गएका थियौं, त्यहाँ त अनेक षडयन्त्र रहेछ केपी ओली राष्ट्रवादको कुरा गरेर बढी चर्चामा छन् । एमाले फेरि सत्तामा आउने स्थिति देखेपछि एमालेभित्रमा केही साथीहरु अरुसँग एकता गरेर ओलीलाई कमजोर बनाउने र पार्टी नै कब्जा गर्ने ध्याउन्नमा छन् । यता जता पनि ढल्कने प्रचण्ड भने एमालेभित्रको झगडा मिलाउने नाममा शक्ति कब्जा गर्ने दाउँमा रहेछन् । हामी त्यो अनेक जालझेलबाट निस्कियौं ।’’

पूर्वप्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले आफू गठबन्धनमा सहभागि भएपछि प्रचण्ड झस्किएको पनि बताए । उनले अगाडि थपे, “यो बाबुराम फेरि आयो भनेर प्रचण्डजी झस्कनुभयो, किनकी मैले उहाँसँग ४० वर्ष संगत गरेको छु र उनको अनेक जालझेल मलाई थाहा छ ।’’

Global Ime bank

उनले प्रचण्ड र वामदेव गौतमले आफूलाई कमजोर बनाउन लागेको थाहा पाएर नै ओलीले गठबन्धनमा नयाँ शक्तिलाई सामेल गराएको पनि भट्टराईले जानकारी पनि दिए ।
प्रशिक्षण कार्यक्रममा भट्टराईले देशैभरिबाट नयाँ शक्तिले उमेदवारी दिनुपर्नेमा जोड दिए ।

उनले नयाँ शक्तिले बेलैमा आफ्नो चुनाव चिन्ह पाउन नसकेको भन्दै पछिल्लो समय पार्टीप्रति मतदातामा नकारात्मक छाप परेको उल्लेख पनि गरे । 

प्रशिक्षणपछि बाह्रखरीसँग कुरा गर्दै संयोजक भट्टराईले आफूले गोरखा क्षेत्र नम्बर २ बाट जसरी भए पनि चुनाव जित्ने दावी समेत गरे । उनले बाह्रखरीसँग भने, “वाम गठबन्धनमा सहभागी हुनु अगावै मैले गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लड्ने घोषणा गरेको थिएँ तर पछि माओवादीका साथीहरुले अनेक लफडा झिक्नुभयो । उहाँहरुले अनेक जालझेल गरे पनि गोरखाबाट जसरी पनि म चुनाव जित्छु ।”

उनले वाम गठबन्धनमा सहभागि भएपछि सबैले एउटै चुनाव चिन्ह सूर्य प्रयोग गर्ने बताएको तर पछिल्लो अवस्थामा माओवादीले आफ्नै चुनाव चिन्ह लिएर नयाँ शक्तिलाई बदनाम गरेको जिकिर समेत गरे । 

उनले अगाडि भने, “हामी गठबन्धनमा जोडिएपछि प्रचण्डजीले पहिला तपाईंको चुनाव चिन्ह आँखा पनि स्थापित भएको छैन, हाम्रो पनि हँसिया हथौडा पनि त्यति स्थापित भएको छैन भनेर नै एमालेको चुनाव चिन्ह लिएर चुनावमा जाने भन्नुभयो । पछि उहाँहरुले पनि आफ्नै चुनाव चिन्ह लिनुभयो । माओवादीले आफ्नो चुनाव चिन्ह प्रयोग गर्ने भएपछि हामीले पनि स्वतः आफ्नै चुनाव चिन्ह प्रयोग गर्न परिहाल्यो ।”
फाइल तस्बिर

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ३१, २०७४  १९:२७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC