site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
आमाको चिठ्ठीले हौसला प्रदान गरेको छ, लडाइँ रोकिँदैन 
Ghorahi CementGhorahi Cement

काठमाडौं । तीर्थ खनियाँलार्इ त्रिवि उपकुलपतिबाट बर्खास्तगीको माग पूरा नभएसम्म अनशन जारी राख्ने अडानमा रहेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।

उनको छातीमा असह्य दुखाइ, संक्रमणको उच्च जोखिम र शरीर संचालनका लागि चाहिने विभिन्न तत्वहरूको रगतमा उल्लेख्य कमी पाइएको चिकित्सकहरूले जनाएका छन् । रगतमा अक्सिजनको मात्रा सन्तुलित राख्नका लागि उनलाइ २४ घण्टा नै अक्सिजन माक्समा राखिएको छ ।

Agni Group

केसीले आफ्नो स्वास्थ्यमा कम्प्रमाइज गर्ने तर बिरामी र विद्यार्थीको हकहितका कुरामा कुनै कम्प्रमाइज नगर्ने प्रतिवद्वता जनाइसकेका छन् ।

मंगलबार बेलुका डा. केसीले सबै नेपालीहरूलाइ सन्देश दिँदै भनेका छन्–कृपया, दुख नमानिदिनुहोला । लडार्इ जारी छ । अस्ति आमाको चिठी पाएको थिएँ । त्यसले मलार्इ थप हौसला प्रदान गरेको छ । 

Global Ime bank

केसीले दिएको सन्देश यस्तो छ –

३१ असोज २०७४
सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा म गोविन्द के.सी.को यमपञ्चकको उपलक्ष्यमा हार्दिक मंगलमय शुभकामना छ । आशा छ, हर्षोल्लासपूर्वक तपाईहरुले तिहार, दिपावली र म्हः पुजा मनाउनुहुनेछ । साथै, नेपाल सम्बत ११३८को उपलक्ष्यमा स्वस्थ तथा सुखी भई नयाँ बर्ष बितोस् भनेर कामना गर्दछु । मेरो सत्याग्रहका कारणले धेरै हितैषी तथा शुभचिन्तकलाई पीर परेको छ, कृपया दुःख नमान्दिनुहोला । लडाई जारी छ ।
अस्ती आमाको चिठ्ठी पाएको थिएँ, त्यसले मलाई थप हौसला प्रदान गरेको छ । हाम्रा ससाना बालबालिकाहरुको भविष्य र यो देशकै भविष्यका लागि लडिरहन पनि सो चिठ्ठीले निरन्तर कर्तव्यबोध गरिराख्दछ । ७५ वटै जिल्ला पुगेर मैले धेरै दिदीबहिनीहरु बनाउने अवसर पाएको छु । यस अर्थमा, म धेरै भाग्यमानी छु । आशा छ, यहाँहरुको छुट्टीका दिनहरु राम्रोसँग बितोस् ।
तपाईहरुकै गोविन्द

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  ०९:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC