काठमाडौं । अभिनेता शाहिद कपूर फिल्म ‘पद्मावती’ पछि ‘ट्वाईलेट एक प्रेम कथा’ का निर्देशकसाग मिलेर नयाँ फिल्म बनाउने भएका छन् । ‘रोशनी’ नामक उक्त फिल्म ‘ट्वाईलेट एक प्रेम कथा’ जस्तै सामाजिक मुद्दामा आधारित रहने बताइएको छ । शाहिदको यो फिल्म उनका शुभेच्छुकका लागि विशेष हुनेछ । कारण शाहिद यसमा एक फरक ढंगमा प्रस्तुत हुदैछन् ।
यस सिनेमासँग जोडिएको नयाँ खबर अनुसार फिल्म निर्माताले अक्टोबर १९ मा ‘रोशनी’ को पहिलो टीजर रिलिज गर्ने भएका छन् । भारतीय सञ्चार माध्यमहरुसँग कुरा गर्दै निर्देशक श्री नारायण सिँहले भने, ‘‘दीपावली हाम्रा लागि एकदमै सही मौका हो । फिल्मको विषय वस्तु अनुसार दीपावलीभन्दा राम्रो अरु कुनै तिहार हुन सक्दैन । हामी एउटा यस्तो फिल्म बनाउने कोशिस गरिरहेका छौं, जुन व्यवसायीक सँगसँगै मनोरञ्जनात्मक पनि होस् ।’’
जुन किसिमको सामाजीक विषय वस्तुमा फिल्म बन्ने भनिएको छ त्यसका लागि दीपावलीको मौका सबैभन्दा उत्तम रहने छ । तर दीपावलीमा शाहिद कति दर्शकलाई आफुतिर आकर्षित गर्न सक्छन् भन्ने हेर्न बाँकी छ । किनकी आमिर खान र अजय देवगनका फिल्महरुपनि दीपावलीमै रिलिज हुँदैछन् ।
भारतको विजुली विभागमा हुँदै आइरहेको घोटालालाई समेटेर निर्माण हुन गइरहेको फिल्म ‘रोशनी’ मा शाहिद कपूर वकिलको भूमिकामा देखिनेछन् । यसमा कैटरिना कैफ र अभिषेक बच्चनलाई महत्वपूर्ण भूमिकाका लागि अनुबन्ध गर्न सकिने निर्माण पक्षले जनाएको छ ।