site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
तिहारमा १५ लाख माला खपत हुने, भारतबाट ३ लाख आयात गरिने
Ghorahi CementGhorahi Cement

काठमाडौं । तिहारको ५ दिनको अबधिमा १५ लाख माला खपत हुने भएको छ । स्वदेशी उत्पादनले नधानेपछि भारतबाट करिब तीन लाख सयपत्रीको माला आयात गर्ने व्यवसायीहरूको भनाइ छ । त्यसमा पनि करिब ७५ प्रतिशतभन्दा बढी सयपत्री आइसकेको फ्लोरीकल्चर एशोसिएशन नेपालले जनाएको छ । “बिहीबारसम्ममा सबै ३ लाख माला आइसक्छ,” एशोसिएसनका महासचिव मीनबहादुर तामाङले भने । 

५० प्रतिशत खपत बढ्ने
उनले गएको वर्षभन्दा अहिले करिब ५० प्रतिशतबढी मालाको खपत बढेको बताए । उनका अनुसार गएको वर्ष १० लाख माला मात्र तिहारमा खपत भएको थियो । अहिले माग अनुसार खपत आधा नै बढ्ने भएको छ । जनसंख्या बढेसंगै माग बढ्नु स्वभाविकै भएको पुष्प व्यवसायीहरूको भनाइ छ ।

Agni Group

मूल्य पनि बढ्ने
व्यवसायीहरुले तिहार चाँडै आएकोले समयमा फूल नफुल्दा मूल्यमा प्रभाव पर्ने बताएका छन् । समयमा फूल नफुल्दा काठमाडौं, भक्तपुर, ललितपुर लगायतका पहाडि जिल्लाहरूमा अपेक्षा गरिएअनुसारको फूलको उत्पादन नभएको जनाइएको छ । पुष्प व्यवसायीहरूका अनुसार गएको वर्ष होलसेल ६० देखि ७० रुपैयाँ पर्ने सयपत्रीको माला अहिले ८० देखि ९० रुपैयासम्म पर्ने जनाएको छ । ३÷४ सय रुपैंया पर्ने गोदावरीको मालालाई ५ सयदेखिमाथि पर्ने तर मखमलि मालाको मूल्य भने नबढ्ने उनीहरूले जनाएका छन् । उनीहरूका अनुसार मखमलीको मालालाई साबिककै मूल्य १५ देखि ५० रुपैयाँसम्म उपलब्ध हुनेछ । बजारमा अहिले बढीमा हजार रुपैयाँसम्मका गोदावरी तथा सबै फूल मिसाइएका मिक्स मालालाई पर्ने बताइएको छ । 

एशोसिएशनले गोदावरी र मखमली मालामा मुलुक आत्मनिर्भर भैसकेको जनाएको छ । तिहारमा मखमली र गोदावरीको ३ लाख भने, बाँकी १२ लाख माला सयपत्रीको खपत हुने देखिएको छ । 

Global Ime bank

काठमाडौं, पोखरा, विराटनगर लगायत देशको प्रमुख सहरुमा दैनिक १५ हजार माला बिक्री हुने गरेको एशोसिएशनले जनाएको छ । संस्थाकाअनुसार मुलुकका वार्षिक १ अर्ब ७१ करोड रुपैयाँको पुष्प व्यवसाय हुने गरेको छ । गएको वर्ष तिहारमा मात्रै ६ करोड रुपैयाँको विभिन्न किसिमकोे माला लगायत पुष्पको व्यवसाय भएको एशोसिएशनका महासचिव तामाङले बाह्रखरीलाई जानकारी गराए । “अहिलेको यो तिहारमा पनि गएको वर्षभन्दा ३÷४ करोड रुपैयाँबढीको व्यवसाय बढ्ने संस्थाले अनुमान गरेको छ”, उनले थपे ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, कात्तिक १, २०७४  १८:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC