site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
चेल्सी बराबरीमा रोकियो
Sarbottam CementSarbottam Cement

एजेन्सी । इंग्लिश क्लब चेल्सी युएईएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणमा इटालियन क्लब रोमासँग बराबरीमा रोकिएको छ । बुधबार राति भएको समूह चरणको तेस्रो खेलमा चेल्सी रोमासँग ३ – ३ गोलको बराबरीमा रोकिएको हो ।

घरेलु मैदानमा स्ट्यामफोर्ड ब्रिजमा सुरुवाती दुई गोलको अग्रता जोगाउन नसक्दा चेल्सीले अंक बाडेका हुन् । खेलको ११ औं मिनेटमा डेभिड लुइजले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३७ औं मिनेटमा इडेन हाजार्डले चेल्सीको अग्रता दोब्बर बनाएका थिए । खेलको ४० औं मिनेटमा रोमाका एलेक्ससान्डर कोलारोभले एक गोल गरेपछि पहिलो हाफ चेल्सीले २ – १ को अग्रता बनाएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

दोस्रो हाफमा ६४ औं मिनेटमा रोमाका इदिन डेज्कोले गोल गर्दै खेल २ – २ को बराबरीमा ल्याए । खेलको ७० औं मिनेटमा डेज्कोले  व्यक्तिगत दोस्रो गोल गरेपछि रोमाले खेल ३ – २ को अग्रता बनायो । तर, खेलको ५७ औं मिनेटमा हाजार्डले व्यक्तिगत दोस्रो गोल गरेपछि चेल्सी हारबाट जोगिएको थियो । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् र खेल ३ –३ को बराबरीमा सकियो ।

यो बराबरीपछि समूह सी को शिर्ष स्थानको चेल्सीले ७ अंक जोडेको छ । रोमाको ५ अंक रहेको छ । यो समूहको तेस्रो स्थानको स्पेनिस क्लब एथलेटिको मड्रिड २ अंक छ । एथलेटिकोले बुधबार राति कारबागसंग गोलरहित बराबरी खेलेको थियो ।

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  ०७:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC