site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

कान्दाहार । अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारमा अफगान प्रहरीले बुधबार बिहान गरेको कारबाहीमा परी कम्तीमा १२ जना तालिवान लडाकू मारिएका छन् । 

प्रान्तीय प्रहरी प्रमुख अब्दुल रजाकले बुधबार सो जानकारी दिएका छन् । कान्दाहार प्रान्तको शहर ए सफा जिल्लामा बुधबार बिहान सबेरै सीमा प्रहरी बलले यो कारबाही गरेको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

यस कारबाहीमा १२ तालिवान आतङ्ककारी घटनास्थलमा नै मारिनुका साथै अन्य छ घाइते भएका रजाकले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।  

यस कारबाहीको क्रममा प्रहरीले तालिवानको हातहतियार समेत कब्जा गरेको बताइएको छ । उनीहरु लुकेर बसेको आश्रयस्थलमा यो कारबाही भएको थियो । 

Global Ime bank

यस क्षेत्रमा सक्रिय रहेका तालिवान आतंककारी समूहले भने यस कारबाहीको विषयमा कुनै टिप्पणी गरेका छैनन् । तालिबानहरुले पछिल्लो समयमा कान्दाहार क्षेत्रमा आतङ्क मच्चाएको सूचनाको आधारमा यो कारबाही भएको समाचारमा जनाइएको छ । रासस/सिन्ह्वा

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १०:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC