साहित्य
काठमाडौं । तिहार र छट पर्वलाई लक्षित गर्दै आजबाट दुई नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ८ वर्षपछि स्क्रिन सेयर गरेका रेखा थापा र आर्यन सिग्देलको ‘रुद्रप्रिया’ र दयाराम दाहालको ‘रानी’ आजबाट प्रदर्शनमा आएका हुन् ।
‘रुद्रप्रिया’ लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । चलचित्रमा रेखा र आर्यनका अलावा राजन इशान, टिका पहारी लगायतका कलाकारले अभिनय गरेका छन् ।
त्रिकोणात्मक प्रेम कथामा निर्मित ‘रानी’ मा अनुप विक्रम शाही, मलिना जोशी, मनिषसुन्दर श्रेष्ठ, शारुक ताम्राकार लगायतका कलाकारको अभिनय छ ।
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४ १०:३९
प्रतिक्रिया दिनुहोस्