site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सुनचाँदी व्यापारीलाई ‘दशैं’, एक सातामै हुन्छ दुई अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । हरेक वर्षझैं यो वर्ष पनि तिहारको समयमा सुनको कारोबार बढेको छ । अहिले दैनिक ६० केजी सुन बिक्री भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

धनतेरसको पूजा गर्ने भएकाले तिहारमा अन्य समयको तुलनामा सुनको माग उच्च हुने गरेको छ । करिब एक साता दैनिक ६० केजीसम्म सुन बिक्री हुने संघका महासचिव दियशरत्न शाक्य बताउँछन् । 

Prabhu Bank
Agni Group
NIC Asia

एक किलो सुनको मूल्य करिब साढे ४८ लाख पर्छ । यो मूल्यले दैनिक २९ करोड १० सुनको कारोबार भइरहेको छ । एक हप्तामा २ अर्बभन्दा बढी रुपैयाँको सुनको कारोबार हुन्छ । 

धनतेरसमा सुन, चाँदी, तामाका सिक्का, पैसा तथा गहना राखेर पूजा गर्ने चलन छ । सुरुमा भारतमा मनाइने यो पूजा नेपालमा पनि मनाउन थालेपछि तिहारमा सुन खरिद गर्नेको संख्या बढ्ने गरेको हो । 

Global Ime bank

महासंघका अनुसार औसतमा चाडपर्वमा सुनको माग दैनिक ४५ किलो हुने गरे पनि तिहारमा मात्रै भने ६० किलो हुने गरेको छ । गाउँमा भने तिहारमा भन्दा तीजमा धेरै सुन किन्ने गरेको पाइन्छ । 

धनतेरसमा चाँदी पनि राखेर पूजा गर्ने भएकाले यसको माग पनि उच्च हुने गरेको महासंघले जनाएको छ । दैनिक औसत साढे ४ सय किलो बिक्री हुने चाँदी अहिले दैनिक ७ सय किलो बिक्री हुने महासंघका अध्यक्ष मोहनबहादुर बिकले जानकारी दिए । एक किलो चाँदीको मूल्य ६६ हजार रुपैयाँ पर्छ । दैनिक ४ करोड ६२ लाख रुपैयाँको चाँदी बिक्री भइरहेको छ । यो तथ्यांक अनुसार तिहारको यो साता ३२ करोड ३४ लाख रुपैयाँ बराबरको चाँदी बिक्री हुने महासंघका अध्यक्ष बिकले जानकारी दिए । 

सुनको माग उच्च भएपनि सरकारले व्यवसायीलाई दैनिक २० किलो सुन उपलब्ध गराउँदै आएको छ । महासंघले यो कोटा बाढाएर सामान्य दिनमा २५ किलो र सिजनमा दैनिक ३० किलो माग गर्दै आएको छ । 

“सरकारले हामीले मागेजति दियो भने पनि माग धान्न त्यही सुनले त पुग्दैन तर हामीसँग रहेको स्टक र फिर्ता आएको सुनले ग्राहकको माग धान्छौं,” महासचिव शाक्यले भने, “हामीले १५ किलोबाट कोटा बढाएर २० किलो पुर्याउन ५ वर्ष कुर्नुपर्यो । हेरौं, यो पटक सरकारले कति समय लगाउँछ । मन्त्रालयमा कुरा गर्दा उहाँहरु सकारात्मक कुरा गर्नुहुन्छ, आशा गरौं हाम्रो मागको चाँडै सुनुवाइ हुन्छ ।”

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, कात्तिक २, २०७४  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC