site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

काएरो।अमेरिकाले सुडानमाथि लगाउदै आएको नाकाबन्दी हटाएको जानकारी दिएको छ । उसले गएको विगत २० बर्षदेखि लगाउदै आएको आर्थिक नाकावन्दी गत हप्ता हटाएको थियो । 

विगतका वर्षहरुमा मानवअधिकार हनन्का कैयौँ घटनामा सुडान संलग्न रहेको आरोप अमेरिकाको थियो । सोही कारण अमेरिकाले सुडानमाथि नाकाबन्दी लगाएको थियो । 

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्ला वर्षहरुमा सुडानले मानवअधिकार तथा अन्य नागरिक अधिकारका क्षेत्रमा सुधार गर्दै आएकोले सो नाकाबन्दी हटाइएको अमेरिकाले विज्ञप्तिमार्फत जानकारी दिएको हो । 

यसैबीच उक्त निर्णयको विश्वका विभिन्न देशले स्वागत गरेका छन् । सो निर्णयको इजिप्टले पनि स्वागत गरेको छ । इजिप्टको विदेशमन्त्रालयले विज्ञप्ति जारीगर्दै गत हप्ता गरेको उक्त निर्णयको प्रशंसा गरेको छ । 

Global Ime bank

विश्वका कतिपय मुलुकले सुडानले आतङ्कवादलाई सघाएको आरोप लगाउदै आएका थिए । यद्यपि यसमा पछिल्ला केही बर्षयता सुडानले आफूलाई लागेको आरोपलाई आलोचनामुक्त गर्ने दिशामा अग्रसर रहेको इजिप्टले सो विज्ञप्तिमा भनेको छ । 

सुडानले आफ्नो देशमाथि अमेरिकाद्वारा लगाउदै आएको नाकावन्दीको विरोध गर्दै आएको थियो ।रासस

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, कात्तिक ३, २०७४  ०१:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC